annapurna add

महोत्तरी : दिनहुँ सङ्क्रमण बढ्दै गएपछि प्रदेश–२ मा कोभिड–१९ सङ्क्रमण हुनेको सङ्ख्या एक हजारको हाराहारी पुग्न लागेको छ । बिहीबार थप १०२ जनामा सङ्क्रमण पुष्टि भएपछि यहाँ सङ्क्रमितको सङ्ख्या अहिले ९६१ पुगेको प्रदेश नं २ स्वास्थ्य निर्देशनालय जनकपुरधामले पुष्टि गरेको छ ।

corona test19प्रदेश नं २ का आठ जिल्लामा जेठ तेस्रो सातामा मात्रै ५०० सङ्क्रमित थपिएका छन् । जेठ दोस्रो साताको अन्त्यमा ५०० मुनि रहेको सङ्क्रमित सङ्ख्या तेस्रो साता सकिँदा एक हजार नजिक पुगेको छ । यसरी थपिएका नयाँ सङ्क्रमितमध्ये धेरैजसो भारतबाट भर्खरै घर फर्केका भेटिएका निर्देशनालयका वरिष्ठ स्वास्थ्य प्रशासक विजयकुमार झा बताउछन ।

प्रदेशका आठ जिल्लामध्ये अहिले सबैभन्दा बढी रौतहट प्रभावित देखिएको छ । बिहीबारसम्म प्रदेशका कूल सङ्क्रमण पुष्टि भएका ९६१ मध्ये रौतहटका ३८४ छन् । प्रदेशको हालसम्मको तथ्याङ्कमा रौतहटपछि क्रमशः सर्लाहीमा १४९, पर्सामा १११, धनुषामा ८८, सप्तरीमा ६९, बारामा ६७, सिरहामा ४७ र महोत्तरीमा ४३ जनामा सङ्क्रमणको पुष्टि भएको निर्देशनालयका निमित्त निर्देशकसमेत रहनुभएका वरिष्ठ स्वास्थ्य प्रशासक झा बताउनुहुन्छ । क्वारेन्टिन केन्द्रमा समुचित सुरक्षा प्रबन्ध मिल्न नसक्दा, शारीरिक दूरीको ख्याल नगरिँदा सङ्क्रमण बढेको झा स्वीकार गर्छन ।

“प्रदेश सरकार, प्रदेश स्वास्थ्य निर्देशनालय र स्थानीय तहबाट क्वारेन्टिन व्यवस्थित सञ्चालन गर्न समन्वय त भइरहेको छ”, झाले भने, “यद्यपि आँकलन नै नगरिएको सङ्ख्या क्वारेन्टिनमा थपिएसँगै ठाउँठाउँमा समस्या भएका छन्, आपसी समन्वयमा त्यसको व्यवस्थापन गरेर अघि बढ्नुको हामीसँग विकल्प छैन ।” प्रदेशका कैयौँ क्वारेन्टिन केन्द्रमा व्यवस्थापकीय जिम्मेवारी लिने सहयोगी हात थपिँदै जाँदा धेरै ठाउँमा राम्रो व्यवस्थापन गर्न सकिएको झाको थप भनाइ छ ।

प्रदेशका आठवटै जिल्लाका क्वारेन्टिन केन्द्रमा स्वाब सङ्कलन कार्यलाई तीव्र बनाइएको छ । पछिल्लोपटक बिहीबार एक हजार ३६४ को स्वाब सङ्कलन गरिएको छ । यो बितेका अवधिमा हालसम्मकै सर्वाधिक सङ्ख्या हो । पिसीआर परीक्षणका लागि हालसम्म स्वाब सङ्कलन गरिएको सङ्ख्या अब १८ हजार ८९३ पुगेको छ । यसबाहेक प्रदेशभित्रका बासिन्दा रहेका ७२ जनाको अन्य प्रदेशमा स्वाब सङ्कलन गरिएमध्ये तीन जनाको नतिजा पोजेटिभ र ६९ जनाको नेगेटिभ आएको झाले बताए । स्वाब परीक्षण गरिएका मध्ये बिहीबारसम्म ९६१ जनाको नतिजा पोजेटिभ आएको छ । परिणाम प्राप्तमध्ये १० हजार ७६३ को नेगेटिभ र सात हजार १६० को नतिजा आउन बाँकी रहेको निर्देशनालयले जनाएको छ ।

प्रदेशका आठै जिल्लामा गरी अहिले क्वारेन्टिन केन्द्र थपेर ४११ बनाइएका छन् । अहिले यी केन्द्रमा ३१ हजार ११९ श्यया छन्, जसमा २२ हजार ९६१ जना रहेका छन् । यसबाहेक स्वास्थ्यकर्मीको रेखदेखमा घरमै होम क्वारेन्टाइनमा बस्नेको सङ्ख्या बिहीबारसम्म सात हजार १५ छ । प्रदेशमा आइसोलेसन श्यया बढाएर एक हजार १२८ पु¥याइएको छ । बिहीबारमात्र ४१ आइसोलेसन श्यया थपिएका हुन् । हाल आइसोलेसनमा ५९१ लाई राखिएको छ । प्रदेशमा सङ्क्रमणपछि उपचारबाट निको भएर घर फर्कनको सङ्ख्या १२२ पुगेको छ । बिहीबार नै १७ सङ्क्रमित उपचारपछि निको भएर घर फर्केका छन् ।

प्रदेशमा हालसम्म आठ हजार ७५७ को आरडिटी गरिएको छ । जसमा आठ हजार ४०२ को नतिजा नेगेटिभ र १६८ को पोजेटिभ देखिएको मन्त्रालयले जनाएको छ । यद्यपि पछिल्ला दिनमा क्वारेन्टिनमा रहेकाहरुको पिसीआर जाँचमै जोड दिइएको छ । प्रदेशमा बढ्दै गएको सङ्क्रमणलाई मध्यनजर गर्दै सीमा व्यवस्थापन अझ बढी प्रभावकारी बनाउनुपर्ने विज्ञहरुको सुझाव छ । खुला सीमाबाट नेपाली आउने क्रम बढेको हुँदा बढी मात्रामा होल्डिङ प्वाइन्ट बनाएर क्वारेन्टिन प्रक्रिया सघन गरिनुपर्ने विज्ञको राय छ । यद्यपि पछिल्ला तीन दिनयता भारतबाट भित्रिने क्रम पातलिएको झा बताउछन।

क्वारेन्टिन केन्द्र र श्यया थपिँदै गए पनि पिसीआर परीक्षण अझै सघन हुनसकेको छैन । यो परीक्षणका लागि स्वाब सङ्कलन गर्न आवश्यक सामग्री पर्याप्त नहुँदा गति बढ्न नसकेको क्वारेन्टिन केन्द्रको रेखदेखमा रहेका स्वास्थ्यकर्मीको भनाइ छ । यद्यपि प्रदेशमा कोभिड–१९ रोकथाम अभियानको समन्वय गर्दै आएको सामाजिक विकास मन्त्रालय र प्रदेश नं २ स्वास्थ्य निर्देशनालयले उपलब्ध सामग्री र दक्ष जनशक्ति स्वाब सङ्कलनमा लगाइँदै आइएको जनाएको छ ।

परीक्षणको त्रुटिकै कारण काेराेना संक्रमित २० वर्षीय युवककाे गयाे ज्यान

बझाङमा पहिलो पटक एक जनामा कोराना संक्रमण पुष्टि

थप १ जनाकाे मृत्यु, नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० पुग्यो

फेरी थपिए १०६ जना कोरोना संक्रमित, एकै जिल्लाका १०५ जना

कञ्चनपुरमा एक जना स्वास्थ्यकर्मीमा कोरोना पुष्टि

कोरोना संक्रमणका कारण मृत्यु भएकी महिला जीवित भएपछि

थप १६ जनामा कोरोना संक्रमण पुष्टि, नेपालमा संक्रमितको संख्या २३ सय १६ पुग्यो

टिचिङमा उपचाररत दोलखाका कोरोना संक्रमित ७६ वर्षीय पुरुषको मृत्यु

२०१ कोरोना संक्रमित थपिए, जम्मा संक्रमित २३००

२८८ जना काेराेना संक्रमित थपिए, नेपालमा जम्मा २ हजार ९९ पुगे

विहानै भेटियो ५ जनामा संक्रमण, नेपालमा संक्रमितको संख्या १८२१ पुग्यो

थप १३ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १८११ पुग्यो

नेपालमा फेरी थपिए ३५ जना कोरोना संक्रमित

कोरोनाको रेकर्ड एकैदिन २२६ संक्रमित थपिए

कोरोनाबाट सुदूरपश्चिममा पहिलो पटक एक बालिकाको मृत्यु , नेपालमा मृत्यु हुनेको संख्या ८ पुग्यो

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७ पुग्यो

थप १ जना कोरोना संक्रमितको मृत्यु प्रति प्रधानमन्त्री बेखबर, सक्रमितको संख्या ६८२

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ पुग्याे

प्रधानमन्त्री ओलीले कोरोना नियन्त्रण र राष्ट्रका नाममा गरेकाे सम्बोधनकाे यस्ताे छ पूर्णपाठ

फेरि थपिए ७२ जना कोरोना संक्रमित, सक्रमितको संख्या ६७५ पुगे

थप १९ जनामा कोरोना संक्रमण : संक्रमित संख्या ६०३

कोरोना भाइरसको संक्रमणबाट ११७ नेपालीको मृत्यु

नेपालमा राति फेरि थपिए ७ जना कोरोना संक्रमित, सक्रमितको संख्या ५९१ पुग्यो

अपडेट : थप ६८ जना संक्रमित थपिए, नेपालमा कोरोना संक्रमितको कूल संख्या ५८४ पुगे

अपडेट : थप ३२ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको कूल संख्या ५ सय ४८ पुगे

टिचिङ हस्पिटलमा उपचारत महिलामा कोरोना संक्रमित पुष्टि

थप ९ जनामा भेटियो कोराना संक्रमण

कोरोनालाई जितेर खुसी हुँदै घर फर्किइन् ७ वर्षिय बालिका

आज मात्र ५० कोरोना संक्रमित थपिए : जम्मा संक्रमित ५ सय ७

अपडेट : थप ३० जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको कूल संख्या ४८७

थप तीन जनामा कोरोना संक्रमण, जम्मा संक्रमितको संख्या ४५७ पुग्यो

गुल्मीका कोरोना संक्रमितका आफन्तको बयान, ‘अस्पतालले उपचारै गरेन

थप ९ जनामा कोरोना पुष्टि, नेपालमा संक्रमितको संख्या ४५३ पुग्यो

नेपालमा काेराेनाबाट मृत्यु हुनेको संख्या ३ पुग्यो, संक्रमित चार सय ४४ जना पुगे

पहिलो कोरोना संक्रमितको मृत्यु, प्रदेश सरकारद्वारा दुः ख व्यक्त

थप १७ जनामा कोरोना संक्रमण, नेपालमा संक्रमितको संख्या ४४४ पुगे

थप २५ जनामा कोरोना पुष्टि, नेपालमा सङ्क्रमितको सङ्ख्या ४२७ पुग्यो

नेपालकाे ३६ जिल्लामा फैलियो कोरोना, संक्रमितको संख्या ४०२ पुग्याे

नेपालमा कोरोना संक्रमितको संख्या ३५७ पुग्यो

 नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २

थप तीन जनामा कोरोना संक्रमण, जम्मा संक्रमितको संख्या २९५ पुग्यो

थप २ जनामा कोरोना पुष्टि, नेपालमा संक्रमितको संख्या २ सय ७८ पुग्यो

थप तीन जनामा कोरोना पुष्टि, नेपालमा संक्रमितको संख्या २ सय ७६ पुग्यो

थप ६ जनामा कोरोना पुष्टि, नेपालमा संक्रमितको संख्या २७३ पुग्यो

थप ९ जनामा कोरोना पुष्टि, नेपालमा संक्रमितको संख्या २६७ पुग्यो

स्वास्थ्य मन्त्रालयले समेत अफवाह फैलाएपछि

नेपालमा कोरोना संक्रमतिको संख्या २४६ पुग्यो
एकाबिहानै ७ जना कोरोना संक्रमित थपिए, संक्रमितको संख्या २५० पुग्यो 

धनुषामा थप २ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २१९ पुग्यो

नेपालमा कोरोना संक्रमितको संख्या २१७ पुग्यो

थप ५७ जनामा देखियाे संक्रमण, कुल काेराेना संक्रमितकाे संख्या १९१ पुग्याे

थप १ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ११० पुग्यो

नेपालमा कोरोना संक्रमतिको संख्या १०२ पुग्यो

कोरोना संक्रमित नेपालीको संख्या १२६ पुग्यो

रौतहटमा थप दुई जनामा कोरोना संक्रमण पुष्टि, नेपाल कोरोना संक्रमितको संख्या ५४ पुग्यो

नेपाल कोरोना संक्रमितको संख्या ५२ पुग्यो

नेपाल कोरोना संक्रमितको संख्या ५१ पुग्यो

३ पटक आरडिटी टेष्ट पोजिटिभ देखिएकी युवतीको मृत्यु

वीरगञ्जका ४ जना कोरोना मुक्त, आज डिस्चार्ज हुँदै

फेरि अर्का ६२ वर्षीय पुरुषमा कोरोना पुष्टि, संक्रमितको संख्या ४९

नेपालको पाँचौं कोरोना संक्रमित १९ वर्षीया सापकोटा पनि डिस्चार्ज

नेपालको दोस्रो कोरोना संक्रमित युवती घर फर्किइन्

भोजपुरमा पनि कोरोना संक्रमित भेटिए, संक्रमितको संख्या ४८ पुग्यो

थप ३ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ४५

नेपालमा छैटौं व्यक्तिले पनि जिते कोरोना

कोभिडको उपचारपछि निको भएर घर फर्किए चार सङक्रमित

नेपालको दोस्रो कोरोना संक्रमित युवती घर फर्किइन्

बागलुङकी ६५ वर्षीया वृद्धाले कोरोनासँग जितिन्, खुसी हुँदै घर फर्किइन्

कैलालीका २१ वर्षीय पुरुषले कोरोनासँग जिते

प्रकासित मिति

Loading...
Loading...

 

Loading...