annapurna add

 

नेपालमा फेरि कोरोनाबाट अर्का एक जनाको मृत्यु भएको छ । बाँकेका अर्का एक युवाको कोरोना संक्रमणबाट मृत्यु भएको  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले आइतबारको नियमित पत्रकार सम्मेलनमा सो जानकारी दिएका हुन् ।

वैशाख ३० गते भारतबाट आएका २५ वर्षका युवा नरैनापुरको दिपेन्द्र मावि, भोजभगवानपुरको क्वारेन्टाइनमा बसेका थिए। बिहान ६ बजेर ४० मिनेट जाँदा उनको मृत्यु भएको थियो। राति तीन बजे एक्कासी वान्ता हुनुका साथै ज्वरो बढेपछि उनको मृत्यु भएको थियो।

मृतकको शव अहिले पनि स्कुलमै छ। शवको नजिक कोही गएका छैनन्। आफन्तहरु टाढाबाट शवलाई हेरेर बसेका छन्। जिल्ला स्वास्थ्य कार्यालय, बाँकेले शनिबार नरैनापुरबाट २ सय ६३ जनाको स्वाब लिँदा ती युवाको पनि लिइएको थियो। अरु स्याम्पलको जाँच भइरहेको छ।

भेरी अस्पताल, नेपालगञ्जका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. प्रकाश थापाले मृतकमा कोरोना देखिएको बताए। ‘नरैनापुरबाट २ सय ६३ स्वाब आएका थिए। अरुको परीक्षण हुँदैछ। मृतकको चाँडै रिपोर्ट सार्वजनिक गर्नु पर्ने भएकोले परीक्षण गर्‍यौँ,’ मेसु डा. थापाले भने, ‘मृतकमा कोरोना पोजिटिभ देखिएको छ।’

नरैनापुरमा यसअघि आठ जनामा कोरोना पोजिटिभ देखिएको थियो। उनीहरुको सम्पर्कमा आएका २ सय ६३ जनाको स्वाब लिँदा मृतक युवा पनि परेका थिए।

जिल्लाको पूर्वी गाउँपालिकामा पर्ने नरैनापुरमा अझै भारतबाट आउने क्रम रोकिएको छैन। त्यहाँ ११ वटा क्वारेन्टाइन बनाएर ६ सय २५ जनालाई राखिएको छ।

प्रकासित मिति

Loading...
Loading...

 

Loading...

 

ताजा खबर