annapurna add

थप ८२ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यो सँगै नेपालमा संक्रमितको संख्या १६ हजार ८ सय १ पुगेको छ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार संक्रमितमध्ये हालसम्म कोरोना जितेर घर फर्किनेको संख्या ८ हजार ५ सय ८९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप १ सय ४७ जना उपचारपछि डिस्चार्ज भएका छन् । कुल संक्रमितमध्ये ५१.१ प्रतिशत निको भएका छन् ।

हालसम्म नेपालमा कोरोनाबाट ३८ जनाले ज्यान गुमाईसकेका छन् ।

यस्तै, मुलुकका ६ जिल्ला कोरोनामुक्त भएका छन् ।

नेपालमा गत २४ घन्टामा पीसीआर विधिबाट ३ हजार ९१६ जनाको नमूना परीक्षण गरिएको छ । मन्त्रालयका अनुसार क्वारेन्टाइनमा बस्नेको संख्या २३ हजार ७८४ छ भने आइसोलेसनमा ८ हजार १७४ जना उपचाररत छन् । हाल मुलुकका २५ वटा प्रयोगशालाबाट पीसीआर परीक्षण भइरहेको छ ।

प्रकासित मिति

Loading...
Loading...

 

Loading...