annapurna add

bir kaidi mrityu CaYlkXSnzs

६३ वर्षीय कोरोना संक्रमित कैदीबन्दी शव व्यवस्थापनमा विवाद भएपछि अन्त्येष्टि हुन सकेको छैन। वीर अस्पतालमा उनकाे उपचार क्रममा मृत्यु भएको हो। मृतकका आफन्तले सहमति नदिँदा अन्त्येष्टि हुन नसकेको हो। केन्द्रीय कारागार सुनधारामा रहेका उनलाई श्वासप्रश्वासमा समस्या भएपछि ३ गते वीर अस्पतालमा भर्ना गरिएको थियो। ती कैदीबन्दीको वीर अस्पतालमा ल्याइ पुर्‍याएपछि यही ४ गते मृत्यु भएको कारागार प्रमुख लक्ष्मी प्रसाद बास्कोटाले बताए।

रुपन्देहीका सिदार्थ नगरपालिका-५ का ६३ वर्षीय पुरुष विभिन्‍न कारागारमा गरेर ८ वर्षदेखि बन्दी अवस्थामा रहेका बास्कोटाले जानकारी दिए। कोभिडबाट ज्यान गएकाले त्यहाँसम्म लगेर पोस्टमार्टम गराउन पनि चुनौतीपूर्ण रहेको कार्कीले जानकारी दिए। तर मृतककी छोरीले वीर अस्पताल परिसरमै बोल्दै आफ्ना बाबुको वीभत्स हत्या भएको जिकिर गरेकी छन्। उनले बुवाको मुखबाट रगत आइरहेको बताउँदै अंग निकालेर अस्पतालमा वीभत्स हत्या गरिएको दाबी गरिन्। 'कसले ज्यान लियो यसरी मेरो बुबाको?', उनले भनिन्, 'मेरो बुवाको आँखासहितको शरीरको अंग नै झिकिएको सुनेका छौं। यसविरुद्ध हामी मुद्दा हाल्छौँ।'

केन्द्रीय कारागारका कैदीको शंकास्पद मृत्यु : भिडियो बनाउने छोरीको प्रहरीले हात भाँच्यो

रुपन्देहीको सिद्धार्थ नगरपालिका–५ घर भएका राम लखनको मृत्युपछि परीक्षण गर्दा कोरोनाभाइरस पोजेटिभ रिपोर्ट आएको छ । कोरोना पोजेटिभ भएका व्यक्तिको शव आफन्तले दाहासंस्कार गर्न नपाउने कार्यविधि अनुसार कारागारले परिवारलाई शव दिएको छैन । परिवारले हत्या भएको दावी गर्दै छानविनको माग गरेका छन् । जैसवाल कर्तव्य ज्यान मुद्धामा ८ वर्षदेखि जेलमा थिए । असोज २२ मा उनी जेलमुक्त हुँदै थिए । छोरी रश्मि नर्सको परिचय दिएर शवगृहमा पुगिन् । मास्क लगाएर राखिएको रक्ताम्य शव देखेपछि उनले भिडियो खिचेकी छिन् । शवको भिडियो बनाएको भन्दै प्रहरीले रश्मिलाई लाठीले हिर्काएको छ । प्रहरीको लाठीबाट उनको हात भाँचिएको छ । केन्द्रीय कारागारमा अहिलेसम्म कोरोना भाइरसको संक्रमणका कारण ६ जनाको मृत्यु भएको छ।

प्रकासित मिति

Loading...
Loading...

 

Loading...

 

ताजा समाचार