annapurna add

कोरोना भाइरस (कोभिड १९)बाट हालसम्म विश्वभर ३ जना नेपालीको मृत्यु भएको छ । संक्रमणका कारण बेलायतमा दुई र अमेरिकामा एक गरी तीन जना नेपालीको मृत्यु भएको हो।

२२ वर्षीया बागलुङकी युवतीमा कोरोना संक्रमण
नेपालमा कोरोना संक्रमितको संख्या ५ पुग्यो
नेपालमा कोरोना संक्रमितको संख्या ४ पुग्यो
नेपालमा कोरोना संक्रमितको संख्या ३ पुग्यो

corona virus Spain 1FILE PHOTO

बेलायतमा  मृत्यु हुनेमा बेलायती सेनाका पूर्व कर्मचारीसमेत रहेका संखुवासभा जिल्लाका ६६ वर्षीय लीलबहादुर राई छन्। त्यस्तै मृत्यू हुनेमा अर्का चितवन घर भई बेलायतको साउथ इस्ट लण्डनमा बस्दै आएका ४० वर्षीय प्रशान्त अर्याल छन्।

त्यस्तै अमेरिकामा पनि एक नेपालीको कोरोनाका कारण मृत्यू भएको छ। पाँचथर रानीगाउँ घर भई १५ वर्षदेखि अमेरिका बस्दै आएका ५० वर्षीय पुरुषको एल्महस्ट अस्पतालमा मृत्यू भएको नेपाल अमेरिका जनसम्पर्क समितिले जनाएको छ ।त्यस्तै, देश तथा विदेशमा गरी ३२ जना नेपाली संक्रमित भएका छन् ।

युएईमा २ जना, अस्ट्रेलियामा ८ जना, युएईमा ४ जना, कतारमा २ नेपाली कोरोनाबाट संक्रमित भएका बताइएको छ ।पोर्चुगलमा ६ जना नेपालीमा कोरोना संक्रमण भएको त्यहाँका स्थानीय सञ्चारमाध्यमले उल्लेख गरेका थिए।

हाल उनीहरुको अवस्थाबारेमा थप जानकारी आएको छैन। बहराइनमा ३ नेपाली, बेलायतमा कोरोनाबाट २ जना नेपाली संक्रमित भएको विभिन्न देशका दुतावासहरुले जनाएका छन । यता नेपालमा ५ जनामा संक्रमण पुष्टि भएको छ । विश्वका विभिन्न मुलुक पुगेर नेपाल फर्किएका ५ जना नेपालीमा कोरोना संक्रमण भेटिएको छ। पहिलो संक्रमित चीनबाट फर्किएका थिए। उपचारपछि निको भएर उनी घर फर्किसकेका छन्।

दोस्रो संक्रमित फ्रान्सबाट कतार हुँदै आएकी युवतीको अवस्था सुधारोन्मुख रहेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले जनाइएको छ।

नेपालमा भेटिएको कोरोना संक्रमित तेस्रो व्यक्ति पनि रोजगारीको सिलसिलामा युएईबाट फर्किएका युवा रहेका छन्।

धादिङ घर भएका उनी उपचाररत छन्।

चौथो संक्रमित व्यक्ति उपत्यका बाहिर धनगढीमा भेटिएका छन्। रोजगारीका सिलसिलामा युएई रहेका उनी केही दिन अगाडी मात्रै फर्किएका थिए।

शनिबार थप एकमा कोरोना संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५ पुगेको छ।

संक्रमित पाँचौ व्यक्ति बेल्जियमबाट कतार हुँदै नेपाल आएकी १९ वर्षीया युवती रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले बताए।

यी मध्ये ३ जना निको भएर घर फर्किएका छन भने अरुको विभिन्न अस्तालमा उपचार भइरहेको छ ।

प्रकासित मिति

Loading...
Loading...

 

Loading...