annapurna add

final koronaकोभिड–१९ को कारक कोरोना भाइरस संक्रमणले हाल विश्वव्यापी महामारीको रुप लिएको छ । विश्वभर अहिलेसम्म चार लाख २४ हजार भन्दा बढी संक्रमित भएका छन् र मृत्यु हुनेको संख्या १८ हजार ९३१ भन्दा बढी पुगेको छ ।

मुख्यतः कोरोना भाइरस व्यक्तिबाट व्यक्तिमा सर्ने गर्छ । कुनै संक्रमित व्यक्तिले खोक्दा वा हाच्छ्यूँ गर्दा उनीहरुको शरीरबाट निस्कने कफ वा ओसिला छिटाहरुमा भाइरसहरु हुन्छन् ।

नजिकै रहेको स्वस्थ्य व्यक्तिले सास फेर्दा ती भाइरसयुक्त छिटाहरु शरीर भित्र जाने सम्भावना हुन्छ । यस्तै भाइरस रहेको सटह वा बस्तु छोएको हातले मुख, नाक वा आँखा छोएमा पनि संक्रमण फैलिन्छ ।

कोरोना भाइरस दैनिक काम गरिने सतहहरु (किचन स्ल्याबसहित), ढोकाको ह्याण्डल जस्ता स्थानमा घण्टौँसम्म जीवित रहन्छन् । भाइरस कति समयसम्म जीवित रहन्छ भन्ने ती बस्तु वा सतहको माथिल्लो भाग कुन सामग्रीले बनेको छ भन्ने कुराले निर्धारण गर्छ ।

कोभिड–१९ को कारण नोवेल कोरोना भाइरस नयाँ भएकाले यसका बारेमा धेरै कुरा अनुसन्धान हुनै बाँकी छ । तर कोरोना समूहका अरु भाइरससँग यसको जीवनकाल मिल्ने अनुमान वैज्ञानिकले गरेका छन् ।

कोरोना समूहका अरु भाइरसको अध्ययन र अहिलेसम्म नोवेल कोरोना भाइरसका भएका अनुसन्धान अनुसार यसको आयुबारे केही जानकारी भने भएको छ ।

कोभिड–१९ को कारक नोवेल कोरोना भाइरस हामीले दैनिक रुपमा छुने विभिन्न बस्तुमा कति समय जीवित रहन्छ त जानकारी लिउँ, तर यो नै अन्तिम तथ्य भने नहुन पनि सक्छ किनकी यसका सम्बन्धमा अझै अनुसन्धान भइरहेका छन् ।

मेटल (धातु)
उदहारणः लागि ढोकाको ह्याण्डल, गहना, चाँदीका भाँडा
भाइरसको आयुः पाँच दिन

काठ
उदहारणः फर्निचर, सजावटका सामग्री
भाइरसको आयुः चार दिन

प्लास्टिक
उदहारणः बसका सिट, एलिभेटरको बटन, प्लाष्टिक झोला, प्लास्टिक बोटल
भाइरसको आयुः दुईदेखि तीन दिन

स्टीनलेस स्टिल
उदहारणः रेफ्रिजिरेटर, भाँडा, किचन बेसिन
भाइरसको आयुः दुईदेखि तीन दिन

कार्डबोर्ड
उदहारणः सिपिङ्ग बक्स
भाइरसको आयुः २४ घण्टा

कप्पर (तामा)
उदहारणः तामाका भाँडा, पूजा सामान, पानी खाने जग
भाइरसको आयुः चार घण्टा

आल्मुनियम
उदहारणः आल्मुनियमका झ्याल ढोका, भाँडा, बोटल
भाइरसको आयुः दुईदेखि ८ घण्टा

सिसा
उदहारणः गिलास, बोटल, कचौरा, मग
भाइरसको आयुः पाँच दिनसम्म

सेरामिक (माटोका सामग्री)
उदहारणः प्लेट, मग, कचौरा, गमला
भाइरसको आयुः पाँच दिन

कागज
कागजमा कोरोना भाइरसका केही प्रजाति केही मिनेट मात्रै जीवित रहन्छन् भने केही अर भने पाँच दिनसम्म जीवित रहन्छन् ।

खाना
कोरोना भाइरस अहिलेसम्म खानामा पाइएको छैन । तर कुनै पनि फलफुल खानु पूर्व वा तरकारी पकाउनु पूर्व राम्रोसँग पखाल्नु उपयुक्त हुन्छ ।

पानी
कोरोना भाइरस पिउने पानीमा पाइँदैन ।

केही समय अघिसम्म मानिन्थ्यो कि जसरी तापक्रम बढ्दै जान्छ, कोरोनाभाइरस (कोभिड–१९) को प्रकोप अन्त्य भएर जान्छ । चीनको हुवेई प्रान्त (उहान शहर) मा सुरु भएको उक्त प्रकोपको केही समय त त्यही आशामै बितेको थियो ।

धेरै तापक्रम हुने देशहरुले त सुरुमा देशहरुले आफ्नो देशमा कोरोना भाइरसको संक्रमण नफैलने दाबी गर्दै आएका थिए । हुन पनि अधिकांश भाइरसहरु जाडोयाममा सक्रिय हुन्छन् ।
मौसम परिवर्तनको समयमायिनीको सक्रियता झनै बढ्छ । तर, जति जति गर्मी बढ्दै जान्छ वा मौसम स्थिर हुँदै जान्छ, यी भाइरस क्रमशः निष्क्रिय बन्दै जान्छन् । मौसमी रुघाखोकी, टाइफाइट लगायतका रोगका भाइरसको गुण प्रायः यस्तो हुन्छ ।

पछिल्लो समय विश्वमा महामारीको रुप लिएको कोरोनाभाइरस उच्च तापक्रममा पनि फैलने क्षमता राख्ने पुष्टि वैज्ञानिकहरुले गरेका छन् । फ्रान्समा वैज्ञानिकको एउटा समूहले गरेको शोधले यस्तो खुलासा गरेको हो ।

दक्षिणी फ्रान्सको आइएक्स मार्सीले विश्वविद्यालयका प्रोफेसर बोरिस पास्टोरिनोले आफ्नो साथीहरुसँग मिलेर यो भ्रमको अन्त्य गरेका हुन् । उनले यो भाइरसलाई ६० डिग्री सेल्सीयस (१४० डिग्री फरेनहाइट) तापमानमा परीक्षण गरेका थिए । यो तापक्रममा १ घण्टा परीक्षण गरेपछि थाहा भयो कि भाइरस अझै पनि संक्रमण फैलाउन सक्षम नै छ । अर्थात् यो तापक्रममा पनि भाइरस निष्क्रिय हुनसम्भव छैन ।

यो परीक्षणका लागि ती वैज्ञानिकहरुले अफ्रिकामा पाइने एक जातको बाँदरको किड्नीलाई यो भाइरसले संक्रमित गरे । त्यसका लागि आइसोलेसनमा बसेका एकजनाको शरिरबाट भाइरस लिइएको थियो । यो भाइरसलाई दुईवटा अलगअलग ट्युवमा भरियो । छुट्टाछुट्टै परिवेशमा यसको तापक्रम बढाइयो ।

तर सफा वातावरणमा उच्च तापक्रममा यो भाइरस निष्क्रिय भएको पाइयो । तर फोहोर वातावरणमा यो अझै सक्रिय नै रहेको पाइयो । तर तापक्रम बढ्दै जाँदा यसको शक्ति कमजोर हुँदै गएको भने देखियो । ७० डिग्री सेल्सियत तापक्रममा यो भाइरस ५ मिनेटका लागि निष्क्रिय भएको पाइयो । तर सो समयपछि भाइरस पुनः सक्रिय हुन सुरु भयो ।

तर, वैज्ञानिकहरु उच्च तापक्रमबाटै यो भाइरस निष्क्रिय गर्न सकिने निष्कर्षमा भने पुगेका छन् । उनीहरुका अनुसार ९२ डिग्री सेल्सियस (१९७ डिग्री फरेनहाइट) तापक्रममा १५ मिनेट राख्दा भाइरस निष्क्रिय हुन्छ । तर त्यो तापक्रम विश्वको कुनै पनि ठाउँमा पुग्दैन ।

उम्लिएको पानी १०० डिग्रीको हुन्छ तर त्यो पानीलाई मान्छेले सहन गर्न सक्दैन । यो अनुसन्धानपछि वैज्ञानिकहरुले सार्स रोग र कोरोना भाइरस उस्तै प्रकृतिको भएको निष्कर्ष निकालेका छन् । यो अनुसन्धान अहिलेसम्म जर्नलमा प्रकाशित भइसकेको छैन । प्रारम्भिक निश्कर्षलाई अध्ययनमा संलग्न नभएका अन्य वैज्ञानिकहरुको टोलीले गहनतापूर्वक पुनः परीक्षण गरेपछि मात्रै यसलाई जर्नलमा प्रकाशित गरिनेछ ।

 

प्रकासित मिति

Loading...