annapurna add

dipak igp finalविश्वभर कोरोना भाइरसको त्रास छ । नेपाल पनि कोरोनाको त्रासबाट अछूतो रहन सकेको छैन । सरकारले कोरोना भाइरसबाट बाँच्न काठमाडौंका सर्वसाधरणलाई घरबाहिर निष्कन नहुने बताइरहेको छ । फागुन २२ मा काठमाडौं जिल्ला प्रशासन कार्यालयले सर्वसाधरणलाई भिडभाडमा नजान, भेला र सम्मेलन नगर्न भन्ने उर्दी जारी गर्यो । सरकारकै अर्को निकाय भने कोरोनाको त्रासमा झनै सर्वसाधरणलाई भड्काइ रहेको छ । अर्कोतिर सरकारले गर्नुपर्ने अत्यावश्यक काम व्यापारीलाई सुम्पेर सरकार खुलमखुल्ला कालोबजारीलाई बैधानिकता दिइरहेको थियो ।

उनको सिफारिसलाई अर्थमन्त्रालयले समेत स्विकृत दिइसकेको छ । मल्होत्राले एकसातामा ५ लाखसम्म उत्पादन गर्ने मेसिन आउने सार्वजनिक गरेका थिए । मल्होत्राको कम्पनिलाई भन्सार शुल्क छूट गराउने अर्थमन्त्रालयको निर्णय

कोरोना भाइरसको सन्त्रासकै कारण बजारमा स्यानिटाइजर र मास्कको अभाव चौतर्फी छ । अभावको पूर्तिका लागि सरकारी निकायहरु नै क्रियाशिल हुनुपर्ने हो । तर, सरकार मातहतका निकायले गर्नुपर्ने काम एक व्यापारिक घरानाले सरकारकै सहयोगमा गर्ने सार्वजनिक गरिदिएपछि सरकार प्रति जनताको आशा मरेको छ ।

सरकारले कोरोना भाइरसको त्रासमा रहेको बेला विवादित व्यापारी दीपक मलहोत्रालाई मास्क बेच्ने जिम्मेवारी दिने भएको छ । मल्होत्राले उद्योग वाणिज्य महासंघ र सरकारको सहयोगमा मास्कको कारोबार गर्ने सार्वजनिक गरिसकेका छन् । स्रोतका अनुसार मल्होत्राको कम्पनिले ल्याउने मास्क उत्पादन गर्ने मेसिन लगायत कच्चा पदार्थ आयातका लागि सरकारले भन्सार छूट दिने निर्णय समेत गरिसकेको छ । उद्योग मन्त्री लेखराज भट्टले मास्क उत्पादन गर्ने मेसिन र कच्चा पदार्थलाई भन्सार छुट दिनका लागि सिफारिस गरिसकेका छन् ।

उनको सिफारिसलाई अर्थमन्त्रालयले समेत स्विकृत दिइसकेको छ । मल्होत्राले एकसातामा ५ लाखसम्म उत्पादन गर्ने मेसिन आउने सार्वजनिक गरेका थिए । मल्होत्राको कम्पनिलाई भन्सार शुल्क छूट गराउने अर्थमन्त्रालयको निर्णयको बारेमा प्रश्न गर्न सरकारका प्रवक्ता तथा अर्थमन्त्री युवराज खतिवडालाई पटक पटक फोन गर्दा पनि उनले फोन उठाएनन् । त्यस्तै सिफारिस गर्ने उद्योग मन्त्री लेखराज भट्टले पनि फोन उठाएनन् ।

सरकारी निकायलाई निकम्मा बनाए कालाबजारीलाई प्रोत्साहन !

नेपालमा नाकाबन्दी हुँदा कृतिम अभाव श्रजना गरेर कालाबजारी मौलायो । नाकाबन्दीकै मौकामा विभिन्न अवैध धन्दा समेत चले । मौकाको फाइदा उठाउने व्यापारीहरुले नाकाबन्दीलाई आफ्नो हतियार बनाए । व्यापारी मल्होत्राले पनि कोरोना भाइरसको त्रासमा रहेको बेला सरकारलाई ‘इमोश्नल ब्ल्याकमेलिङ’ गरेका छन् ।

सरकारले नै त्रास फैलाई रहेको बेला उनले भंसार छुट मार्फत मास्क उत्पादन गर्ने मेसिन भित्र्याएर अनन्तकालसम्म धन्दा चलाउने भएका छन् । आपतकालिन अवस्थामा सरकारकै निकायहरु मार्फत सरकारले मास्क उत्पादन गर्ने मेसिन ल्याउन सक्थ्यो ।

लोहनी नेतृत्वको अनुसन्धान टोलीले एक हप्तामै सुन तस्करको पहिचान गरेको थियो । टोली तस्करीको साढे ३३ किलो सुनसहित लामो समयदेखि नेपालमा भइरहेको सुन तस्करी बाहिर ल्याउने अन्तिम तयारीमा थियो । उच्च दबाबका कारण टोलीले त्यसलाई बाहिर ल्याउन पाएन ।

साल्ट ट्रेडिङ कर्पोरेशन, औषधी व्यवस्था विभाग लगायतका निकायहरुले नै आपतकालिन रुपमा मास्क बनाउने मेसिन भित्र्याउन सक्थे । तर, सरकारले आफ्नै निकायहरुलाई बेकम्मा बनाएर ‘सुन तस्करीमा मुछिएका’ विवादित व्यापारी मल्होत्रालाई मास्क उत्पादन गर्ने जिम्मा लगाएको छ ।

सुन काण्डमा मल्होत्राको नाम जोडिनुको रहस्य :

३३ किलो सुन तस्करी प्रकरणमा ठूलो माछा खोजिरहेको केपी ओली नेतृत्वको सरकार ‘ह्वेल’ नै अगाडि आएपछि तर्सिएको छ । तस्करीका बादशाह मानिने दीपक मलहोत्रा ‘ह्वेल’ बनेर अगाडि आएपछि उक्त प्रकरण अनुसन्धानमा सरकार पछाडि हटेको हो ।

महानगरीय अपराध महाशाखाका तत्कालीन एसएसपी दीवेश लोहनीको टोलीले साढे ३३ केजी सुन तस्करीमा दीपक मलहोत्रा मुख्य अभियुक्त भएको पहिचान गर्यो । मलहोत्राले विगत ३० वर्षदेखि नेपाल हुँदै भारतसम्म सुन तस्करी गर्दै आएको टोलीको निष्कर्ष छ ।

लोहनी नेतृत्वको अनुसन्धान टोलीले एक हप्तामै सुन तस्करको पहिचान गरेको थियो । टोली तस्करीको साढे ३३ किलो सुनसहित लामो समयदेखि नेपालमा भइरहेको सुन तस्करी बाहिर ल्याउने अन्तिम तयारीमा थियो । उच्च दबाबका कारण टोलीले त्यसलाई बाहिर ल्याउन पाएन ।

तर, सत्तासीन दलका शीर्ष नेता र मन्त्रीहरुसम्म सीधै पहुँच रहेका मलहोत्रालाई कारबाही गर्न सरकार पछि हट्यो । मलहोत्राले नै प्रधानमन्त्री ओली, गृहमन्त्री रामबहादर थापा र वामदेव गौतमलाई महाशाखाबाट अनुसन्धान रोक्न दबाब दिएको थियो । माघ ९ गते त्रिभुवन विमानस्थलबाट भित्रिएको साढे ३३ केजी सुन बाटोबाटै गायब भयो । केही समयपछि सुन तस्करीमा संलग्न भरिया सनम शाक्यको हत्या भयो ।

सनमको हत्यापछि विगत तीन दशकदेखि नेपालबाट ठूलो परिणाममा सुन लगायत महत्वपूर्ण सामान तस्करी भइरहेको घटना बाहिर आयो । सरकारले टोलीको जिम्मेवारी खोस्दै गृह मन्त्रालयका सहसचिव ईश्वरराज पौड्यालको संयोजकत्वमा ०७४ चैत ३० गते नौ सदस्यीय छानबिन समिति गठन गर्यो ।

उच्च स्रोतका अनुसार तस्करीमा संलग्न मोहन अग्रवाल र विमल पोद्दार मलहोत्राका निकट सहयोगी हुन् । अग्रवाल अझै फरार छन् भने पोद्दार पक्राउ परे पनि छानबिन समितिसमक्ष खुलेका छैनन् । यत्तिकैमा छानबिन समितिको म्याद सकियो । अहिले सुनकाण्डको छानबिन कसले गरिरहेको छ ? सरकारसँग जबाफ छैन ।

प्रधानमन्त्री ओलीको हस्तक्षेपमा गृहमन्त्री थापाले गठन गरेको छानबिन समितिले एसएसपी लोहनीलाई नै सुन तस्करीमा दोषी रहेको भन्दै कारबाहीका लागि सिफारिस गर्यो । २०७५ वैशाख १९ गते गृह मन्त्रालयले गठन गरेको छानबिन समितिले लोहनीसहित उक्त प्रकरण अनुसन्धान गरिहेका प्रहरी अधिकारीलाई सुन तस्करी र सनम हत्यामा दोषी देखायो ।

सहसचिव पौड्याल संयोजकत्वको छानबिन समितिले केही तस्करीका भरिया गरी करिब ७० जनाविरुद्ध मोरङ जिल्ला अदालतमा मुद्दा दायर गर्यो । समितिको म्याद असार ३२ गते सकियो । तीन महिना लगाएर गरिएको अनुसन्धानमा केही भरिया पक्राउ परे । समितिले मलहोत्रा नै तस्करीको नाइके भएको पत्ता लगाए पनि मलहोत्रामाथि छानबिन त परैको कुरा सोधपुछ गर्न हिम्मतसम्म गरेन ।

कारण थियो, मुख्य अभियुक्त मलहोत्राको प्रधानमन्त्री ओली, नेकपा अध्यक्ष प्रचण्ड, गृहमन्त्री थापासँग हिमचिम हुनु, त्यसपछि छानबिन समितिलाई प्रलोभनमा पारी अनुसन्धान सामसुम पार्न लगाईयो । छानबिन समिति त्यहीबाट पछाडि हटेर सरकारलाई प्रतिवेदन बुझायो ।

उच्च स्रोतका अनुसार तस्करीमा संलग्न मोहन अग्रवाल र विमल पोद्दार मलहोत्राका निकट सहयोगी हुन् । अग्रवाल अझै फरार छन् भने पोद्दार पक्राउ परे पनि छानबिन समितिसमक्ष खुलेका छैनन् । यत्तिकैमा छानबिन समितिको म्याद सकियो । अहिले सुनकाण्डको छानबिन कसले गरिरहेको छ ? सरकारसँग जबाफ छैन ।

एसएसपी ज्ञवाली भने गृहसचिव न्यौपानेलाई ‘कन्भिन्स’ गरेर प्राविधिकतर्फको दरबन्दीमात्र कटौती गरी इन्फ्रेन्ट्रीतर्फको यथावत राख्न वा कटौती गरिहाले पनि ५ वटामात्र गर्ने लविङमा रहेको स्रोत बताउछ ।

व्यवसायी मलहोत्राले तस्करीबाट कमाएको पैसा गत चुनावमा तत्कालीन एमाले र माओवादी केन्द्रलाई आर्थिक सहयोग गरेको खुलेको छ । मलहोत्राले आफूमाथि कुनै पनि किसिमको अनुसन्धान वा कारबाही गरे आर्थिक सहयोग र तस्करीको समेत पर्दाफास गर्ने धम्कीपछि सरकार पछाडि हटेको छानबिन समिति स्रोतको दाबी छ ।

राजनीतिक दल र प्रहरी उच्च नेतृत्वसंग हिमचिम बनाउन खप्पिस मलहोत्राको दुनो पछिल्लो समय प्रहरी महानिरिक्षक ठाकुर ज्ञवाली तर्फ सोझिएको छ । त्यो पनि करिब ५००० मास्क नेपाल प्रहरीलाई तुरुप स्वरुप फालेर । उसो त ज्ञवाली पनि आफ्ना सहोदर भाई श्याम ज्ञवाली मार्फत अनेकन कुरा अपनाएर ! दाजु आइजीपी भएको मौकालाई सदुपयोग गर्दै भाइ ज्ञवालीले डीआइजीको दरबन्दी कटौती गर्ने गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र सचिव महेश्वर न्यौपानेको गृहकार्यलाई नै असफल बनाउन लागेका छन् ।

देश संघीय संरचनामा गइसकेपछि प्रहरी नायब निरीक्षक(डीएसपी) सम्म प्रदेश सरकार मातहत रहने भएकाले डीआइजीको संख्या कटौती गर्ने गृहकार्य मन्त्री थापा र सचिव न्यौपानेले गरिरहेका छन् । हाल प्राविधिकसमेत गरी नेपाल प्रहरीमा ३४ डीआइजीका दरबन्दी छ । यीमध्ये १० वटा कटौती गर्ने गृहकार्य भइरहेको छ । तर, एसएसपी ज्ञवाली भने गृहसचिव न्यौपानेलाई ‘कन्भिन्स’ गरेर प्राविधिकतर्फको दरबन्दीमात्र कटौती गरी इन्फ्रेन्ट्रीतर्फको यथावत राख्न वा कटौती गरिहाले पनि ५ वटामात्र गर्ने लविङमा रहेको स्रोत बताउछ ।

दरबन्दी कटौती गर्नबाट रोकेर आगामी साउनमा विश्वराज पोखरेलको शैलीमा डीआइजी बढुवा हुने दाउमा एसएसपी ज्ञवाली रहेको चर्चा छ । १० वटा दरबन्दी कटौती भए आफ्नो बढुवा हुने संभावना नभएकाले पनि उनी डीआइजीको दरबन्दी खारेज गर्न नदिने खेलमा लागेका छन् । भाइ ज्ञवालीकै कारण डीआइजी बढुवामै बिलम्ब भइरहेको प्रहरी स्रोत बताउछ ।

सामान नै नआई चौध करोड भुक्तानी दिने तयारी

आइजीपी ठाकुर ज्ञवाली भएपछि भाइले ठेकेदार दीपक भट्टलाई वाटर क्याननको बा“की १४ करोड रुपैया“ भुक्तानी दिनका लागि प्रक्रिया सुरु गरिसकेका छन् । ७ वटा वाटर क्याननको ठेक्का पाएका भट्टले ५ वटामात्र ल्याएका छन् । २ वटा ल्याउन बा“की भएकाले भुक्तानी पाउन सकेका थिएनन् । ठाकुर ज्ञवाली आइजीपी भएपछि उनले गृहमन्त्रालयका सचिव न्यौपानेमार्फत् पनि भुक्तानीका लागि लविङ सुरु गरेका छन् । केही दिनअघि नेकपाका नेता महेश बस्नेतलाई लिएर उनी गृहसचिव न्यौपानेलाई भेट्न गएका थिए ।

यसैबीच, आइजीपीका भाइ श्याम ज्ञवालीले पूर्वआइजीपी खनालले बजेट सबै सकेको हल्ला चलाए पनि करीब ३ अर्ब बजेट बाँकी रहेको स्रोत बताउछ । जुन बजेट फ्रीज हुने अवस्थामा छ । बजेट सकेको हल्ला चलाएर ज्ञवालीले दिनदिनै टेण्डर सूचना निकालिरहेका छन् । गोलीगट्ठा, लत्ताकपडा जस्ता सामान खरिद गर्न लागिएको छ । जुन टेण्डरमा सेटिङ गर्नका लागि आइजीपी ठाकुरले अवकाश हुन लागेका डीआइजी सूर्यप्रसाद उपाध्यायलाई प्रबन्धमा ल्याउन लागेको स्रोत बताउछ ।

प्रकासित मिति

Loading...
Loading...

 

Loading...