annapurna add

कोरोना संक्रमित व्यक्तिहरुको भोगाई कस्तो होला ? उनीहरुको मनोदशा कस्तो होला ? विश्वलाई आतंकित बनाइरहेको कोरोना भाइरसले आफुलाई संक्रमण गरेपछि कस्तो अनुभूत हुन्छ होला ?

story3

कोरोना भाइरस संक्रमित व्यक्तिहरुको भोगाई भिन्न भिन्नै छ । कतिपयमा यसको सामान्य वा एकदमै कम लक्षण देखिएको थियो, कतिपयमा भने गंभीर । कतिपय त यस्ता पनि व्यक्ति भेटिए जसमा कोरोनाको त्यस्तो लक्षण नै देखिएन, जुन स्वास्थ्य विभागले सचेत गराइरहेको थियो ।

जबकी परीक्षणपछि आफुलाई कोरोना भाइरस भएको थाहा भएमा अस्पताल जानुको विकल्प हुन्न । अतः बिबिसी हिन्दी अनलाइनले तीन संक्रमित व्यक्तिको कथा पेश गरेको छ, जो अस्पतालमा छन् । यी तीनको घटना एकअर्कासँग निकै भिन्न छ । तर, अस्पताल जानुपर्ने बाध्यता एउटै थियो, कोभिड १९ ।

म आफु र बच्चाको जिन्दगीसँग लडिरहेको थिएँ

दक्षिणपूर्व इंल्यान्डका केन्ट कस्बेका हेर्ने बे क्षेत्रमा बस्ने कैरेन मैनरिंग ६ महिनाकी गर्भवती हुन् । हुनेवाला यो बच्चा उनको चौथो सन्तान हो । कैरनलाई खोकीको समस्या भयो । यो मार्चको दोस्रो सप्ताहको कुरा हो । खोकीका साथै ज्वरो पनि आउन थाल्यो । र, एकदिन सबैकुरा बद्लियो ।

कैरन भन्छिन्, ‘मैले हेल्पलाइनमा फोन गरें । मेरो होस उडिरहेको थियो । केही मिनेटमा एउटा एम्बुलेन्स घरको अघिल्तिर आइपुग्यो । म सास लिन पाइरहेकी थिइन किनभने उनीहरुले मलाई सोझै अक्सिजन दिन सुरु गरे ।

story1जब उनी अस्पताल पुगिन, कोरोना भाइरसको संक्रमण भएको थाहा भयो । उनलाई निमोनियाको पनि समस्या भयो । त्यसपछि उनलाई एक अलग कोठामा लगेर राखियो । हप्ता दिनका लागि ।

उनी भन्छिन्, ‘कसैलाई पनि मेरो कोठामा आउन र भेटघाट गर्न अनुमति थिएन । त्यहाँ मलाई एकदमै एक्लो महसुष भएको थियो । दुई तीन दिनसम्म म ओछ्यानबाट उठिन । यहाँसम्म कि, शौचालयका लागि पनि कसैको साथ पाउँदिनथें ।’

उनी सुनाउँछिन्, ‘मलाई कतिपय क्षणमा सास लिन गाह्रो हुन्थ्यो । मैले सहयोगीलाई निकै समय प्रतिक्षा गर्नुपर्ने हुन्थ्यो । किनभने उनले आफ्नो आवरणमा तयारी गर्नका लागि समय लाग्थ्यो । मेरो परिवार मसँग निरन्तर फोन सम्पर्कमा हुन्थे, ताकि म शान्त बनौं । म एकदमै डराएकी थिएँ । म मर्नका लागि तयार हुँदै थिएँ ।’

उनले थप सुनाउँछिन्, ‘म हरेक सासका लागि जुधिरहेकी थिए । यो लडाई म र हुनेवाला बच्चाका लागि थियो ।’

कैरेन त्यो दिन कहिल्यै बिर्सने छैनन्, जुन दिन उनी अस्पतालबाट बाहिर आइन् । उनी आफ्नो अनुहारमा ताजा र चिसो हावा अनुभूत गरिरहेकी थिइन् ।

आफ्ना पतिसँग बसेर गाडीमा घर फर्किरहँदा उनले झ्यालबाट आउने चिसो हावा महसुष गरिरहेकी थिइन् । कैरेनलाई लाग्छ, अस्पतालमा केही हप्ता बस्नुपरेपछि उनको जिन्दगी सधैका लागि बद्लियो । उनलाई लाग्यो कि हरेक स–साना कुराको पनि आफ्नै महत्व हुन्छ ।

कैरेन अहिले अस्पतालबाट घर फर्किएकी छिन् । यद्यपि उनी सेल्फ आइसोलेशनमा छिन् । घरमा उनी आफ्ना परिवारका आवाज सुन्न सक्छन् । ढोकासम्म उनीहरु आउँछन् र हौसला दिन्छन् । उनलाई के लागेको छ भने उक्त संक्रमणले उनलाई थप बलियो बनाएको छ ।

म केवल यतिमात्र चाहन्थें कि कोही मेरो सहयोग गरोस्

यो जेसी क्लार्कको कथा हो ।

जेसीलाई पहिलो दिनदेखि नै थाहा थियो कि यदि उनलाई कोरोना भाइरसको संक्रमण भएमा उनको लागि त्यो खतरा अरु व्यक्तिको भन्दा बढी हुनसक्थ्यो ।

उनलाई मिर्गौलाको एक खतरनाक समस्या छ । पाँच बर्षअघि उनको एउटा मिर्गौंला निकालिएको छ । २६ बर्षिय जेसीलाई पहिले त खोकी लाग्न सुरु भयो । उनलाई सास लिनमा समस्या भयो । यी दुबै लक्षण देखिनसाथ उनलाई चिन्ता हुन थाल्यो ।

केही दिनपछि उनले हिँडडुल गर्न बन्द गरिन् । उनलाई हिँडडुल गर्न पनि गाह्रो हुन थाल्यो । उनी भन्छिन्, ‘मेरो करङ, कम्मर र पेटमा एकदमै दुख्थ्यो । यस्तो लाग्थ्यो कि मलाई कसैले कुटिरहेका छन् ।’

बेलायतमा लकडाउन सुरु भइसकेको थियो । उनलाई हुनेवाला श्रीमानले अस्पताल लिएर गए । त्यहाँ उनलाई अलग कोठामा राखियो ।

story2

जेसी भन्छिन्, ‘मलाई एक्लै बस्दा एकदमै डर लागिरहेको थियो । त्यस्तो क्षणमा म केवल त्यतीमात्र चाहन्थें कि मलाई कसैले सहयोग गरिदियोस् । मलाई हरियो रंगको एक मास्क दिइयो । त्यसपछि मलाई त्यही कोठामा लगियो, जहाँ कोभिड १९ को अर्को बिरामी थिए । तर, त्यहाँ ठूलो पलंगको बीच एउटा पर्खाल थियो ।’

उनी भन्छिन्, ‘मेरो कोभिड १९ जाँच गरिएन । मेरा चिकित्सक बताइरहेका थिए कि उनी हरेकेका स्वैब टेस्ट गर्न सक्दैनन् । तर, यो मान्नु सुरक्षित हुन्छ कि मलाई कोभिड १९ छ । मेरो छातीमा तिब्र जलन थियो ।’

जेसीलाई यसअघि यसरी सास लिनमा समस्या भएको थिएन । जेसी अस्पताल पुगेको ६ घण्टा भइसकेको थियो । उनको हुनेवाला श्रीमान कारमा बसेर प्रतिक्षा गरिरहेका थिए । भित्र के भइरहेको छ भन्ने कुरा उनलाई केहीपनि थाहा थिएन ।

पाँच दिनपछि जेसीले अस्पतालबाट बिदा पाइन् । यद्यपि हिँडडुलमा अझैपनि समस्या थियो । फर्किएपछि १८–१८ घण्टासम्म उनी सुतिरहिन् । केही पटक खोकी लाग्यो तर सास लिनमा समस्या भएन ।

उनी भन्छिन्, ‘कतिपय युवाहरुलाई लाग्छ कि उनीहरुलाई यस भाइरसको कुनै असर हुँदैन । तर, अहिले उनीहरुले गंभिरतापूर्वक लिन थालेका छन् ।’

‘हामीलाई यस बारेमा धेरै बताइएको छ । यो पनि बताइयो कि यसमा युवाहरुले धेरै डराउनुपर्ने आवश्यक्ता छैन तर डराउन आवश्यक छ ।’

‘म यस्तो कोठामा बन्द थिएँ, जहाँ अध्याँरो मात्र थियो’

स्टीवर्ट ६४ बर्षका भए । उनलाई हेक्का छ कि उनलाई यो संक्रमण कायर मिटिङको क्रममा भयो । उनी भन्छन्, ‘हामीले सोशल डिस्टेन्सिङको पुरा पालना गरेका थियौं । तर, त्यस दिन बिहिबार जब कायर मिटिङ भयो, तब भीड केही धेरै थियो । केही यस्ता व्यक्ति पनि सामेल थिए, जसमा फ्लुको लक्षण थियो ।’

यस मिटिङ भएको १० दिनपछि स्टीवर्टको हालत खराब हुन थाल्यो । पहिले यसको असर सामान्य थियो । तर, त्यो क्रमस बढ्दै गयो । उनलाई सास लिन एकदमै गाह्रो हुन थाल्यो । यताउता हिँडडुल गर्न गह्रो भयो । भाइरसले उनको फोक्सामा आक्रमण गरिसकेको थियो ।

उनका परिवारले फोन गरेर सहयोग मागे, स्टीवर्ट अस्पताल भर्ना भए ।

अस्पताल पु¥याइएपछि उनको केही परीक्षण भयो स्वैब टेस्ट भयो । चिकित्सकले उनलाई कोरोना भइरस भएको बतायो र अक्सिजन लगाइदियो । स्टीवर्टलाई अध्याँरो कोठामा एक्लै राखियो ।

उनी भन्छन्, ‘मलाई लाग्यो मेरो जीवन अब सकियो । तर, म बाँच्न चाहन्थें । म आफुभित्र चलिरहेको द्वन्द्वलाई महसुष गर्न सक्थें ।’

केही दिनपछि स्टीवर्टलाई अस्पतालबाट विदा मिल्यो । घरमा आएर उनी सेल्फ आइसोलेसनमा बसे । अस्पतालबाट फर्किएपछि उनको एउटा बानी फेरियो । अब उनी पहिलेको तुलनामा एकदमै धेरै पानी पिउन थालेका थिए ताकि उनको गला र फोक्सो पहिलेकै अवस्थामा आओस् । 

बिबिसी/अनलाइन खबरकाे सहयाेगमा !!

प्रकासित मिति

Loading...
Loading...

 

Loading...

 

ताजा खबर