annapurna add

काठमाडौं – कोरोना संक्रमण पुष्टि भएकी बाग्लुङकी ६५ वर्षीया महिलालाई अस्पताल भनाई गरिएको छ । दमकी सिरियस विरामी उनलाई कुनैपनि पूर्वाधार नभएको बाग्लुङस्थित धौलागिरी अञ्चल अस्पतालमा भर्ना गरिएको छ ।

याे पनि....
बागलुङकी ६५ वर्षीया वृद्धा कोरोना संक्रमित

corana2020बिरामी महिलालाई दमको पनि रोग भएकाले चिकित्सक र केही जनप्रतिनिधिहरूले पोखरा लैजान जोड गरेका थिए, तर प्रदेश अस्पतालले बिरामीको अवस्था अहिले जटिल नभएको भन्दै त्यहीँ राख्न भन्यो।

टेकु अस्पतालका एक चिकित्सकले भने उनलाई सुविधासम्पन्न अस्पतालमा लैजानुपर्ने सुझाएका छन्। ‘बिरामीको उमेर ६५ वर्ष र दमको पनि समस्या भएकाले कुनै बेला पनि आइसियू वा भेन्टिलेटरमा राख्नुपर्ने हुन्छ। फेरि कोरोनाले अप्ठयारो पार्ने भनेको श्वासप्रश्वास प्रणालीमै हो। त्यसैले सुविधासम्पन्न अस्पतालमै लैजानुपर्छ,’ उनले भने।

बिरामीको उमेरका कारण पनि थप सतर्क रहनु पर्ने जिकिर उनको छ। संक्रमित महिलालाई भर्ना गरिएको धौलागिरी अञ्चल अस्पतालमा आइसियू र भेन्टिलेटरको सुविधा छैन। अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. शैलेन्द्र पौडेल पोखराबाट एउटा भेन्टिलेटर आए पनि त्यसले काम नगरेको बताउँछन्।आवश्यक पूर्वाधार नहुँदा संक्रमितको उपचार गर्न समस्या हुने उनले बताए। ‘संक्रमित महिलामा अहिले त धेरै समस्या देखिएको छैन। तर उहाँ दमको पनि रोगी भएकाले भोलि थप समस्या आयो भने हामीले पोखरा पठाउनुपर्छ,’ उनले भने।

यसअगाडि बाग्लुङकै १९ वर्षीया युवतीमा कोरोना संक्रमण देखिएपछि अस्पतालमा पोखराबाट एउटा भेन्टिलेटर पठाइएको थियो। तर भेन्टिलेटरले काम गरेन र पछि हेर्दा भेन्टिलेटर बिग्रिएको पाइयो।

एक स्थानीय जनप्रतिनिधिले भने बिरामीलाई पोखरा लैजान प्रदेश अस्पतालले चासो नदेखाएकोमा असन्तुष्टि पोखे। ‘बिग्रेको भेन्टिलेटर पठाएको रहेछ। हामीले फिर्ता लैजानुस् भनेका छौं। संक्रमितलाई उपचारका लागि पोखरा लैजान आग्रह गर्दा प्रदेशले कुनै चासो दिएको छैन,’ उनले भने।

प्रदेशलाई आग्रह गर्दा तर्किएको उनको भनाइ छ, ‘पोखरा कुनै हालतमा संक्रमितलाई लगेर उपचार गर्न तयार छैन।’ पोखरास्थित प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक विनोद विन्दु शर्माले भने आजै एउटा नयाँ भेन्टिलेटर पठाएको जानकारी दिए।

उनले संक्रमितको अवस्था सामान्य रहेको र भोलि अप्ठ्यारो हुनेबित्तिकै पोखरा ब्याकअपका रूपमा रहेको बताए। ‘जम्मा डेढ घन्टाको बाटो हो। अप्ठ्यारो हुनेबित्तिकै हामी ल्याउन तयार छौं,’ उनले भने।

विज्ञहरू कोरोनाले सिकिस्त बिरामीको उपचार गर्ने अस्पतालमा सकेसम्म आइसियू र भेन्टिलेटरको व्यवस्था हुनुपर्नेमा जोड दिन्छन्।

थप समाचार

यस्तो छ कोरोना संक्रमित ४ जनाको स्वास्थ्य अवस्था

भविष्यवाणिमा कोरोना र सरकार

नेपालमा कोरोना संक्रमितको संख्या ५ पुग्यो

नेपालमा कोरोना संक्रमितको संख्या ४ पुग्यो

नेपालमा कोरोना संक्रमितको संख्या ३ पुग्यो

आज बिहान ६ बाट नेपाल पूर्ण रुपमा लकडाउन, घरबाट बाहिर निस्कन नपाइने (निर्णयसहित)

प्रकासित मिति

Loading...
Loading...

 

Loading...

 

ताजा खबर