1478958692 banner ad format

 
 

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वैदेशिक रोजगार विभागका शाखा अधिकृत कृति वल्लभ पौडेललाई दश लाख रुपियाँ घुससहित पक्राउ गरेको छ । 

corruption

अख्तियारको केन्द्रीय कार्यालयको विशेष टोलीले पौडेललाई नयाँ बानेश्वरस्थित इन्द्रेणी फुडल्यान्डबाट पक्राउ गरेको हो ।  पौडेलसँगै विभागकै नायव सुब्बा खड्गबहादुर केसी पनि पक्राउ परेका छन् ।  

घुस लिँदै गरेको अवस्थामा नेपाल प्रहरीको एसपी कमान्डको टोलीले विशेष सुराकका आधारमा पौडेल र केसीलाई पक्राउ गरेको अख्तियार स्रोतले जानकारी दियो ।  रकम असुलीको प्रयोजनबारे अनुसन्धान भइरहेको छ ।  अख्तियारले वैदेशिक रोजगार विभाग र यसका कार्यालयलाई विशेष निगरानीमा अपरेसन गर्दै आएको छ । 

यसैबीच, अख्तियारले  सशस्त्र प्रहरी औद्योगिक सुरक्षा गण नेपालगन्जमा कार्यरत प्रहरी जवान शम्भुप्रसाद आचार्यलाई घुससहित पक्राउ गरेको छ । अाजकाे गाेरखापत्र दैनिकमा समाचार छ । 

प्रकासित मिति

Loading...

 

yummyfood