annapurna add

एक वर्षको अवधिमा अख्तियारले घुससहित २ जना सहसचिव, १० जना उपसचिव, ३२ जना शाखा अधिकृत र ४७ जना नायब सुब्बालाई पक्राउ गरेको छ । अख्तियारले २९ जना खरिदार, १५ जना जुनियर कर्मचारी र २४ जना कार्यालय सहयोगीलाई पनि पक्राउ गरेको छ ।

corruption in nepal

त्रिभुवन नगरस्थित प्रहरी चौकीमा कार्यरत दुई जना प्रहरी ५० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन्।  प्रहरी नायव निरीक्षक राजेशकुमार सिंह र जवान मनोजकुमार यादवले भारतबाट नेपालतर्फ तस्करीका सामान ल्याउँदा भित्र्याउन सहयोग गरिदिने भन्दै सेवाग्राहीसँग घुस मागिरहेका थिए । घुस लिएकै बेला अख्तियार दुरुपयोग अनुसन्धान आयोग, बर्दीबासबाट खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो। सिंह र यादवले सर्लाहीको ब्रह्मपुरी गाउँपालिका वडा नं–४ स्थित सगरमाथा बोर्डिङ स्कुल परिसरमा सेवाग्राहीसँग घुस बुझिरहेका थिए। पक्राउ परेकाहरुमाथि अनुसन्धान भइरहेको अख्तियारका अधिकारीहरुले जानकारी दिएका छन्।

यसैगरी गत २०७६ श्रावण ०९ गते -  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौंको गौसालाबाट दुई जना नेपाल प्रहरीका नायव निरीक्षक (सई)लाई  घुसको रकमसहित रंगेहात पक्राउ गरेको हाे ।  महानगरीय प्रहरी प्रभाग गौशालामा कार्यरत सईद्वय रेशम पाण्डे र राजु स्वर्णकार रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता प्रदीप कुमार कोइरालाले जानकारी दिए। ‘गौसाला आसपासबाट १८ हजार घुससहित दुई प्रहरीका असईलाई बुधबार साँझ समातेकाे हाे ।

यसैगरी - गत २०७६ श्रावण ०४ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रु. १५ लाख घुस लिएको अभियोगमा कर्णाली नदी नियन्त्रण आयोजनाका तीन इञ्जिनीयरलाई पक्राउ गरेको छ ।
बर्दियाको गेरुवा गाउँपालिकाबाट उनीहरुलाई घुसहित आज पक्राउ गरिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले पुष्टि गरेका छन् । उनका अनुसार इञ्जिनीयरत्रय कमल सिटौला, विश्वेश्वरप्रसाद साह र हरिप्रसाद चौधरीलाई पक्राउ गरिएको हो ।

यस्तै आयोगले सिरहाको गोलबजार नगरपालिकाका सवइञ्जिनीयर उमा श्रेष्ठलाई रु ५० हजार घुससहित पक्राउ गरेको छ । शौचालय निर्माणको भुक्तानी सहज गरिदिने भन्दै सेवाग्राहीसँग उनले घुस मागेको आयोगले जनाएको छ । आयोगले श्रेष्ठलाई शुक्रबार पक्राउ गरेको भए पनि आज सार्वजनिक गरेको हो ।

यस्तै आयोगले जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय दोलखाका सिनियर डिभिजनल इञ्जिनीयर प्रकाश अधिकारीसहित तीन जनालाई पक्राउ गरेको छ । आयोगका प्रवक्ता कोइरालाका अनुसार सिनियर डिभिजनल इञ्जिनीयर अधिकारीले विभिन्न उपभोक्ता समिति तथा अन्य कम्पनीसँग घुुस मागी बा१झ ५२८० नंको सरकारी गाडीमा यही साउन २ गते काठमाडौँ आउँदै गरेको भन्ने सूचनाका आधारमा आयोगको टोलीले भक्तपुरको जगातीबाट पक्राउ गरेको हो ।आयोगका अनुसार निजको साथमा रु १३ लाख ३८ हजार ५०० नगद र सोही गाडीमा रहेका जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय सिन्धुपाल्चोकका इञ्जिनीयर भोगेन्द्र साहको साथबाट रु एक लाख २९ हजार १०५ शङ्कास्पद नगद फेला पारेको छ । आयोगले अधिकारी, साह र सवारी चालक खड्कालाई गाडीसहित नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको जनाएको छ ।

यसैगरी - गत २०७६ श्रावण ०३ गते सर्लाही रामनगर गाउँपालिकामा कार्यरत इन्जिनियर ५० हजार घुससहित पक्राउ गरेकाे हाे । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासबाट खटिएको टोलीले रामजी बाबु यादव ५० हजार घुससहित पक्राउ गरेको हो । उनलाई मलंगवा नगरपालिका १० स्थित अशोका होटलबाट नियन्त्रणमा लिएको हो ।

यसैगरी - गत २०७६ अषाढ ३० गते, असार मसान्तको मैझारो चलिरहेका बेला भोजपुर कार्यालयका प्रमुख १ लाख ८० हजार घुससहित समातिएका हुन् ।  जलश्रोत तथा सिँचाइ विकास डिभिजन भोजपुरका सिनियर डिभिजनल इन्जिनियर मोहनबाबु यादवलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीको टोलीले उक्त घुससहित सोमबार पक्राउ गरेको हो । यादवले षडानन्द नगरपालिका-१३ बोयास्थित छाँगे खोला सिँचाइ कार्यक्रमको रनिङ बिल पास गरिदिने शर्तमा सेवाग्राहीसँग घुस लिइरहेको अवस्थामा अख्तियारको फन्दामा परेका हुन्। अख्तियारका केन्द्रीय प्रवक्ता प्रदीपकुमार कोइरालका अनुसार सेवाग्राहीबाट लिइसकेको एक लाख ८० हजार रुपैयाँ घुससहित यादवलाई भोजपुर नगरपालिका-७ स्थित फुपू भदैनी होटलबाट रङ्गेहात पक्राउ गरी अनुसन्धान गरेकाे हाे ।

यसैगरी- सुर्खेत : जिल्ला वन कार्यालय सुर्खेतका प्रमुख (डिएफओ) ४ लाख रुपैयाँ घुससहित रंगेहात पक्राउ गरेकाे ।  जिल्ला वन प्रमुख भक्तबहादुर लामालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले कार्यालयबाटै गत २०७६ अषाढ २७ गते शुक्रबार मध्यान्ह १२ बजे चार लाख रुपैयाँ घुससहित रंगेहात पक्राउ गरेको हो ।अख्तियारका प्रवक्ता प्रदीप कोइरालाले लामालाई कार्यकक्षबाटै घुससहित पक्राउ गरिएको जानकारी दिए। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सुर्खेतस्थित कार्यालयले लामा सेवाग्राहीबाट घुस लिँदालिँदै पक्राउ परेको पुष्टि गरेको छ ।

यसैगरी - गत २०७६ श्रावण ०७ गते मोरङमा मातहतका मन्त्रालयअन्तर्गतका कर्मचारी घुस रकमसहित पक्राउ परेपछि प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले कर्मचारीहरुलाई अनियमितता रोक्न निर्देशन दिएका छन् । ‘जलस्रोत तथा सिँचाइ विकास डिभिजन भोजपुरका प्रमुख सिनियर डिभिजन इञ्जिनियर मोहनबाबु यादव रंगेहात १ लाख ८० हजार कमिसनको नाममा घुस रकम लिँदै गरेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गर्छन्,’ उनले भने, ‘यो क्रम प्रदेश मन्त्रालयका सचिवहरुसम्म आए प्रदेशको अवस्था कस्तो हुन्छ र यसले कस्तो सन्देश जान्छ । त्यसैले बेलैमा सबैलाई गम्भीर र सचेत हुनु जरुरी छ ।’

यसगरी गत २०७६ श्रावण ०७ गते - पूर्वाधार विकास कार्यालय साँफेबगरका सब–ईन्जिनियर रामचन्द्र यादवले उपभोक्ता समितिबाट कमिसन लिएको तीन लाख रकम फिर्ता गरेका छन्। एउटा सडक निर्माण क्रममा उपभोक्ता समितिबाट कमिसन लिएका उनले उक्त रकम फिर्ता गरेका हुन्। प्राविधिकसँग आक्रोशित बनेका केही उपभोक्ता समितिका पदाधिकारीहरुले यादवलाई नियन्त्रणमा लिएर घुस खाएको रकम फिर्ता गराएका हुन्।

akhtiyarsirha kantipathयसैगरी गत २०७६ श्रावण १३ गते - जिल्ला मालपोत कार्यालय सिरहाका नायब सुब्बा र एक लेखापढी व्यवसायी ५ हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् । लेखापढी व्यवसायी राजवंशी चौधरीमार्फत पाँच हजार रुपैयाँ घुस लिँदै गरेको बेला कार्यालयका नायब सुब्बा मिथिलेश ठाकुर पक्राउ परेका हुन् ।

यसैगरी गत २०७६ श्रावण १९ गते अख्तियार दुरुपयोेग अनुसंधान आयोगको हेटौंडा स्थित कार्यालयले ५० हजार रुपैयाँ घुस रकम सहित एक जना कर्मचारीलाई  पक्राउ हाे । प्रदेश नम्बर ३ को उद्योग, बाणिज्य, तथा उपभोक्ता हित संरक्षण निर्देशनालय हेटौंडामा कार्यरत आठौ तहका अधिकृत अचन्दन कुमार अमात्यलाई नगद ५० हजार रुपैयाँ सहित पक्राउ गरिएको हो । उद्योग दर्ताको लागि आईई प्रतिबेदन स्वीकृतीका लागि ५० हजार रुपैयाँ घुस लिदै गर्दा पक्राउ गरिएको अख्तियार दुरुपयोेग अनुसंधान आयोगको हेटौंडा स्थित कार्यालयका सुचना अधिकारी देब कुमार राईले जानकारी दिएका थिए ।

यसैगरी गत २०७६/०४/१९ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय टीकापुर कैलालीका नायव सुब्बा सिंह बहादुर कुँवर र खरिदार नरराज पाण्डेलाई घुससहित पक्राउ गरिएको हाे । ‘अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, कञ्चनपुरबाट खटिई गएको टोलीले निजहरू नायव सुब्बा सिह बहादुर कुँवर र खरिदार नरराज पाण्डेलाई सेवाग्राहीसँग रू. ८ हजार) घुस वापतको रकम लिइसकेको अवस्थामा,’ प्रवक्ता कोइरालाद्वारा सोमबार जारी विज्ञप्तिमा भनिएको छ, ‘लम्की चुहा नगरपालिका वडा नं.३ ब्यवस्थित नगरबाट मिति २०७६/०४/१९ गते उक्त रकम सहित रङ्गेहात नियन्त्रणमा लिई अनुसन्धान भइरहेको छ ।

यसैगरी - संचारकर्मी रवि लामिछानेलाई पाँच लाख घुस मागेको आरोप लागेकोछ । न्यूज २४ टेलिभिजनको कार्यक्रम सिधाकुरा जनतासँग कार्यक्रमका प्रस्तोता लामिछानेलाई पूर्वमाओबादी लडाकु रक्षकुमार राईले पाँच लाख घुस मागेको आरोप लगाएपछि यस्तो खुलासा भएको हो ।

rabi lamichhane

यसैगरी -  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला अदालत महोत्तरीका नापी सर्वेक्षकलाई घुससहित पक्राउ गरेको हाे ।  नापी सर्वेक्षक मोहन यादवले घर नापनक्सा अनुसार नभएको भनि विभिन्न बहाना बनाई मुद्दा मिलाइदिन्छु भन्दै सेवाग्राहीसँग १ लाख ५० हजार रुपैयाँ घुस लिएपछि उनलाई अख्तियारले रङ्गेहात पक्राउ गरेको हो।

यसैगरी -  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जुवा खेलाउने वातावरण मिलाइदिनु प-यो भन्दै प्रहरीलाई प्रभावमा पार्न खोज्ने भक्तपुर नगरपालिका १ का गङ्गालाल श्रेष्ठलाई रु ४० हजारसहित पक्राउ गरेको छ ।

यसैगरी२०७६ भाद्र १२ गते -  रुपन्देहीमा मालपोत कार्यालयका खरिदार र लेखापढी व्यवसायी घुससहित पक्राउ परेका छन्। मालपोत कार्यालय बुटवलका खरिदार जिवनाथ पाण्डे र लेखापढी व्यवसायी कमल पाण्डे १ लाख २० हजार रुपैँया घुस लिँदालिँदै पक्राउ परेका हुन्।

यसैगरी २०७६ भाद्र १३ गते यातायात व्यवस्था कार्यालय कैलालीका प्रमुख गम्भीरसिंह बिष्टसहित ३ अधिकृतलाई अख्तियारको टोलीले घुससहित कार्यालयमै पक्राउ गरेको हाे । कार्यालय प्रमुख बिष्ट, शाखा अधिकृतहरु भुवन जोशी र जयराज कारिगरलाई अख्तियारको महेन्द्रनगर कार्यालयको टोलीले पक्राउ गरेको हो। आयोगका कर्मचारीले उनीहरुबाट १ लाख ६६ हजार बरामद गरेका हुन्। उनीहरुले गाडी नामसारी गर्दा रकम लिएको हाे ।

यसैगरी २०७६ भाद्र १६ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई हजार रुपियाँ र मोबाइलको रिचार्ज कार्ड घुस लिएको ट्राफिक पोस्ट बनेपामा कार्यरत हवल्दार रामहरि मानन्धर र प्रहरीजवान हरिचन्द्र बानियाँ छन् ।

siraha ghussगत २३ भदौं सिरहामा विध्युतका एक कर्मचारी ८० हजार घुससहित पक्राउ गरेकाे हाे । अख्तियारको टोलीले विद्युत कार्यालय सिरहाका इलेक्ट्रेसियन छेदिलाल साहलाई  घुस सहित पक्राउ गरेको हो ।

यसैगरी गत २०७६ भाद्र २७ गते एक सरकारी अधिकारीले घुस मागेपछि सेवाग्राहीले उनको कारमा भैँसी बाँधेका थिए । एक सरकारी अधिकारीले सेवाग्राहीसँग २५ हजार रुपैयाँ घुस मागेका थिए ।तर रकम नभएको भन्दै सेवाग्राही भूपेन्द्र सिंहले आफूले पालेको भैँसीलाई घुस माग्ने कर्मचारीको कारमा बाँधेका हुन् ।

baishi

यसैगरी गत २०७६ भाद्र ३० गते - सुदूरपश्चिम प्रदेशमा स्ट्रीङ अप्रेशनका क्रममा घुस रकम सहित रंगेहात पक्राउ परेका बिचौलिया सहितका २५ जनासँग साढे २७ लाख बिगो माग दावी गरिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय महेन्द्रनगरले आर्थिक वर्ष २०७२-७३ देखि गत आर्थिक वर्ष २०७५-७६ सम्म घुस रकम सहित पक्राउ परेका तीन विचौलिया सहित २५ जनाबाट साढे २७ लाख विगो असुल उपर गर्न माग दावी गरेको हो।

यसैगरी गत २०७६ भाद्र ३१ गते लेखापढी व्यवसायीमार्फत् र सिधै सेवाग्राहीबाट घुस लिएको आरोपमा केही दिनअघि पक्राउ परेका नायब सुब्बा ईश्वरीप्रसाद पोख्रेल र खरिदार रामहरि सुवेदीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार विशेष अदालतमा मुद्दा चलाएको छ । उनीहरूसँगै लेखापढी व्यवसायीहरू विश्वम्भर मैनाली, इन्द्रावती खत्री र तुलसीप्रसाद नेपाल तथा घुस दिने सेवाग्राही कृष्णप्रसाद घिमिरेविरुद्ध पनि मुद्दा चलाइएको छ ।

यसैगरी गत २०७६ आश्विन ०२ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विद्यालय निरीक्षक राजेश्वर चौरसियाविरुद्ध १० वटा मुद्दा दायर गरेको छ । चौरसियाले घुस लिएर १० जना शिक्षक भर्ना गरेको दाबी अख्तियारको छ। शिक्षक नियुक्त गर्दा प्रत्येक व्यक्तिसँग ५० हजारदेखि ४ लाख २० हजारसम्म घुस लिएका छन्। उनले जितेन्द्रप्रसाद कुर्मीसँग २ लाख, फिरोज अलामसँग २ लाख २० हजार, हकिम अन्सारीसँग ३ लाख ९० हजार, लालबाबु साहसँग २ लाख ८० हजार, अब्दुल्ला राउतसँग ४ लाख १५ हजार, नागेन्द्र महरा चमारसँग ४ लाख २० हजार, वीरेन्द्र महरासँग ४ लाख, उषाकुमारी रामसँग ५० हजार घुस लिएको अख्तियारको अनुसन्धानबाट खुलेको छ।

यसैगरी गत २०७६ आश्विन ०७ गते मालपोत कार्यालय कलंकीका खरिदार रामहरि सुवेदीले आत्महत्या गरेका छन्।  २२ दिन बसेका उनी १० दिन अघि मात्र हिरासतमुक्त भएका हुन्। खरिदार पदमा कार्यरत सुवेदीले सेवाग्राही कृष्णप्रसाद घिमिरेसँग एक हजार घुस लिएको निष्कर्ष अख्तियारले निकालेको थियो।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की केन्द्रीय सदस्य एवं सांसद रामकुमारी झाँक्रीले घुसखोेर मन्त्रीका कारण भ्रष्टाचार नियन्त्रण हुन नसकेको बताएकी छिन्। पत्रकार श्रीराम पौडेलसँगको अन्तर्वार्तामा नेतृ झाँक्रीले मन्त्रीले घुस खान छोडे भ्रष्टाचार आफै नियन्त्रण हुने बताइन्।

यसैगरी गत २०७६ आश्विन ३० गते महोत्तरीमा घुससहित प्रहरी सहायक निरीक्षक (असई) पक्राउ परेका थिए । कठुधार प्रहरी चौकीका इन्चार्ज वृजेश कुमार चौधरीलाई १३ हजार घुससहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले रंगेहात पक्राउ गरेको हो ।

यसैगरी गत २०७६ कार्तिक १४ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले एकजना प्रहरी नायव निरीक्षकलाई ६० हजार रुपैयाँ घुससहित महागढीमाई नगरपालिकास्थित गञ्जभवानीपुर प्रहरी चौकीका इन्चार्ज प्रहरी नायव निरीक्षक जट्टाशंकर साह कलवारलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय हेटौंडाको टोलीले पक्राउ गरेको हो।
६० हजार घुस वापतको रकम लिइसकेको अवस्थामा कलैया उपमहानगरपालिका-४ मन्दिर चोकबाट रंगेहात पक्राउ गरिएको अख्तियारका प्रवक्ता प्रदीप कोइरालाले जानकारी दिए।

यो पनि पढ्नुहोस - शिक्षक बनाइदिने भन्दै एक वडाध्यक्षले खसी उपहार मागेको खुलेको छ । बालबिकासमा शिक्षक बनाइदिने भन्दै स्थानीय महिलाबाट खसी मागेको बताइएको छ । कालिकोटको सान्नी त्रिवेणी गाउँपालिका– ८ का वडाध्यक्ष जनकबहादुर केसीले बिमला केसीसँग विद्यालयमा शिक्षिका नियुक्त गरिदिने भन्दै खसी घूस लिएको खुलेको हो । ‘अध्यापन अनुमतिपत्र नभएकोबारे वडाध्यक्ष पहिल्यै भनेको थिए, तर उहाँले कुरा मिल्छ भन्दै खसी काट्न लगाए’, उनले भनिन् । पहिलोपटक नियुक्ति गर्दा कुखुरा खाएका वडाध्यक्षसहितको टोलीले भदौको नियुक्ति दिँदा १० हजारको खसी २ हजारको कुखुरा खाएको विमलाले बताइन् ।

यो पनि पढ्नुहोस ! छानबिनमा तानिए खसी काण्डमा फसेका डिएसपी

मलेसिया जाने नेपाली युवाको पसिना चुस्न गृहमन्त्रीलाई मात्रै ५ करोड घुस

सडक डिभिजन कार्यालय प्युठानका सिनियर डिभिजनल इन्जिनियर ध्रुवकुमार श्रेष्ठ र इन्जिनियर निरोज महर्जन घुस लिँदालिँदै पक्राउ परेका छन् । काठमाडौं बानेश्वरको एलिनाज बेकरी क्याफेमा घुस लिँदालिँदै करिब १० लाख रुपैयाँ घुससहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको हो । 

याे पनि पढ्नुहाेस् - भरतपुर महानगरपालिका १३ की मेनुका पौडेलको घरमा एक महिनाको विद्युत महशुल १० लाख रुपैयाँ उठेपछि घरधनी अचम्ममा परेका छन् । उनको घरमा बिजुली खपत गर्ने एउटा फ्रिज, ३ पंखा, १ राईस कुकर र १७ वटा थोरै विद्युत खपत गर्ने सिएफएल बत्ति छ । सोही विद्युतबाट कुखुरा फर्म पनि संचालन भएको छ ।

गर्मी महिनामा बढीमा १ हजार र जाडोमा ५ सय रुपैयाँ विजुली शुल्क उठ्ने गरेकोमा यस पटक भने ८० हजार ३८ युनिट अर्थात १० लाख ३९ हजार ६ सय ६९ रुपैयाँ बराबरको बिल आएको हो ।

‘मिटर रिडरले यति धेरै रकम उठेको देखेपछि रसिद नकाटि विद्युत कार्यालयमा सम्पर्क गर्न भन्नुभयो,’ पौडेलले भनिन्, ‘त्यसपछि विद्युत प्रधिकरणकै रोहोबरमा परीक्षण गर्दा सबै ठिक देखिएको छ । घर भित्र नै मिटर छ ।’

महशुल धेरै उठेपछि प्राधिकरणको भरतपुर कार्यालय जाँदा कुखुरा पालेको ठाउँमा १० लाख उठ्नु ठूलो कुरा नभएको जवाफ पाएको उनले बताइन् । ‘एक हजार कुखुरा पाल्दा यत्रो रकम उठ्दैन,’ उनले भनिन, ‘यति नै उठ्ने भए पनि अरु महिना पनि उठ्नुपर्ने हो ।’

मिटर परीक्षणका लागि डिभिजन कार्यालय हेटौंडा पठाउने तयारी

बढी महशुल उठेको देखिएपछि नेपाल विद्युत प्राधिकरण भरतपुर शाखाले मिटरलाई डिभिजन कार्यालय हेटौंडामा पठाउने भएको छ । वास्तविक समस्या पत्ता लगाउन थप अनुसन्धानका लागि हेटौंडा पठाउन लागेको प्रधिकरणका भरतपुर शाखा प्रमुख सुरेश कुमार महताेले बताए ।

‘यो विषय गम्भीर छ, कर्मचारीको गल्ति हो की भन्ने विषयमा मिटर चेक गर्नेसँग पनि हामी कुरा गर्छौ,’ उनले भने, ‘अहिलेसम्म यति धेरै रकम सामान्य घरमा उठेको मैले पनि भेटेको छैन । अनुसन्धानले जे भन्छ अब त्यही हुन्छ ।’

याे पनि पढ्नुहाेस् - जलेश्वरस्थित डिभिजन वन कार्यालय परिसरमा प्रेसरकुकरबम फेला परेको छ । आइतबार साँझ फेला परेको बम नेपाली सेनाको टोलीले सोमबार दिउँसो करिब १२ बजे डिस्पोज गरेको छ ।

वन कार्यालय परिसरमा बेवारिसे अवस्थामा फेला परेको झोलाभित्र शंकास्पद वस्तु देखेपछि त्यहाँका कर्मचारीले प्रहरीलाई खबर गरेका थिए । पछि सेना आएर हेरेपछि झोलामा शक्तिशाली प्रेसरकुकरबम भएको पत्ता लागेको थियो ।

आइतबार साँझदेखि नै सेना र प्रहरीले घटनास्थल क्षेत्रलाई सुरक्षा दिएका थिए । नजिकै रहेको जीवन ज्योति युवा क्लबको खाली चौरमा खाल्डो खनी बम डिस्पोज गरिएको हो ।

याे पनि पढ्नुहाेस् -  जुम्लाको पातारासी गाउँपालिकाले २५ वर्ष तल उमेर समूहका युवालाई मदिरा बेचबिखन तथा सेवनमा प्रतिबन्ध लगाएको छ । मदिराको सेवन तथा बिक्रीवितरणमा रोक लगाउनका लागि गाउँपालिका, महिला तथा बालबालिका शाखामार्फत गाउँमा गठन भएका महिला समूह, सहकारी र युवालाई सहभागी गराई सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ । कुलतका कारण युवकयुवती गलत बाटामा लागेका कारण मदिरा बेचबिखन तथा सेवनमा प्रतिबन्ध लगाइएको गाउँपालिका अध्यक्ष लछिमन बोहोराले बताए ।

पढ्ने उमेरका युवा कुलतमा बढी फसेका कारण मदिरामा प्रतिबन्ध लगाइएको अध्यक्ष बोहोराको भनाइ छ । पच्चीस वर्ष तलका युवाले मदिरा सेवन तथा बिक्रीवितरण गर्न नपाउने गाउँकार्यपालिकाको बैठकबाट निर्णय भएको हो । यदि कोही कसैले सार्वजनिकस्थलमा मदिरा सेवन गरी हल्ला वा बिक्री गरेको भेटिएमा हदैसम्म जरिवना र कानूनी उपचारका लागि सम्बन्धित निकायमा पहल गरिने अध्यक्ष बोहोराले बताए ।

याे पनि पढ्नुहाेस् - सरकारले स्तरोन्नतिका लागि नेपालगञ्ज विमानस्थलको गुरुयोजना बनाएको वर्षौँ बितिसकेको छ । तर, योजनाअनुसार अहिलेसम्म कुनै काम हुनसकेको छैन । विमानस्थलमा स–साना काम नहुँदा जहाज अवतरणस्थल (रनवे)मा बेलाबखतमा समस्या आउने गरेको छ । रनवे चारैतिर घाँसले भरिएको छ ।

जङ्गल नजिकै भएकाले विमानस्थलको झाडीमा बँदेल, बाँदरजस्ता वन्यजन्तु बस्ने गरेकाले जहाज उडान र अवतरणका समयमा चुनौती अझ थपिएको छ । निर्माणको जिम्मेवारी लिएको पप्पु कन्स्ट्रक्शनले रनवेमा ग्रेडिङको काम पूरा नगर्दा समस्या भएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । विमानस्थल घाँसेमैदानमा समेत परिणत भएको छ ।

बँदेल आतङ्कले विमानस्थलमा दुर्घटनाको जोखिम पनि उस्तै बढेको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रमुख प्रेमनाथ ठाकुर बताए । उनका अनुसार गत मङ्गलबार साँझ बुद्ध एयरलाइन्सको जहाज अवतरण हुने क्रममा बँदेलसँग ठोक्किएको थियो । तर, मानवीय क्षति भने भएन । बँदेलको बच्चाले भने ज्यान गुमाएको थियो ।

धावनमार्गमै वन्यजन्तु आउँदा समस्या निम्तिएको बुद्ध एयरलाइन्सका स्टेशन म्यानेजर विनित शाह बताउँछन् । उनले भने, “विमानस्थलमा धेरै घाँसेमैदान छ, बेलाबखतमा सफा गरिए पनि सरसफाइ कार्यक्रम नियमित नहुँदा समस्या उस्तै हुने गर्छ, त्यसका कारण विमान उडान र अवतरणका क्रममा वन्यजन्तु रनवेमै आउँदा चुनौती छ ।” पप्पुले विमानस्थलको ‘ओभरले’ (एकपटक बनाएको रनवेमाथि पुनः लेयर लगाउने काम) पूरा गरेको छ । तर, उसले गर्नुपर्ने मार्किङ, नाली, ग्रेडिङ (माटो सम्याउने काम) अलपत्र छाडेको छ । काम पूरा गर्न पटक–पटक पत्राचार गरे पनि अटेरी गरिरहेको प्राधिकरणले जनाएको छ ।

एक वर्षअघि सम्पन्न भइसक्नुपर्ने ठेक्का अहिलेसम्म अधुरै रहेको नागरिक उड्डयन प्राधिकरण प्रमुख ठाकुरले बताए । धावनमार्ग पक्की गर्ने, मार्किङ गर्ने, झाडी फालेर ग्रेडिङ गर्ने (सम्याउने) कार्यको ठेक्का पप्पु कन्स्ट्रक्शनले रु १३ करोडमा ठेक्का लिएको प्राधिकरण प्रमुख ठाकुरले बताए । ठेक्कामध्येको रु ११ करोड ३३ लाख भुक्तानी भइसकेको छ । काम भने अझै अपुरै रहेको छ । ठेकेदारले अटेर गरेपछि प्राधिकरणले पप्पुलाई आवश्यक कारवाहीका लागि सिफारिश गरेको उनको भनाइ छ ।

वन्यजन्तुबाट बचाउन विमानस्थलको वरिपरि काँडेतार गरिएको छ । “सुरक्षाका लागि पर्याप्त छैन, रनवेको घाँस नफाल्दासम्म जनावरले सताइरहन्छ”, प्राधिकरण प्रमुख ठाकुरले भने, “ठेकेदार कम्पनीलाई यसअघि बारम्बार काम सक्न आग्रह गर्दा पनि सुनुवाइ गरेन, यसले उडान र अवतरण संवेदनशील बन्दै गएको छ ।”

पप्पुले जिम्मेवारीले लिएकामध्ये अधिकांश काम अधुरै छन् । तोकिएको समयमा आफ्नो जिम्मेवारी बहन गर्न नसकेपछि निर्माण कम्पनी पप्पु कन्ट्रक्सनलाई कारवाहीका लागि प्रक्रिया अघि बढाइएको प्राधिकरणका महानिर्देशक राजन पोखरेलले बताए । उनका अनुसार धरौटीमा राखिएको रकम जफत गर्ने प्रक्रिया शुरु भएको छ ।

विमानस्थलको आन्तरिक पूर्वाधार निर्माणका लागि रु १२ अर्ब लगानी भइरहेको उनले बताए । गुरूयोजनाअनुसार विमानस्थललाई पूर्ण बनाउन अझै १२६ बिघा जमीन अतिक्रमण गर्नुपर्ने देखिएको उनी बताउँछन् । अहिले छ ठूला जहाज अटाउने पार्किङ–वे निर्माण भइरहेको छ । हाल दुईमात्रै ‘एटीआर ७२’ ठूला जहाज पार्किङ गर्न सकिन्छ ।

प्रमुख ठाकुरले भने, “अब छ जहाज थप गरी पार्किङ–वे निर्माणपछि आठ ठूला जहाज ल्यान्ड गर्न सहज हुनेछ, २०० मिटरको रनवे रहेको नेपालगञ्ज विमानस्थलमा गुरुयोजनाअनुरुप पश्चिमतर्फ थपेर विमानस्थलको रनवेलाई दुई हजार ६०० मिटरसम्म बढाउने तयारी भइरहेको छ ।” विमानस्थलको पार्किङ क्षेत्रमा मात्र रु २८ करोड लगानी हुँदैछ । नयाँ टर्मिनल बनाउँदा पश्चिमतर्फको डुडुवाखोला नै अर्कोतर्फ मोड्नुपर्ने अवस्था आउने प्राधिकरण प्रमुख ठाकुरले बताए ।

प्रकासित मिति

Loading...
Loading...

 

Loading...