Cp mainali kantipathनेपाल कम्युनिष्ट पार्टी (माले) का महासचिव सिपी मैनालीले सत्तासिन दल नेपाल कम्युनिष्ट पार्टीसँग एकता गर्न आफू तयार रहेको बताएका छन्। दाङमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा मैनालीले नेकपाले एकताको प्रस्ताव ल्याए आफू एकता गर्न तयार रहेको बताएका हुन् । “सबै कम्युनिष्ट पार्टीसँग एकताको हल्ला गर्ने तर हामीसँग अहिलेसम्म छलफलमा आएका छैनन्”,  “प्रस्ताव लिएर आए हामी कुरा गर्न तयार छौँ” उनले भने ।

नेपाल भारत सिमा बिबादको विषयमा सरकारले तत्काल ठोस पहल थाल्नु पर्ने मैनालीले बताए । लामो समयदेखि भारतले लिम्पियाधुरा, कालापानी, लिपुलेकमा आफ्ना सेना बसाएको भन्दै विगतका सरकार पनि यसमा गम्भीर नभएको बताए ।

गैरनेपालीको हातमा नेपाली नागरिकता पर्न नहुने बताउँदै उनले विदेशी ज्वाइँलाई नागरिकता दिन नहुने तर नेपाली बुबाको सन्तानलाई अङ्गीकृत नागरिकताको व्यवस्था गर्नुपर्ने पनि बताए ।

प्रकासित मिति

Loading...
Loading...

 

Loading...