annapurna add

seuva akkadशनिबार पोखराको एक कार्यक्रममा कांग्रेस सभापति शेरबहादुर देउवाले बोलेको विषयको नेकपाका नेताहरुले कडा आलोचना गरेका छन्। शनिबार देउवाले पोखराको चुनावी सभामा ओलीकै सहमतिमा भारतले नेपालको भूमि गाभेर नयाँ नक्शा सार्वजनिक गरेको आरोप लगाएका थिए ।

आइतबार नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले सभापति देउवाको अभिव्यक्ति निन्दनीय भएको भन्दै तिब्र बिरोध गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत् देउवाले दिएको अभिव्यक्तिको कडा शब्दमा खण्डन गरेका हुन् । श्रेष्ठले देउवाको टिप्पणी जति निन्दा गरे पनि कम हुने बताएका छन् ।

यता नेकपाका केन्द्रीय सदस्य एवं विदेश विभागका उपप्रमूख विष्णु रिजालले देशमा नाकाबन्दी हुँदा देउवा किन बोलेनन् भन्दै प्रश्न गरेका छन् । रिजालले देउवाले प्रधानमन्त्री ओलीको नक्कल गर्न खोजे पनि नक्कलका लागि अक्कल चाहिने भन्दै व्यङ्गसमेत गरेका छन्। रिजालले देउवालाई आफ्नो विगत सम्झन समेत सुझाब दिएका छन् ।

भारतले नेपालि भुमी कालापानी, लिम्पियाधुरा र लिपुलेकलाई समावेश गरी नयाँ नक्शा सार्वजनिक गरेपछि सरकारले सर्वदलीय बैठक बोलाएको थियो। बैठकमा प्रधानमन्त्री ओलीले नेपालले आफ्नो भूमि छोड्न नसक्ने भन्दै सरकारको कदममा साथ दिन सबैलाई आग्रह गरेका थिए ।

यता सरकार नै सीमा विवादमा गम्भिर भएर लागिरहेको बेला देउवा भने परिस्थिति भड्काउन उद्दत रहेको नेकपाका नेताहरुको बुझाइ छ ।

हेर्नुहोस नेता द्वय नारायणकाजी श्रेष्ठ र नेता विष्णु रिजालको भनाई

naryan bishnu tweet

प्रकासित मिति

Loading...
Loading...

 

Loading...

 

ताजा खबर