tealaya add

prachanda ilamइलाम २८ भदौ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाद प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार सञ्चालन गरुन्जेल आफु अध्यक्ष नै रहने वताएका छन् । आज बिहान इलाममा भएको पत्रकार सम्मेलनका क्रममा उनले सल्लाह, छलफल र सहमतीले नै पार्टी एकिकरण भएको भन्दै अव पनि सहमतीकै आधारमा आफु अध्यक्ष भएर नै पार्टी चलाउने वताएका हुन् ।

पत्रकारहरुको प्रश्नमा उनले सहमती अनुसार अघि वढ्ने वताए । ‘एक जनाले सरकार चलाउने र एक जनाले पार्टी चलाउने सहमती भएको छ ।’ उनले भने ‘सहमती भयो भने आधा आधा कार्यकाल बाँड्न सक्ने अन्यता यसै गरी पनि हामी अघि वढ्न सक्छौँ ।’ सरकारका काम अहालसम्म जे जसरी अघि वढेपनि अव सरकारका कामले गति लिने अध्यक्ष दाहालको भनाई छ । पार्टी एकिकरणको कामले गर्दा सरकारप्रति जनताको गुनाशो आउनु स्वभाविक भएको उल्लेख गर्दै उनले जनतालाई निराश नबन्न आग्रह गरे।

जति चाँडो पार्टी एकिकरण टुंगिने आशा गरिएको थियो त्यो अनुरुप नभएपनि अव पार्टी एकिकरणको काम अन्तिम चरणमा आएको उनको भनाई छ । करिव १५ महिनामा आउँदा इलामले प्रशंसा गर्ने गरि पार्टी एकिकरणलाई अगाडी बढाएकोमा गर्व गर्दै उनले अन्य जिल्लाहरुले पनि इलामको सिको सिक्न आग्रह गरे । फरक प्रशंगमा उनले सरकार प्रेसमैत्री भएको उल्लेख गर्दै प्रेशलाई अंकुश लगाउन हालको सरकार नलागेको धारणा राखे ।

उनले जनचाहाना र भावना अनुसार अघि वढ्ने सरकार कुनै पनि हालतमा प्रेश बिरोधि हुन नसक्ने वताए । पत्रकारहरुको जिज्ञाँसामा उनले अमेरिका र चिनका विषयमा आफुले दिएको अभिब्यक्ति प्रति कुनै देशका राजदुत मार्फत आधिकारिक पत्र र धारणा नआएको वताउँदै उनले परराष्ट्रनिति नेपालको छर्लंग भएको वताए । स्वतन्त्र विदेश निति भएको उल्लेख गर्दै उहाँले परराष्ट्र अव पनि स्वतन्त्र नै रहने वताए । नेपकाका अध्यक्ष दाहाल कार्यकर्ता प्रशिक्षण कार्यक्रमका लागि इलाम आएका हुन् ।

 

प्रकासित मिति

 
 
Loading...
Loading...
Loading...