1478958692 banner ad format

 
 

धुलिखेल । काभ्रेपलाञ्चोक, रोशी गाउँपालिका १२ नम्बर वडा भीमखोरीमा नेकपा माओवादी केन्द्रको समूह नै विजयी भएको छ ।

CPN Maoist group victorious

माओवादी केन्द्रबाट वडाध्यक्षका उम्मेदवार रामबहादुर मोक्तान ३४५ मत प्राप्त गरी विजयी भएको निर्वाचन अधिकृत गणेश आचार्यले जानकारी दिए ।

उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका बिलाराम मोक्तानले २०५ र नेकपा एमालेका लीलाराम मोक्तानले १०४ मत प्राप्त गरेका छन् । सो वडामा ७१७ मत खसेको थियो ।

त्यस्तै, सोही गाउँपालिकामा माओवादी केन्द्रबाट अध्यक्षका उम्मेदवारले २९०, कांग्रेसका उम्मेदवारले २५४ र एमालेका उम्मेदवारले १२५ मत प्राप्त गरेका छन् । अहिले सो गाउँपालिकाको वडा नम्बर–१० र ११ को मतगणना जारी छ ।

प्रकासित मिति

Loading...

 

yummyfood