annapurna add

cpn meeting

फाइल फोटो 

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज बस्ने भएको छ । शनिबार अपरान्ह प्रधानमन्त्री निवास बालुवाटारमा सचिवालय बैठक बस्ने श्रोतले जनाएको छ ।

के  छन् एजेन्डा ?

बैठकका मूख्य एजेण्डामा एमसीसी माथि छलफल हुने बताइएको छ । एमसीसीबारे अध्ययन गर्न बनाएको कार्यदलले शुक्रबार बुझाएको प्रतिवेदनमा एमसीसी सम्झौता परिमार्जन गरेर मात्र संसदबाट पारित हुनुपर्ने सुझाए अनुसार बैठकमा यसै विषयमा छलफल हुने बुझिएको छ ।

यद्यपी पार्टीभित्र तीव्र विवादको विषय बनेको एमसिसीबारे शनिबारको सचिवालय बैठकले निर्णय लिने नलिने भनेर केहि अनुमान गर्न नासकिने निकट श्रोतले बताएको छ ।

दुई अध्यक्षले खनाल कार्यदलको प्रतिवेदन अध्ययन गरी नसकेकाले ठोस निर्णय नलिए पनि यसबारेमा छलफल भने हुने भने पक्का छ ।

त्यस्तै  बैठकमा सञ्चारमन्त्री गोकुल बाँस्कोटाको विषय तथा सुशासनप्रति पार्टीभित्र देखिएको हलचलका  विषयमा छलफल हुने बुझिएको छ  ।

प्रकासित मिति

Loading...
Loading...

 

Loading...

 

ताजा खबर