annapurna add

dalit mrityuअन्तरजातीय प्रेम सम्बन्ध गाँसेर विवाहका लागि केटी लिन गएका जाजरकोटका १ युवाको हत्या भएपछि पश्चिम रुकुम चौरजहारी नगरपालिकाका–८ का वडा अध्यक्ष डम्बरबहादुर मल्ललाई प्रहरीले पक्राउ गरेको छ । विवाहका लागि प्रेमिका लिन गएका जाजरकोट भेरी नगरपालिका-४ का २१ वर्षीय नवराज विकको हत्यामा वडा अध्यक्षको संग्लनता भएको भन्दै प्रहरीले पक्राउ गरेको छ ।

वडाध्यक्ष मल्ल, केटीका बुवा वीरबहादुर मल्ल र आमा प्रकाशी मल्लसहित पाँचजनालाई नियन्त्रणमा लिइएको प्रहरी निरीक्षक धर्मसिंह विष्टले बताए । ‘घटनामा संलग्न अन्यलाई पनि नियन्त्रणमा लिने क्रम जारी छ’ उनले भने, ‘घटनाका वियषयमा थप अनुसन्धान भइरहेको छ ।’

भेरी नगरपालिका-४ राना गाउँका २१ वर्षीय नवराज विककी प्रेमिका रुकुम पश्चिमको चौरजहारी नगरपालिका-८ सोतीकी १७ वर्षीया सुष्मा मल्ललाई बेहुलीको रूपमा भित्र्याउन शनिबार १९ जना युवासहित गाउँ पुगेका थिए । वडाध्यक्ष वीरबहादुर मल्लसहित सोतीका गाउँलेहरूले आक्रमण गरेर नवराजको भेरी नदीमा खसालेर मृत्यु भएको र अन्य ६ जना बेपत्ता भएको छन् ।

 

 

प्रकासित मिति

Loading...
Loading...

 

Loading...