annapurna add

Dang Babaiतुलसीपुर । दाङ जिल्लाको बबई गाउँपालिकाको सरकारी गाडी कम्युनिस्ट जनप्रतिनिधिहरूले पिकनिक खान जाँदा दुरुपयोग गरेको तथ्य सार्वजनिक भएको छ । जनताको खुनपसिनाबाट संकलित करबाट खरिद गरिएको सरकारी गाडी सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सार्वजनिक विदाको दिनमा समेत दुरुपयोग गरेको हो । गाउँपालिकाका अध्यक्ष भुवनेश्वर पौडेलसहितका जनप्रतिनिधिहरूले पिकनिक खान जाने साधनको रुपमा दुरुपयोग गरेको प्रमाण फेला परेको छ । शनिबार गाउँपालिकाको वडा नम्बर ५ स्थित पुरन्धारा झरनामा वनभोज खान गाउँपालिकाका अध्यक्ष लगायतका जनप्रतिनिधि सरकारी गाडी लिएर गएका थिए । पिकनिक मदिरा पार्टीसहितको रहेको खुल्न आएको छ । वनभोज सकेर फर्किदै गरेको गाउँपालिकाका अध्यक्ष सवार गाडीले पैदल हिडिरहेकी बबई गाउँपालिका वडा नम्बर ५ जलुेकी निवासी देवीकला भण्डारीलाई ठक्कर दिएर घाइते समेत बनाएको छ । भण्डारीको दाहिने खुट्टामा गाडीको टायरले किचिदिएको छ । वनभोजपछि फर्किदै गर्दा रेडियो हापुरेका स्टेसन म्यानेजर अर्जुन परियाले चलाएको गाडीले आफूलाई ठक्कर दिएको भण्डारीले निवेदनमा उल्लेख गरेकी छन् ।

भण्डारीले प्रहरीलाई दिएको निवेदनमा पनि गाडी चालकले अत्यधिक मदिरा सेवन गरेको हुँदा उनले गाडी चलाउन नसकेपछि सञ्चारकर्मी परियारले गाडी चलाएको कुरा उल्लेख गरिएको छ । भण्डारी घाइते भएपछि उनीसंगै वनभोजमा गएकाहरूले गाउँपालिकाको रा १ झ १५० नम्वरको सरकारी गाडी तोडफोड गरिदिएका छन् । शनिवार बेलुका ४ बजेतिर पैदल हिडिरहेकी भण्डारीलाई गाडीले किचेपछि नजिकै पिकनिकमा खान गएकाहरूले गाडी तोडफोड गरेको प्रत्यक्षदर्शीले बताएका छन् । शनिबार नेपाली कांग्रेसका स्थानीय नेता कार्यकर्ता समेत छुट्टै पिकनिक खान गएको घटनाका एक प्रत्यक्षदर्शीले बताए । भण्डारी घाइते भएपछि नेपाली कांग्रेसका नेता कार्यकर्ता विरोधमा उत्रिएको तथा केहीले गाडीमा ढुङ्गा समेत हानेको उनले बताए । नेपाली कांग्रेसका नेताहरूले भने आक्रोशित स्थानीयले मात्रै गाडी तोडफोड गरेको दाबी गरेका छन् । त्यही क्रममा मातेका चालकले जसोतसो गाडी भगाउन खोज्दा गाडी फेरि अनियन्त्रित भएर अर्कौ कलभर्टमा ठोक्काएको छ । गाडीको अगाडि भागमा केही क्षति पुगेको अर्का एक प्रत्यक्षदर्शीले बताएका छन् । त्यसपछि लगतै त्यहाँ दुई गाडी सुरक्षाकर्मी पुगेर गाउँपालिकाको सरकारी गाडीलाई नियन्त्रणमा लिएका थिए । मदिरा सेवन गरेका भनिएका चालक भने फरार भएको र खोजी भइरहेको प्रहरीले बताएको छ । ईलाका प्रहरी कार्यालय पञ्चकुलेवाट प्रहरी पुगेर गाडी नियन्त्रणमा लिएको जिल्ला प्रहरी प्रवक्ता डीएसपी विनोदविक्रम शाहले जानकारी दिए ।

उनले कोही कसैलाई नियन्त्रणमा राखेको बारे केही जानकारी दिएनन् । घटनावारे आइतवार छलफल गरेर दोषीलाई कारवाही गर्ने डिएसपी शाहले व्यक्त गरेका छन् । घटनावारे बुझ्न खोज्दा गाउँपालिकाका अध्यक्ष भुवनेश्वर पौडेल भने सम्पर्कमा आउन चाहेनन् । घाइते महिला देवीकला भण्डारीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ ।

Dang BabaiNEWS

याे पनि पढ्नुहाेस् - सामुदायिक वनमा लागेको आगो नियन्त्रण गर्न खोज्दा जलेर १ जना १५ वर्षीय किशोरको मृत्यु भएको छ । मृत्यु हुनेमा जगन्नाथ गाउँपलिका १ ढाडाकोटका रति विक रहेको जगन्नाथ गाउँपालिकाका प्रवक्ता डबल विकले जानकारी दिए ।काउचा झुलाकाटिया सामुदायिक वनमा लागेको आगो नियन्त्रण गर्न खोज्दा लडेर आगोमा परेका थिए। उपचारका लागि कोल्टि प्राथामिक स्वास्थ्य केन्द्र कोल्टि पुर्‍याउँदा प्रथामिक स्वास्थ्य केन्द्रमै मृत्यु भएको विकले जानकारी दिए।शनिबार बिहानबाट सामुदायिक वनमा लागेको आगो नियन्त्रण गर्न स्थानीयसँगै उनी पनि गएका थिए।शनिबार साँझ ७ बजे मृत्यु भएको आफन्तले जानकारी दिए। शनिबार बिहानैदेखि सामुदायिक वनमा लागेको नियन्त्रणमा आएको छैन। 

याे पनि पढ्नुहाेस् - नेपाली बजारमा सुनको भाउ घटेको छ । आइतबार सुन तोलामा ५ सयले घटेर ७१ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी महासंघले जनाएको छ। तेजावी सुन तोलाको ७० हजार ९० रुपैयाँमा कारोबार भइरहेको छ । आज बजारमा चाँदी ८ सय ४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। शुक्रबार छापावाल सुन तोलाको ७१ हजार ७ सय र तेजावी सुन ७१ हजार ४ सय रुपैयाँमा कारोवार भएको थियो ।चाँदी भने ८५० रुपैयाँमा कारोबार भएको थियो।

प्रकासित मिति

Loading...
Loading...

 

Loading...