tealaya add

tika jamara

नेपाल पञ्चाङग निर्णायक समितिले यस वर्षको बडा दशैंको टीकाको साइत सार्वजनिक गरेको छ ।  असोज २१ गते मंगलबार बिहान १० बजेर ३५ मिनेट टीकाको साईत उत्तम रहेको समितिले जनाएको छ ।

यद्यपी साइत कुर्नु नपर्ने र दिनभर नै टीका लगाउन सकिने बताइएको छ ।

यस वर्षको घटस्थापना असोज १२ गते परेको छ । असोज १२ गते आइतबार बिहान १० बजेर ३५ मिनेटमा घटस्थापनाको साइत रहेको छ ।


यस्तै टीका अघि गरिने देवी विर्सजनको शुभ साइत असोज २१ गते मंगलबार बिहानै ८ बजेर ४५ मिनेटमा रहेको समितिले जानकारी दिएकाे छ ।

यसैगरी असोज १६ गते पचली भैरव यात्रा र १८ गते शनिबार फूलपातिको दिन तुलजा भवानी यात्रा बिहान ८ बजेर ५२ मिनेटमा उत्तम साइत रहेको छ ।

प्रकासित मिति

Loading...
Loading...

 

Loading...

ताजा खबर