annapurna add

त्रिभुवन विश्वबिद्यालय र नेपाल ल क्याम्पसले गोरखापत्रमा सूचना निकालेर नेपाल प्रहरीका एक डिएसपीको जन्ममिति सच्याएको छ ।
डिएसपी रमेश बहादुर सिंहको जन्ममिति पत्रिकामै निकालेर सच्याएको हो ।

nepal policEDSPNEWSशंका लागेर छानबिन गर्दा झुक्याएको पाइएपछि सच्याइएको त्रिविको परीक्षा नियन्त्रण कार्यालय र ल क्याम्पसले जनाएको छ । पत्रिकामै सूचना निकालेर जन्ममिति सच्याउनुको पछाडी ठूलो रहस्य रहेको छ ।

डिएसपी सिंहको वास्तविक जन्ममिति २०३२/ १०/ १२ भएकोमा २०३३/ १० /१२ जन्ममिति राखेर जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट अर्काे नागरिकता निकालेका थिए

नेपाल प्रहरीको इन्सपेक्टरमा भर्ना हुने उमेर नाघिसकेकाले उनले त्यसरी चलखेलका आधारमा जन्ममिति सच्याएर नागरिकता लिएको र त्यही आधारमा शैक्षिक प्रमाणपत्रको प्रतिलिपिहरु लिएको छानबिनमा खुलेको छ ।

त्रिविलाई समेत झुक्याएर शैक्षिक प्रमाणपत्रमा नयाँ जन्म मिति राखेको खुलेपछि अहिले पत्रिकामा सूचना निकालिएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गर्दा यस्तो बदमासी खुलेको हो ।

त्रिवि र नेपाल ल क्याम्पसका प्रतिनिधि समेत त्यसरी उमेर सच्याइएको घटनामा फस्ने देखेपछि उनीहरुले पत्रिकामा सूचना निकालेर जन्ममिति सच्याई आफ्नो जागिर जोगाएका छन् ।

तर, डिएसपी सिंहलाई भने जागिर जोगाउन कठिन हुने देखिएको छ । अख्तियारले उनीसहित उनलाई   साथविरुद्ध मुद्दा दायर गर्न लागेको छ ।

सुरुमा बझाङबाट २०३२/१०/ १२ जन्ममिति राखी सुरुमा नागरिकता लिएका थिए । २०५८ सालमा इन्सपेक्टरमा फर्म पर्दा उमेर २६ वर्ष हुने भएपछि सच्याएर अर्काे नागरिकता बनाइएको थियो ।

त्यतीबेला उनलाई सघाउने जिल्ला प्रशासन कार्यालय काठमाडौंका कर्मचारी र बझाङको एक स्कुलमा प्रधानाध्यापकविरुद्ध मुद्दा दायर गर्न लागिएको अख्तियार स्रोत बताउँछ ।

डिएसपी सिंह यसअघि घुसकाण्डमा परेकोमा अदालतबाट सफाई पाएका थिए ।

पछि सर्वेन्द्र खनाल आईजिपी भएपछि उनलाई बढुवा गरी बौद्ध वृत्तको जिम्मेवारी दिएका थिए ।

tulaw

प्रकासित मिति

Loading...
Loading...

 

Loading...

 

ताजा समाचार