1478958692 banner ad format

 
 

वीरगन्ज । पर्साको पटेर्वासुगौली गाउँपालिकामा एक बालिका आफ्नै छिमेकीबाट बलात्कृत भएकी छिन्। पटेर्वासुगौली गाउँपालिका ३ शंकर सरैयाको सखुवनीया गाउँकी १४ वर्षीया बालिकालाई उनकै छिमेकी ३५ वर्षीया दयानन्द राउत थारुले बलात्कार गरेका हुन् ।

rape

थारुले बालिकालाई गत बिहीबार राति बलात्कार गरेको भए पनि घटना शनिबार मात्र सार्वजनिक भएको हो। गत बिहीबार बालिकाकी आमा भारतको धनकुटुवामा रहेको माइती घरमा गएपछि घरमा बालिका र पाँच वर्षीय भाइ मात्र थिए। उनका बुबाको चार वर्ष पहिले नै निधन भइसकेको छ।

बिहीबार राति घरमै सुतेका बेला टाटी फोडेर घर भित्र पसेका थारुले मुख थुनेर जबरजस्ती करणी गरेको पीडित बालिकाले बताएकी छिन् ।

जबरजस्ती गरेपछि थारु घरबाट निस्किएर गएको उनले बताइन्। बिहीबार राति बालिकासंगै घरमा रहेका उनका पाँच वर्षीय भाइले भने आफ्नी दिदीलाई थारुले जबरजस्ती गरेपछि आफूले होहल्ला गरेको तर रातिको समयमा छिमेकीले नसुन्दा थारु भागेको बताए।

घटना बिहीबार राति भएको भए पनि घरमा अरु कोही नभएकाले पीडित बालिकाले घटना कसैलाई भनेकी थिइनन्। माइत गएकी आमा शनिबार मात्र घर र्फिर्कएकाले बालिकाले घटना बारे आमालाई बताएपछि उक्त घटना शनिबार सार्वजनिक भएको हो ।

पीडित बालिकाले जबरजस्ती करणीको घटना बारे आमालाई बताएपछि आमा छोरी दुवैले शनिबार प्रहरी चौकी शंकर सरैयामा उजुरी दिएलगत्तै प्रहरीले आरोपित थारुलाई उनको घरबाट पक्राउ गरेको छ ।

पीडित बालिकालाई स्वास्थ्य परीक्षणका लागि नारायणी उपक्षेत्रीय अस्पताल वीरगन्जमा पठाइएको र आरोपित थारुलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर अनुसन्धान भइरहेको पर्साका प्रहरी नायब उपरीक्षक चक्रराज जोशीले जानकारी दिए। आजको अन्नपूर्ण पोस्ट् दैनिकमा समाचार छ । 

प्रकासित मिति

Loading...

 

yummyfood