1478958692 banner ad format

 
 
काठमाडौं । मानव अधिकारवादी एवं वरिष्ठ वामपन्थी नेता पद्मरत्न तुलाधरको निधन भएको छ । थापाथलीस्थित नर्भिक अस्पतालमा उनको निधन भएको हो ।
अस्पताल स्रोतले आईतबार दिउसो उनको निधन भएको बतायो ।
 
स्वास्थ्यमा समस्या आएपछि कात्तिक ९ गते साँझ माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा उनलाई भर्ना गरिएको थियो । चिकित्सकहरुका अनुसार तुलाधरलाई मस्तिष्कघात भएपछि अस्पताल लगिएको हो ।
 
पारिवारिक स्रोतका अनुसार तुलाधरको शव अस्पतालबाट निजी निवास लैजान लागिएको छ ।
 

प्रकासित मिति

Loading...

 

yummyfood