annapurna add

corona Update kntpthगैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण विश्वका विभिन्न देशमा रहेका ११७ जना नेपालीको ज्यान गएको छ । एनआरएनएले संकलन गरेको तथ्यांकअनुसार यो हप्ता थप २१ जना नेपालीले कोरोनाका कारण ज्यान गुमाएसँगै शनिबारसम्म ज्यान गुमाउनेको संख्या ११७ पुगेको हो ।

यो हप्ता युएईमा ९, साउदी अरेबियामा ५, बेलायतमा २, नेपालमा २, अमेरिकामा १, कतारमा १ र कुवेतमा १ जना नेपालीको ज्यान गएको हो । एनआरएनए अनुसार सबैभन्दा बढी बेलायतमा ६५ जना गैरआवासीय नेपालीको मृत्यु भएको छ । यस्तै संयुक्त अरब इमिरेट्समा १८ जना नेपालीले ज्यान गुमाएका छन् ।

अमेरिकामा ज्यान गुमाउने नेपालीको संख्या १६ पुगेको छ । साउदी अरेबियामा ७, नेपालमा ३, कतारमा १, आयरल्याण्डमा १, जापानमा १, टर्कीमा १, नेदरल्याण्डमा १, बहराइनमा १, स्वीडेनमा १, कतारमा १ र कुवेतमा १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ९५ पुरुष र १९ जना महिला रहेको स्वास्थ्य समितिले जनाएको छ ।

Mapnepal corona

प्रकासित मिति

Loading...
Loading...

 

Loading...