annapurna add

alam deepरौतहट राजापुर नरसंहार काण्डका मुख्य आरोपी मोहमद अफताब आलमलाई जोगाउन तत्कालिन अख्तियार दुरुपयोग आयोगका आयुक्त दीप बस्न्यातले महत्वपूर्ण भूमिका निर्वाह गरेको रहस्य खुलेको छ । बस्न्यातले २०७४ भदौ १ गतेको निर्णयबाट आलमलाई उन्मुक्ति दिन गरेको निर्णय अहिले खुलेको हो । अख्तियारको अनुसन्धानको दायरामा रहेका आलमको फाईल तामेलीमा राखेर आलमलाई जोगाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको तथ्य अहिले सार्वजनिक भएको छ । यद्यपी रौटहट नरसंहारका मुख्य नाईके आलम १२ वर्षपछि अहिले कारबारमा थुनामा रहेका छन् ।

यसरी पैसा र पहुँचवालाहरुको अनुसन्धानको फाइल अख्तियारमा तामेलीमा राखिने गरिएको घटना नयाँ होइनन् । तर यो प्रक्रियाले दीप बस्न्यातको पालामा भने उचाइ नै ग्रहण गर्यो । पदभार ग्रहण गर्ने बित्तिकै निकै क्रियाशील रहेका बस्न्यातले अख्तियारमा फाइल लुकाउने र अनुसनधान प्रक्रियालाई तामेलीमा राख्ने कामलार्ई तिब्रता दिए । तामेलीमा राखिएका अनुसन्धान प्रक्रिया प्रायः पहुँचवालाको रहने गरेका छन् । एकताका चर्चित तत्कालीन सचिवहरू शान्तबहादुर श्रेष्ठ, गजेन्द्र ठाकुर, शम्भु कोइराला, सांसद इच्छाराज तामाङ, त्रिभुवन विश्वविद्यालयका उपकुलपति हिराबहादुर महर्जनलगायतको अनुसन्धानका मुद्दाहरु उनैले तामेलीमा राखेका थिए ।

आलमको जिल्लास्थित इँटाभट्टामा कुकर बम, के अर्को नरसंहारको तयारी हुदैछ ?

स्रोतले बताएअनुसार अख्तियारले भ्रष्टाचार बढी हुने गरेको भनेर छड्के आँखा लगाएको राजस्व, भन्सार र सडक कार्यालयका कर्मचारीलाई छानबिन गर्ने भनी १३ पाने सम्पत्ति विवरण भराउने गर्दछ । तर यो विवरण भरेको केही दिनमै बस्न्यातको घरमा कर्मचारीको दर्शनभेट नै चल्ने गर्दथ्यो । कर्मचारीहरु आएर नजराना चढाएपछि यता कार्यालयमा दिनरात अनुसन्धान कार्यमा डटिरहेका कर्मचारीको हातबाट फाइल तानेर बस्न्यातले फाइल नै गायब परिदिन्थे । अनुसन्धानमा रातदिन लागि परेका कर्मचारीका अगाडि बस्न्यात निकै अन्तर्यामी झैं भएर भन्ने गर्दथे– ‘यसको केही भेटिएलाजस्तो छैन ।’

भेटिने कुरा सबै बस्न्यातकै घरमा भैसकेका हुनाले फाइलमा नभेटिने भैसकेको हुन्थ्यो । अनि एक्कासी तामेलीमा राख्नका लागि रायसुझाव आइहाल्थ्यो । उनका पालामा आयल निगमका पूर्वकार्यकारी निर्देशक गोपाल खड्काको मुद्दा यसैगरी तामेलीमा थियो । बस्न्यातले अवकाश पाएपछि बल्ल खड्कामाथि मुद्दा चलाइएको थियो ।

प्रकासित मिति

Loading...
Loading...

 

Loading...