1478958692 banner ad format

 
 

काठमाडौँ - प्रधानमन्त्री शेर बहादुर देउवा ५९ सदस्यीय उच्चस्तरीय टोलीको नेतृत्त्व गर्दै भारत प्रस्थान गरेका छन। प्रधानमन्त्री भएयता पहिलोपटक उनी भारत जान लागेका हुन् ।

deuba

भारत भ्रमणका क्रममा प्रधानमन्त्री देउवाले उच्चस्तरीय राजनीतिक भेटघाट गर्ने जनाइएको छ। नेपाल-भारतबीच आधा दर्जनभन्दा बढी समझदारीपत्रमा हस्ताक्षरको तयारी भएको छ। प्रधानमन्त्री देउवाको भारत भ्रमणको क्रममा मुख्यत: चार बिषयमा समझदारीपत्रमा हस्ताक्षर हुने बताइएको छ। 

पहिलो,नेपालको पुनर्निर्माणका लागि भारतले प्रतिबद्धता जनाएको २५० मिलियन अमेरिकी डलर अनुदान सहयोग परिचालनका लागि चारवटा विधामा भिन्दाभिन्दै समझदारीपत्रमा हस्ताक्षर हुनेछ ।

जसअनुसार ५० मिलियन स्वास्थ्य क्षेत्रमा, ५० मिलियन सांस्कृतिक सम्पदा, ५० मिलियन शिक्षा क्षेत्रमा र एक सय मिलियन भूकम्पपीडितका लागि घर निर्माणमा खर्च हुनेछ ।

दोस्रो, नेपाल र भारतका गुणस्तर तथा नापतौल निकायबीच वस्तुको गुणस्तरलाई एकअर्काले मान्यता दिनेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर हुनेछ ।

तेस्रो, एसियाली विकास बैंकको सहयोगमा सासेक कार्यक्रमअन्तर्गत मेची नदीमा बनाइने पुलका लागि समझदारीपत्रमा हस्ताक्षर हुने भएको छ । 

चौथो,भारतले पशुपति क्षेत्रको पुनर्निर्माणका लागि सहयोग गर्नेसम्बन्धी समझदारीपत्रमा पनि हस्ताक्षर हुनेछ ।  

त्यस्तै प्रधानमन्त्री देउवाको भारत भ्रमणको क्रममा कालापानी, सुस्ता लगायत सिमा विवादका बारेमा कुरा उठाइने भएको छ। पुनर्निमाण सहित सात वटा सम्झौता गर्ने सरकारको तयारी गरिएको छ। 

प्रकासित मिति

Loading...

 

yummyfood