1478958692 banner ad format

 
 

धादिङ। दक्षिणी धादिङको धुनिबेसी नगरपालिका वडा नम्बर–५ मा रहेको टाटा इँटाभट्टामा काम गर्ने एक मजदुरको बुधबार भूकम्पको धक्काले इँट्टा खसेर मृत्यु भएको छ ।

dhading min

इँटाभट्टामा पोलेको इँटा मिलाउँदै गर्दा भूकम्पको धक्कापछि इँटाले लागेर भारत, दरबंगा निवासी मजदुर ३५ वर्षीय रिजन सदाइको घटनास्थलमै मृत्यु भएको हो भने उनका छोरा १० वर्षीय दलम सदाई घाइते भएको इलाका प्रहरी कार्यालय खानीखोलाले जनाएको छ ।

घाइतेलाई उपचारका लागि काठमाडौंको ट्रमा सेन्टरमा लगिएको छ भने मृतकलाई शव परीक्षणका लागि पठाइएको छ ।

बुधबार बिहान १० बजेर २५ मिनेटमा मकवानपुरको चित्लाङमा केन्द्रबिन्दू बनाइ ३.२ म्याग्निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको छ ।

प्रकासित मिति

Loading...

 

yummyfood