tealaya add

mdv kantipathnews

कैलालीको चुरे गाउँपालिकाका भानसिंह धामीले प्रहरीले आफ्नो जनै र टुप्पी काटी दिएको भन्दै प्रहरी विरुद्ध राष्ट्रिय मानव अधिकार आयोग र जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका छन् ।

सोमबार धनगढीमा पत्रकार सम्मेलन गर्दै भानसिंह धामीले प्रहरीले आफ्नो जनै र टुप्पी काटेर धार्मिक स्वतन्त्रता हनन् गरेको भन्दै उजुरी हालेको बताए।

tuppi kantipathnews

कैलालीको चुरे गाउँपकालिका–६ फल्टुडे बस्ने धामीलाई रक्सी खाएर होहल्ला गरेको आरोपमा इलाका प्रहरी कार्यालय फल्टुडेले साउन २० पक्राउ गरेको थियो। पक्राउपछि इप्रकाका इन्चार्ज प्रहरी निरीक्षक माधव बि.सीले आफ्नो टुप्पी र जनै काट्न लगाएको धामीले बताए।


धामीले सोमबार नै जिल्ला प्रशासन कार्यालय र राष्ट्रिय मानव अधिकार आयोगको क्षेत्रीय कार्यालय धनगढीमा प्रहरीले आफ्नो धार्मीक स्वतन्त्रता हनन् गरेको भन्दै उजुरी समेत दर्ता गराएका छन्।

प्रकासित मिति

 
 
Loading...
Loading...