annapurna add

dhanusa explosion nepal police Amirkumar Dahal Ganga Pantaकाठमाडौं। धनुषाको क्षिरेश्वरनाथमा भएको बम बिस्फोटमा घाइते भई उपचारको क्रममा रहेका आफ्ना सहकर्मी प्रहरी अधिकृतले ज्यान गुमाएपछी नेपाल प्रहरीको इन्टरपोल शाखामा कार्यरत प्रहरी उपरीक्षक (एसपी) गङ्गा पन्तले आफ्नो फेसबुकमा भावुक स्ट्याटस लेख्दै पीडा पोखेकी छन्।

शुक्रबार राती धनुषाको क्षिरेश्वरनाथमा भएको बम बिस्फोटमा घाइते भई बिपि कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा उपचार गराइरहेका प्रहरी निरीक्षक (इन्स्पेक्टर) अमीरकुमार दाहालको मृत्यु भएको थियो।

स्टाटस

'प्रहरी सेवा प्रवेश गर्दा नै हामीले देश र जनताको निम्ति आवश्यक पर्दा जिवन त्याग्न तयार रहने प्रण गरेको हुन्छौ। तर पनि मृत्यु सबैलाई दुख्छ र दुख्छ हामीलाई पनि । झन कर्तब्य पालना गर्दागर्दै कसैको निशानामा परि कोहिपनि प्रहरीले जिवन गुमाउनु पर्दाको पिडा अक्षरबाट ब्यक्त गर्न सकिदैन। यद्धपि प्रहरीलाई आक्रोशित हुने छुट हुदैन, संयम गुमाउने छुट हुदैन र सम्हालिएर कर्तब्यमा अगाडि बढ्नु नै पर्छ । कसैको मृत्युमा आफनो सफलता खोज्ने कायरहरुलाई ढिलो चाँडो कठघरमा ल्याएर नै सहादत पाउने सहकर्मीको आत्मालाई शान्ति दिनु पर्छ। धनुषामा भएको विस्फोटमा परेर जीवन गुमाउनु भएका प्रहरी निरीक्षक अमीर दाहाल एवं अन्य मृतकहरुको सम्पूर्ण परिवारप्रति हार्दिक समवेदना व्यक्त गर्दै मृत आत्माको चिर शान्तिको कामना अनि घाइतेहरुको शिघ्र स्वास्थ्यलाभको शुभकामना।'

Ganga panta

धनुषा बम विस्फोट अपडेट : नेकपा विप्लवका ३ जना पक्राउ

प्रहरीसहित तिन जनाको मृत्यु भएपछि बिस्फोट घटनामा संलग्न रहेको आरोपमा धनुषा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा प्रतिबन्धित नेकपा विप्लवका ३ स्थानीय नेता रहेका छन् । २ महिला सहित ३ जनालाई पक्राउ गरिएकोको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक (डीएसपी) रामेश्वर कार्कीले जानकारी दिए ।

पक्राउ पर्नेमा विप्लव समूहका प्रदेश नम्बर २ संयोजक ५१ वर्षिय सीतादेवि महरा, केन्द्रीय सदस्य ४१ वर्षिय ललिता महरा र रामसोभित गाहा रहेका छन् ।

३ जनालाई पक्राउ गरी अनुसन्धान थालिएको प्रहरी कार्कीले बताए ।

महेन्द्रनगरपछि सिरहामा फेरी शक्तिशाली बम बिस्फोट, स्थानीय त्रसति , के छ अवस्था ?

सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका कार्यालयमा गएराति शक्तिशाली विष्फोट भएको छ ।  

गएराति कार्यालयको माथिल्लो कोठामा अज्ञात समूहले बम विस्फोट गराएको हो विस्फोटबाट कार्यालयको झ्याल, ढोकामा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

घटनामा संग्लनता भएको आशंकामा एक जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको छ ।

धनुषामा शक्तिशाली विष्फोट, घाइते इन्सपेक्टर दाहालको मृत्यु

धनुषाको छिरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगर बजार नजिक बम विष्फोट हुँदा घाइते भएका प्रहरी निरीक्षक (इन्सपेक्टर) अमिर कुमार दाहालको पनि मृत्यु भएको छ ।

कोखामा छर्रा लागेर गम्भीर घाइते भएका दाहालको मृत्यु अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

महेन्द्रनगर बजारबाट उत्तरपूर्वतर्फ पर्ने कुचाइ टोलमा राजेश साहको घर बाहिर पोलमा राखिएको बम गएराति विष्फोट हुँदा राजेश र उनको छोरा आनन्दको मृत्यु भएको थियो ।

सो घटनामा प्रहरी निरीक्षक दाहाल र प्रहरी जवान रिजनाथ कुमार महतो घाइते भएका थिए । दाहाललाई शनिबार बिहान ६ः४० मा डाक्टरहरुले मृत घोषणा गरेका हुन् ।

महेन्द्रनगरमा शक्तिशाली विष्फोट, २ को मृत्यु, प्रहरीसहित ४ घाइते

धनुषाको छिरेश्वरनाथ नगरपालिका-५ महेन्द्रनगर बजार नजिक शक्तिशाली बम विष्फोट हुँदा एकै परिवारका २ जनाको मृत्यु भएको छ । घटनामा प्रहरी निरीक्षकसहित चार जना घाइते भएका छन् ।

महेन्द्रनगर बजारबाट उत्तरपूर्वतर्फ पर्ने कुचाइ टोलमा राजेश साहको घर बाहिरको पोलमा राखिएको गएराति सवा १२ बजेतिर बम विष्फोट भएको हो ।

सो विष्फोटबाट अन्दाजी ४५ वर्षीय राजेश साह र उनको अन्दाजी २५ वर्षीय छोरा आनन्दको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलले जानकारी दिए ।

विस्फोटमा परी प्रहरी निरीक्षक अमिर दाहाल र प्रहरी जवान रिजन महतो, मृतक घरमुली राजेश्वर साहका अर्का छोरा प्रकाश र छोरी अञ्जली गम्भीर घाइते भएका छन्। जनकपुर प्रादेशिक अस्पतालमा उपचार सम्भव नभएपछि उनीहरुलाई धरान लगिएको छ।

उनीहरुलाई जनकपुर प्रादेशिक अस्पतालमा प्रारम्भिक उपचार गरेर थप उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पठाइएको छ । चारै जनाको अवस्था गम्भीर छ ।

राजेश साहको घर बाहिरको पोलमा शंकास्पद वस्तु रहेको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट प्रहरी निरीक्षक अमिर कुमार दाहाल नेतृत्वको टोली खटिएको थियो । त्यहाँ जम्मा भएको भिड हटाउँदै गर्दा बम विष्फोट भएको थियो ।

विष्फोटका कारण प्रहरी निरीक्षक दाहाल र प्रहरी जवान महतोको बायाँ कोखमा छर्रा लागेको छ । बम विष्फोट कसले गरायो भन्ने खुलेको छैन ।

शनिबार बिहानसम्म घटनाको जिम्मा पनि कसैले लिएको छैन ।

अनुसन्धानका लागि विशेष तालिमप्राप्त कुकुरसहितको प्रहरी टोली घटनास्थलमा परिचालन गरिएको छ ।

प्रकासित मिति

Loading...
Loading...

 

Loading...

 

ताजा खबर