US Embassy in Maharajgunj nepalकाठमाडौं : शसस्त्र प्रहरीका डीआईजी प्रविण श्रेष्ठलाई शसस्त्र मुख्यालयले कारबाही स्वरुप सचेत गराएको छ । शसस्त्र प्रहरीको कमाण्ड एण्ड स्टाफ कलेजमा प्रमुखका रुपमा कार्यरत डीआईजी श्रेष्ठ जागिर खान गएको ६ गते महाराजगन्जस्थित अमेरिकी राजदुतावासमा छिरेको कुरा बाहिर आएपछि शसस्त्र मुख्यालयभित्र खैलाबैला नै मच्चिएको थियो । शसस्त्र मुख्यालयले छानविन गरेर टुङ्ग्याएको बताइन्छ । जसअनुसार डीआईजी श्रेष्ठलाई पदीय अनुशासन विपरीतको काम गरेको भन्दै सशस्त्र प्रहरी मुख्यालयले विभागीय कारबाहीस्वरूप सचेत गराएको हो । मुख्यालयको निगरानीमा परेपछि डीआईजी श्रेष्ठको जागिर धरापमा पर्न थालेको पनि चर्चा हुन थालेको छ । शसस्त्र डीआईजी श्रेष्ठ माथिल्लो निकायलाई जानकारी नगराई जागिरका लागि दुतावास पुगेको आरोपमा छानविनको दायरामा परेका थिए । सरकारी गाडीमा चढेर उनी दूतावास छिरेका थिए । त्यहाँ उनले करिब १ घण्टा समय बिताएको बताइन्छ । श्रेष्ठलाई पदीय आचरण अनुरुप काम नगरेको भन्दै उनको चर्को विरोध भएपछि उनलाई स्पष्टिकरण सोधिएको शसस्त्र मुख्यालयले बताएको छ । शसस्त्र प्रहरी प्रवक्ता सुरज श्रेष्ठले विदेशी नियोगमा जाँदा अनुमति लिनुपर्ने र नलिए कारबाही हुने व्यवस्थाअनुसार नै डीआईजी श्रेष्ठलाई सचेत गराएको बताए ।

परराष्ट्र मन्त्रालयले बनाएको कूटनीतिक आचारसंहिता, २०६८ को दफा १० (२१) मा सार्वजनिक ओहोदामा रहेको व्यक्तिले औपचारिक कार्यक्रम वा विधिगत स्वीकार गरिएको निमन्त्रणाबाहेक नेपालस्थित कूटनीतिक नियोग वा निवासमा प्रवेश गर्न नहुने उल्लेख छ । अनुमति लिएर गए पनि त्यसबारे परराष्ट्र मन्त्रालयलाई समेत जानकारी गराउनुपर्ने आचारसंहितामा उल्लेख छ । तर, औपचारिक कार्यक्रम र निमन्त्रणामा जान पाउने व्यवस्था आचारसंहितामा उल्लेख छ ।

प्रकासित मिति

Loading...
Loading...

 

Loading...