annapurna add

dhiraj

राष्ट्रिय मानव अधिकार आयोगले गरेको छानबिनमा केही प्रहरीको जागिर नै धरापमा पर्न सक्ने देखिएको छ । डिआईजीसम्मको जागिर धरापमा पर्ने भएपछि छानबिन प्रतिवेदन नै गोप्य राख्ने चलखेल भइरहेको छ ।

सर्वाेच्च अदालतका पूर्व न्यायाधीश ताहिर अली अन्सारीको नेतृत्वमा भएको छानबिनमा डिआईजीसम्मका प्रहरीमाथि कारबाही सिफारिस भएको छ । प्रदेश नम्बर २ को प्रहरी प्रमुख डिआईजी धिरजप्रताप सिंहलाई कारबाहीको सिफारिस भएको स्रोत बताउँछ । उनी महानगरीय अपराध महाशाखामा कार्यरत रहँदा भक्तपुरमा दुई युवकको इन्काउन्टर भएको थियो । बालक निशान थापाको अपहरणपछि हत्यामा संलग्नहरुलाई प्रहरीले पक्राउ गरी सूर्यविनायकको जंगलमा लगेर गोली हानी हत्या गरेको थियो । सिंहसहित त्यो घटनामा संलग्न प्रहरीमाथि कारबाहीको सिफारिस भएको छ।

चरी, घैैंटे इन्काउन्टरमा संलग्न प्रहरीको पनि छानबिन भएको छ । सर्लाहीका कुमार पौडेलको इन्काउन्टरमा त यसअघि नै आयोगले निर्णय गरिसकेको छ । कारबाहीका लागि सिफारिस भएका प्रहरी अधिकारीले समेत रिपोर्ट कार्यान्वायन नगर्न चलखेल जारी राखेका छन् । मानवअधिकार आयोग जस्तो संवैधानिक आयोगभित्र भएको यस्तो चलखेल देखेर कर्मचारीहरु नै चकित बनेका छन् । 

प्रकासित मिति

Loading...