Dignified menstureकाठमाडौं– विश्वमै पहिलो पटक मर्यादित महिनावारी दिवस मनाइएको छ । लैङ्गिक हिंसाविरुद्धको १६दिने अभियानको अवसर पारेर डिसेम्बर ८ लाई मर्यादित महिनावारी दिवसको रुपमा मनाउन थालिएको हो । राधा पौडेल फाउण्डेसनको अग्रसरतामा मनाइएको दिवसको अवसरमा माइतीघर मण्डलामा भेला भएका अभियन्ता तथा सर्वसाधारणले मर्यादित महिनावारीबारे कविता वाचन तथा आफ्नो भनाइ राखेका थिए । स्कुल तथा कलेजस्तरबाट महिनावारीबारे जनचेतना जगाउँदै आएको फाउण्डेसनले आज (डिसेम्बर ८)का दिन विशेष कार्यक्रमको आयोजना गरी मर्यादित महिनावारी दिवस मनाएको हो । राधा पौडेल फाउण्डेसनकी अध्यक्ष तथा मर्यादित महिनावारीकी अभियन्ता राधा पौडेलले छोरीहरु महिनावारी हुनुपूर्व मानसिक रुपमा अछुतो हुँदैछु भन्ने मानसिकताबाट गुज्रिनु पर्ने भएकाले उनीहरुको जीवन डरत्रासबाटै वित्ने गरेको बताइन् ।

समाजले छोरीहरुलाई सानैबाट सवैकुरा सहनुपर्छ भन्दै मानसिक रुपमा तयार पार्दै आउने तर छोराहरुलाई भने उनीहरुलाई सर्वेसर्वा बनाइदिने हुँदा मानसिक रुपमा पूरषहरुमा अहम्ता र पुरुषत्तोको भावनाको विकास हुने पौडेलले बताइन् । यसको असर पुरुषहरुले आफूहरुलाई समाजको माथिल्ले दर्जाको मानवको रुपमा उभ्याउन पुग्छ र महिलामाथि विभिन्न हिंसा गर्न पुग्छ । यस्तो सामाजिक परिपाटीकै कारण हिंसा र बलात्कार जस्ता जघन्य अपराध हुने गरेको पौडेलको तर्क छ । लैङ्गिक हिंसाको जड नै समाज भएकाले समाज परिवर्तनका लागि यस्ता दिवस आवश्यक भएको उनको तर्क छ ।

Dignified menstureNEWS

त्यसैगरी, अभियन्ता अनुपा रेग्मीले लैंङ्गिकतामा आधारित हिंसाविरुद्धको अभियान मनाइरहँदा लैङ्गिकतामा आधारित हिंसाको मूल कारणको बारेमा बहस वार्ता, छलफल हुनु जरुरी ठानेर यो दिवस मनाउन सुरु गरेको बताइन् । रोग्मीले महिनावारीलाई मानवअधिकारको साझा सवालसँग जोडेर सरोकारवालालाई महिनावारी केन्द्रमा राखेर काम गर्न झकझक्याउनकै लागि दिवस मानाएको बताइन् । महिनावारीले उत्पन्न गर्ने सवैखाले हिंसा रोकथाम गर्न महिनावारीका बारेमा खुलेर बहस हुनु जरुरी भएको उनको तर्क छ । महिनावारी सामान्य शारीरिक अवस्था भएकाले यसलाई स्वस्थ्यसँग जोडेर हेर्नुपर्ने अभियन्ताहरुको भनाई छ । माइतीघर मण्डलामा भेला भएका अभियन्ता तथा सर्वसाधारणले मर्यादित महिनावारीबारे कविता वाचन तथा आफ्नो भनाइ राखेका थिए । सँगै उनीहरुले मण्डलाबाटै मर्यादित महिनावारी लेखिएको सुन्तला रङको ब्यानर र बलुन पनि उडाएका थिए । सुन्तला रङ हिंसा विरुद्धको विश्वव्यापी अभियान (अरेन्ज दि वल्र्ड) को सिम्बोल पनि हो । त्यसैले, उक्त रंगको व्यानर उडाएर यो दिवसको संकेत गरिएको हो ।

 

मर्यादित महिनावारी दिवसलाई राष्ट्रियस्तरमै मनाइनुपर्छ: मन्त्री गुरुङ

Dignified mensture KANTIPATHNEWS

महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री पार्वत गुरुङले मर्यादिन महिनावारी दिवसलाई निरन्तरता दिनको लागि सरकारले पहल गर्ने बताएका छन् । प्रदेश नम्बर ३ ले आयोजना गरेको ‘लैङ्गिक हिंसा विरुद्धको वर्ष अभियान २०७६/७७’ अन्तरगत लैङ्गिक हिंसा अन्त्यका लागि सरोकारवाला निकायको जिम्मेवारी, भूमिका र प्रतिवद्धता विषयक प्रदेशस्तरीय अभियानमा बोल्दै मन्त्री गुरुङले डिसेम्बर ८लाई मर्यादित महिनावारी दिवसको रुपमा स्थापित गर्नकै लागि राष्ट्रसंघमा पहल गर्ने प्रतिवद्धता जनाए । आगामी वर्षबाट सवैखालको महिला हिंसाको अन्त्य गर्न र महिलाहरुलाई शसक्तरुपमा अगाडी ल्याउन यो दिनलाई अभियानकै रुपमा मनाउने पनी मन्त्री गुरुङले बताए । मर्यादित महिनावारी दिवस ६ वटा प्रदेशका १२ वटा जिल्लामा यो दिवस मनाइएको छ । र, विदेशमा पनि यो दिवस मनाइएको छ । राताेपाटी

प्रकासित मिति

Loading...
Loading...

 

Loading...