1478958692 banner ad format

 
 

डोटी। डोटीमा अबेर राति यात्रु बोकेको जिप दुर्घटना हुँदा मृत्यु भएका चालकसहित नौ जनाको सनाखत भएको छ । 


गाडीमा सवार सबै बोगटान गाउँपालिका–१ सिमचौर चपरर्तोलाका हुन् । अठ्ठाइसवर्षीय चालक विष्णु नेगी भने शिखर नगरपालिका–१ कपल्ले डोटीका स्थायी बासिन्दा हुन् । 

दुर्घटनामा परी बोगटान गाउँपालिका–१, सिमचौरका ३५ वर्षीय विष्णुबहादुर मगर, ५५ वर्षीय भीम घर्ती मगर, ५० वर्षीय बूढो घर्ती मगर र ४५ वर्षीय गोरख थापा मगरको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ । यस्तै ४८ वर्षीय शशिराम पुन मगर, ४५ वर्षीया ललितादेवी पुन, ४० वर्षीय टेकबहादुर पुन मगर र ३० वर्षीय चन्द्रबहादुर घर्ती मगरको मृत्यु भएको जिप्रका, डोटीका प्रहरी निरीक्षक राजेन्द्रबहादुर सिंहले जानकारी दिए। 

सात जना गम्भीर घाइते भएकामा चार जनाको अवस्था चिन्ताजनक छ । दिपायलदेखि चवरा चौताराका लागि हिँडेको से१ज ४९१ नंको जिप राति करिब १० बजेतिर बोगटान गाउँपालिका–६ गगुडाको कटैगाउँ धार भन्ने ठाउँमा दुर्घटनामा परेको हो ।

प्रकासित मिति

Loading...

 

yummyfood