1478958692 banner ad format

 
 

डोटी - बड्डीकेदार गाउँपालिका–२ खड्यौलीमा आज बस दुर्घटना हुँदा तीनजनाको घटनास्थलमै मृत्यु भएको छ । 

Accident damak

बसमा सवार १८ जना घाइते भएका छन् । घाइतेलाई उपचारका लागि कैलालीको धनगढी पठाइएको छ । मृतक तीनैजना बड्डीकेदार गाउँपालिका–४ का बासिन्दा रहेको स्थानीयवासीले बताएका छन् । 

बर्छेनबाट धनगढीतर्फ जाँदै गरेको सुदूरपश्चिम यातायातको ना३ख ५६४८ नंको बस आज बिहान दुर्घटना भएको हो । बिपीनगर र घाँगलबाट उद्धारका लागि प्रहरी घटनास्थलमा पुगेको प्रहरी निरीक्षक रणबहादुर विष्टले जानकारी दिए ।  

बस दुर्घटना हुँदा बड्डीकेदार गाउँपालिका–४ का ३५ वर्षीया मीनादेवी पुनमगर, ४५ वर्षीय जगदीश चन्द तथा लोकेन्द्र जेठाराकी तीन वर्षीया छोरी पुष्पा जेठाराको मृत्यु भएको घटनास्थलमा उद्धारमा खटिएका ट्राफिक प्रहरी कृष्ण भण्डारीले जानकारी दिए । 

बस सडकबाट झण्डै १०० मिटर तल खस्दा १३ पुरुष, चार महिला तथा चार बालबालिका घाइते भएका छन् । घाइतेमध्ये पाँचजनाको अवस्था गम्भीर छ । इलाका प्रहरी कार्यालय बिपी नगर, ट्राफिक प्रहरी र स्थानीय बासिन्दाले घाइतेको उद्धार गरेका थिए । घाइतेलाई प्रहरीले उपचारका लागि धनगढीतर्फ ल्याउँदै छ । 

प्रकासित मिति

Loading...

 

yummyfood