1478958692 banner ad format

 
 

सप्तरी । प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले आज हुने प्रदेश नं २ अन्तर्गत तराई मधेशका आठ जिल्लामा हुन गइरहेको स्थानीय तह निर्वाचनमा शन्तिसुरक्षाको अवस्थालाई थप कडा, सशक्त र प्रभावकारी बनाउनुपर्ने बताए  । 

Dr. Ayodhi Prasad Yadav1

राजविराजस्थित प्रमुख जिल्ला अधिकारीको निवासमा आज साँझ आयोजित जिल्ला शान्तिसुरक्षा बैठकमा मुख्य निर्वाचन कार्यालय र स्थानीय प्रशासनसँगको छलफलमा उनले मतदान केन्द्र, मतपेटिका र मतदाताको सुरक्षामा कुनै कमी आउन नदिन सम्बन्धित निकायलाई निर्देशनसमेत दिए। 

बैठकमा प्रमुख निर्वाचन आयुक्त डा यादवले कुनै पनि डर, त्रास र धाक–धम्कीले सुरक्षा निकाय पछिपर्न नहुने बताउँदै निर्वाचनको अनुगमन र सुरक्षाको कार्यलाई प्रभावकारी बनाउन पनि आग्रह गरे। 

सप्तरी जिल्ला सुरक्षाको दृष्टिले अत्यन्त संवेदनशील जिल्लाका रुपमा रहेको बताउँदै उनले सुरक्षालाई प्रभावकारी बनाउन सुरक्षा निकाय एकआपसमा समन्वय गरी सुरक्षाको काम गर्नुपर्नेसमेत निर्देशन दिए । 

नेपाल–भारत सीमाक्षेत्रमा अवैध आवागमन रोक्न र सुरक्षा जाँचको कार्यलाई व्यवस्थित गर्नुपर्ने बताउँदै जिल्लाका सुरक्षा निकायसँग सप्तरीको सुरक्षा अवस्थाबारे जानकारीसमेत लिए। 

बैठकमा सप्तरीका प्रमुख जिल्ला अधिकारी एवं सुरक्षा समितिका अध्यक्ष भगिरथ पाण्डेले सप्तरीको सुरक्षा अवस्था राम्रो रहेको र निर्वाचनमा मतदान गर्नका लागि स्थानीयवासी उत्साहित रहेको उल्लेख गरे । 

सो बैठकमा सप्तरीका मुख्य निर्वाचन अधिकृत शारदाप्रसाद कोइराला, निर्वाचन आयोगबाट अनुगमनमा खट्नुभएका सहसचिवद्वय सञ्जीवराज रेग्मी, छवीन्द्र पराजुली र सप्तरीका प्रहरी उपरीक्षक मुकेशकुमार सिँहले निर्वाचनको गतिविधिबारे जानकारी गराए ।

प्रकासित मिति

Loading...

 

yummyfood