1478958692 banner ad format

 
 

काठमाडौँ- डा. गोविन्द केसीले आफ्नो ११औँ अनशन स्थगित गरेका छन्। बाढी-पहिरोले देशमा विषम परिस्थिति निम्त्याएका बेला आफूले अनशन स्थगित गर्नु उचित देखेको बताउँदै डा. केसीले २३ दिनदेखिको अनशन अन्त्य गरेको बताएका छन । डा. केसीलाई अनशन स्थगित गरेलगत्तै उपचारका लागि आइसियूमा लगिएको बताइएको छ।

gobinda1

 सरकारले डा. केसीका माग सम्बोधनमा ढिलाइ गरिरहेका बेला उनले कुनै सम्झौता बिना नै अनशन स्थगित गरेका हुन्। डा. केसीले भनेका छन्, 'देशका सबै नागरिकसम्म गुणस्तरीय, सर्वसुलभ र विकेन्द्रित स्वास्थ्य सेवा नपुगुन्जेल हाम्रो अभियान जारी रहनेछ। सत्याग्रहको कार्यक्रम स्थगित गरे पनि चिकित्सा शिक्षा ऐनका लागि हाम्रो लडाइँ निरन्तर जारी रहनेछ।' 

 

प्रकासित मिति

Loading...

 

yummyfood