1478958692 banner ad format

 
 

दार्चुला –दार्चुलार्लाको नौगढमा विद्यालयको सेफ्टीट्यांकी भासिँदा चार जना बालबालिकाको मृत्यु भएको छ।

darchula 2

दार्चुला प्रहरीका अनुसार विद्यालय ग्राउन्डमा रहेको शौचालयको सेफ्टीट्यांकी भासिँदा चार विद्यार्थी बालबालिकाको मृत्यु भएको हो।

नौगाड गाउँपालिका वडा नम्बर ४ मा रहेको गणेश विनायक माविको शौचालयको छाना भत्किँदा विद्यालयमा अध्ययनरत चार जना बालबालिकाको ज्यान गएको दार्चुलाका प्रहरी नायब उपरीक्षक दिपेन्द्र शाहीले जानकारी दिए । 

मृत्यु हुनेमा कक्षा २ मा पढ्ने ८ वर्षकी निरुता ठगुन्ना, कक्षा २ मै पढ्ने ८ वर्षकी अनिसा धामी, कक्षा १ मा पढ्ने ६ वर्षका सुधीर धामी र बाल कक्षामा पढ्ने वर्ष ५ की युनिका ठगुन्ना छन्।

‘पुरानो शौचालयको खाल्डोमा बालबालिका परेको र  खाल्डोमा पानी थिएन तर निस्सासिएर उनीहरुको मृत्यु भएको बताईएको छ । खाल्डो छोप्ने सिमेन्टको ढक्कन भएको र त्यो पनि खाल्डोमा खसेको बताईएको छ ।

प्रकासित मिति

Loading...