tealaya add

janapa by ganesh kantipathnews

गणेश विक बझाङ । बझाङकाे सदरमुकाम चैनपुरमा खानेपानीको हाहाकार भएको छ । वार्षिक खानेपानी निमार्ण मर्मत भनेर विभिन्न निकाय र जयपृथ्वी नगरपालिकाबाट करोडौँ रकम विनियोजन गरिन्छ तर उचित काम र व्यवस्थापनको कमजोरीका कारण जिल्लाको सदरमुकाम चैनपुरमा बस्दै आएका विभिन्न निकायका कर्मचारी र विद्यार्थीको पढाइमा खानेपानीको व्यवस्था नहुँदा समस्या भएको छ ।

news bajhang water kantipath

अध्ययनका लागि चैनपुरमा डेरा लिएर बस्नुपर्ने बाध्यतासँगै पानीका लागि दुई घण्टा टाढाबाट खानेपानी बोकेर ल्याउनुपर्दा पढाइमा असर परेको छ भने दिसा धुने पानी नपाउँदा दिसामुक्त जिल्ला घोषणाको पनि कुनै औचित्य नभएको स्थानीयवासिन्दा बताउँछन् ।

bjhng kantipath

बझाङमा पानीका स्रोतहरु धेरै भएपनि त्यसलाई कुनै निकायले व्यवस्थापन गर्न नसक्दा खानेपानीको हाहाकार भएको स्थानीयको आरोप छ । नेताहरुले गाउँगाउँमा एकघर एकधारो भन्ने नारा मात्र लगाउने तर समस्या जस्ताको तस्तै भएको स्थानीयको भनाई छ ।

bajhang np

जयपृथ्वी नगरपालिकामा भएको खानेपानीको समस्यालाई दिर्घकालिन रुपमा समाधान गर्न एकघर एकधार रणनीतिसहित कार्य योजना अगाडी बढाएको जयपृथ्वी नगरपालिकाका प्रमुख वीरेन्द्र बहादुर खड्काले जानकारी दिए ।जिल्लालाई समृद्ध जिल्ला बनाउँछौ भनेर नेताहरुले चुनावी नारा मात्र बनाउँदै आएका छन् । अहिलेसम्मको स्थिति हेर्दा विकासको मुद्दा चुनावी मैदानमा विजयी हुने खेलमात्र जस्तो देखिन्छ ।

water kantipathnews

यसकै परिणाम, अहिलेसम्म बझाङ जिल्लाको सदरमुकाम चैनपुरमा खानेपानीको अभाव हो । राजनितिक खिचातानी र दाउपेचका कारण अहिलेसम्म सदरमुखकाम चैनपुरमा रहेको जयपृथबी नगरपालिकामा पानीको हाहाकार भएको छ ।
होस्टेलमा बस्ने बालबालिकालाई स्वच्छ पानी पिउन त परै जाओस् हातमुख धुन पनि समस्या भएको छ ।

khanepani kantipathnews

दैनिक पानी दिने ठाउँमा ३ / ४ दिन पछि पानी आउने भएपछि बाउली खोलाको दूषित पानी उपभोग गर्न बाध्य भएको स्थानीय बिनोद बिष्टले कन्तिपथ मिडियालाइ बताए ।

bajhang news kantipath2333

नगरपालिका र स्थानीय तहको निर्वाचन भइसके पछि दैनिक आधारभूत आवश्यकता पुरा गर्न चासो नदेखाउँदा मानवताबादी राजा जयपृथ्वीबहादुर सिंहको नाममा नगरपालिका बनाउनु पनि लाज लाग्ने स्थानीय रमेश विकको भनाइ छ ।

 bajhang np kantipath

                                                   तस्विर : गणेश विक 

 

 

 

 

 

प्रकासित मिति

 
 
Loading...
Loading...