annapurna add

durgesh thapanewsकाठमाडौं । गायक तथा मोडल दुर्गेश थापाले विवादित तिहार गीत युट्युबबाट हटाएका छन् । प्रहरीको अनुरोधमा गायक थापाले विवादित गीत ‘ह्याप्पी तिहार, चिसो बियर’लाई युट्युबबाट हटाएका हुन् ।

गायक तथा मोडल थापालाई गीत मार्फत नेपालीहरुको महत्वपूर्ण पर्व देउसीलाई विकृत तरिकाले प्रस्तुत गरेको आरोप लागेको छ ।

यसका साथै गायक थापाको गीतमा मादकपद्धार्थ बीयरको प्रचार पनि गरिएको छ । सोसल मिडिया युट्युबमा धेरै भ्यूज पाएपनि नकारात्मक कमेन्ट धेरै आइरहेको थियो । जसको कारण गायक थापाले कमेन्ट बक्ससमेत खाली गरिसकेका थिए ।

महानगरीय अपराध महाशाखाका एसएसपी सहकुल थापाले ‘ह्याप्पी तिहार, चिसो बियर’ बोलको विवादित गीतका विषयमा परेको उजुरीका आधारमा थापालाई नियन्त्रणमा लिइएको बताएका छन् । गायक थापालाई बालाजुबाट नियन्त्रणमा लिइएको उनले बताए ।

 याे पढ्नुहाेस् : गायक दुर्गेश थापा पक्राउ, दुई वर्ष जेल २० हजार जरिवाना

यो पनि पढ्नुहोस :गायक दुर्गेश थापालाई, दुई वर्ष जेल २० हजार जरिवाना

उनीविरुद्ध जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उजुरी परेको जनाइएको छ । उजुरी परेपछि प्रशासन कार्यालयले यस विषयमा बुझ्न महानगरीय अपराध अनुसन्धान महाशाखा टेकुमा पत्राचार गरेको छ । यसअघि पनि गायक दुर्गेश थापाले गाएको चलचित्र ‘छमायाँ छपक्कै’ को ‘बीच्च बीच्चमा’ बोलको गीत विवादमा परेको थियो ।

पछिल्लो समय नेपालमा एकदम चर्चाको शिखरमा रहेका गायक, संगीतकार तथा मोडल दुर्गेश थापा चर्चामा रहेका छन् ।

तीजको समयमा ‘बिच्च बिच्चमा’ दशैँमा दीपक–दीपाको चलचित्रको लागि प्रोमोशन गीत गाएर चर्चामा आए ।

चलचित्र ‘छ माया छपक्कै’को प्रोमोशनल गीत गाएका थापाको दशैँकै समयमा एउटा तिहार गीत सार्वजनिक भयो ।

सामान्यतया तिहारगीत भन्नेबित्तिकै परम्परागत भेषभुषामा सजिएर कुनै गाउँको घरमा सुटिङ हुने देउसी–भैलो बुझिन्छ । तर, थापाले ‘ह्याप्पी तिहार’ बोलको गीत क्लबमा सुटिङ गरेका छन् भने वियरको प्रचारप्रसार गरेका छन् ।

यसरी तिहारमा वियर खाउँ भन्ने सन्देश दिएको भन्दै उनीमाथि कार्वाही हुनसक्ने एक अधिवक्ताले बताएका छन् । अधिवक्ता यज्ञमणि न्यौपानले एक अन्तर्वार्तामा उनीमाथि दुई वर्षको जेल वा २० हजार रुपैयाँ जरिवाना वा दुवै सजायँ हुनसक्ने बताए ।

दुर्गेश थापको गीतले रक्सी, गाँजा, बियर सेवन गरेर तिहार मनाऔं भन्ने सन्देश दिएको अधिवक्ता न्यौपानेको तर्क छ । ‘दुर्गेस थापाको तिहार गीतले नेपाली सनातन धर्म र संस्कृतिमाथिको प्रहार गर्दै परम्परा र संस्कृतिमाथि धावा बोलेको छ, अधिवक्ता न्यौपाने भन्छन्, यो एकदमै गलत हो, यस्ता गीतहरुलाई निरुत्साहित गर्नुपर्छ ।

यस्तै उनले मदिराजन्य पदार्थको विज्ञापन सार्वजनिक हु्नु पनि गलत भएको उनको तर्क छ । दुर्गेसको गीतमा अर्ना बियरको खुलेआमा प्रचार गरिएको छ ।

अधिवक्ता न्यौपानेले यदि राज्यले गीत र सर्जकविरुद्ध कारवाही नगरे आफूले उनीविरुद्ध मुद्दा हाल्ने अवस्था आउनसक्ने बताए ।

‘विचार अभिव्यक्तिको स्वतन्त्रता भन्दैमा सामाजिक शिष्टाचार र संस्कृतिमाथि प्रहार हुने शब्द प्रयोग गर्न पाइँदैन,’ उनले भने, ‘गाँजा र मा दकप दार्थको प्रचारप्रसारको लागि कुनै कार्य गरेमा त्यो का नुनविपरित हुन्छ र यो कदमर दण्डनीय छ ।’

अधिवक्ता न्यौपानेले दुर्गेश थापा सच्चिने र गीतका शब्दहरु परिमार्जन गर्ने आशा राखेका छन् । यदि त्यसो नभएमा आफूले मु द्दा हाल्ने योजनामा न्यौपाने छन् ।

धर्ममाथिको प्र हार गरेको पुष्टि भएमा दुर्गेसमाथि दुई वर्षको जेल र २० हजार रुपैयाँ ज रिवानाको स जायँ हुने का नुनी व्यवस्था छ । यस्तै गाँ जाजन्य पदार्थ खानको लागि प्रोत्साहित गरेमा १५ दिनको जे ल स जायँ हुनसक्ने देवानी संहितमा उल्लेख गरिएको छ ।

अधिवक्ता न्यौपानले यसअघि नेपाल आइडलको पहिलो सिजनका विरुद्ध पनि मु द्दा दायर गरेका थिए । नेपाल आइडलको पहिलो सिजनमा दुई हप्तासम्म भोटिङ गर्ने व्यवस्था गरेपछि न्यौपानले एक हप्ताको मात्र भोटिङ गणना गर्नुपर्ने भन्दै मुद्दा दायर गरेका थिए । मुद्दाको विषयमा अदालतले न्यौपानेको पक्षमा फैसला गरेको थियो ।

 

प्रकासित मिति

Loading...
Loading...

 

Loading...