tealaya add

guru
आज आषाढ शुक्ल पूर्णिमा अर्थात गुरु पूर्णिमा आफूलाई शिक्षा प्रदान गर्ने गुरूप्रति श्रद्धाभाव प्रकट गरी मनाइँदैछ । महाभारतका रचयिता वेद व्यासको जन्मजयन्तीका अवसरमा मनाउने गरिएको व्यास जयन्तीलाई नै गुरु पूर्णिमाका रूपमा लिने गरिएको छ ।

अन्धकारको नाश गरी जीवनमा उज्यालो फैल्याउने व्यक्तित्वलाई गुरु भनिन्छ । गुरुलाई शास्त्रले ब्रह्मा, विष्णु र महेश्वरका रुपमा समेत मानेको छ । ब्रह्मा, विष्णु र महेश्वरले समाधान गर्न नसकेको समस्यालाई गुरुले समाधान गर्न सक्छन् भन्ने शास्त्रीय मान्यता छ।

गुरु ब्रम्हा गुरुर्विष्णु गुरुर्देवो महेश्वरस् ।
गुरुःसाक्षात् परं ब्रह्म तस्मै श्रीगुरवे नमः ।

अर्थात् गुरु ब्रह्मा, विष्णु र महेश्वर हुनुहुन्छ यस्ता साक्षात् परब्रह्म गुरुलाई नमन छ।

गुरु पूर्णिमाका अवसरमा आज विद्यालयहरुले कार्यक्रम गरी शिक्षा, दीक्षा दिने गुरुप्रति श्रद्धाभाव प्रकट गर्ने गर्दछन ।

वेदलाई ऋग्वेद, यजुर्वेद, सामवेद र अथर्ववेद गरी चार भागमा विभाजन गरी यसको अर्थ बुझाउन सरल संस्कृत भाषामा १८ पुराण र १८ उपपुराणका रचयिता वेदव्यासको सम्झनामा व्यास जयन्ती पनि मनाइन्छ।

प्रकासित मिति

Loading...
Loading...

 

Loading...

ताजा खबर