1478958692 banner ad format

 
 

काठमाडौं– भूकम्प प्रभावित जिल्लाका लाभग्राहीले सिमा जोडिएका अन्य प्रभावित जिल्लामा पनि सरकारी अनुदान लिएर घर बनाउने पाउने भएका छन् । 

bhukappa pratirodhi ghar

भूकम्पबाट प्रभावित निजी आवास पुनर्निर्माण अनुदान तिवरण कार्यविधि (पहिलो संशोधन) २०७३ ले लाभग्राही सूचिमा परेका भूकम्प पीडितले आफ्नो इच्छा अनुसार आफ्नै जिल्ला वा सिमा जोडिएको जिल्लामा घर बनाउन पाउने व्यवस्था गरेको हो ।

यसैगरी जोखिमयुक्त वस्तीका लाभग्राहीले पनि आफ्नो इच्छा अनुसार आफ्नै जिल्ला वा सिमा जोडिएको जिल्लामा सर्न चाहेमा घडेरी किन्न दुई लाख र घर बनाउन ३ लाख अनुदान पाउने संशोधित कार्यविधिले व्यवस्था गरेको हो ।

‘राष्ट्रिय पुनर्निर्माण प्राधिकरण कार्यकारी समिति सदस्य धु्रवप्रसाद शर्माले भूकम्पबाट क्षतिग्रस्त आवास भएकै जिल्ला वा सीमाना जोडिएको भूकम्पबाट प्रभावित जिल्लाको अन्य सहज हुने उपयुक्त स्थानमा आवास निर्माण गर्ने भएमा उल्लेखित अनुदान रकम उपलव्ध गराइने व्यवस्था अनुसार एउटा जिल्लाको भूकम्प पीडितले अर्काे जिल्लामा पनि घर बनाउन पाउने बताए । शर्माले भने ‘सिन्धुपाल्चोकका लाभग्राही सुचिमा परेको घरधनीले काठमाण्डौमा घर बनाउन पाउनेछन् ।’ तर त्यसका लागि छिमेकी जिल्ला भूकम्प प्रभावित हुनुपर्नेछ । 

त्यसरी प्रक्रिया पुरा गरेर घर बनाउने लाभग्र्राहीले निजी आवास अनुदान वापत ३ लाख रुपैया पाउनेछन् । प्राधिकरणको सिफारिसमा सरकारले जोखिमयुक्त वस्तीका बासिन्दा सुरक्षित स्थानमा सर्न चाहे घडेरी खरिदका लागि दुई लाख रुपैया अनुदान दिने निर्णय गरेको थियो । 
संशोधित कार्यविधीमा भनिएको छ,‘जोखिमयुक्त बस्तीबाट अन्यत्र सार्नुपर्ने भनी किटान भएका घरधनीहरु मध्ये कुनै घरधनीले आफ्नो इच्छा अनुसार सोही जिल्ला वा सीमाना जोडिएको प्रभावित जिल्लाको सुरक्षित स्थामा बसोबास गर्न चाहेमा उक्त ठाँउमा घर निर्माण गर्न चाँहिने जग्गा व्यवस्था गर्नका लागि अनुदान स्वरुप प्राधिकरणले तोके बमोजिमको प्रक्रिया पूरा गरी दुई लाख रुपैया सम्म एकमुष्ठ उपलब्ध गराईने व्यवस्था गरिएको छ ।’


५८ हजार घर बने
यसैवीच भूकम्प अति प्रभावित  १४ जिल्लामा निर्माण सम्पन्न र निर्माणाधीन घरको संख्या दुई लाख नाघेको छ ।  निजी आवास पुनर्निर्माणको तथ्याङ्क अद्यावधिक गर्ने निकाय शहरी बिकास मन्त्रालय अन्र्तगतको केन्दीय आयोजना कार्यान्वयन इकाईको सोमवार दिउँसो २ बजेसम्मको तथ्याङ्क अनुसार भूकम्प अति प्रभावित १४ जिल्लामा निर्माण सम्पन्न र निर्माणाधीन घरको संख्या दुई लाख एक हजार  ५ सय १९ पुगेको छ । 
जस अन्र्तगत निर्माण सम्पन्न घरको संख्या ५८ हजार ६ सय ५६ र निर्माणाधीन घरको संख्या १ लाख ४२ हजार ८ सय ६३ पुगेको छ । 
यद्यपी दशै तिहारका कारण निर्माण सम्पन्न र निर्माणाधीन घरको संख्या प्राधिकरणको सुचना प्रणालीमा समाविष्ट हुन बाँकी रहेका कारण यो तथ्याङ्क अझै बढ्ने प्राधिकरणका इन्जिनियर प्रवीन आचार्यले जानकारी दिए । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले निजी आवास अनुदानका लागि समय सिमा निर्धारण गरेपछि घर बन्ने प्रक्रिया तिव्र भएको आचार्यले बताए । आचार्यले भने ‘जिल्लास्थित कार्यालय, जिल्ला कार्यान्वयन इकाइ र स्थलगत अध्ययनबाट आगामी पौष मसान्तसम्ममा निर्माण सम्पन्न र निर्माणधीन घरको संख्या ३ लाख ५० हजार पुग्ने देखिएको छ ।’ 

प्रधानमन्त्री नेतृत्वको निर्देशक समितिको पछिल्लो वैठकको निर्णय अनुसार प्राधिकरणले पहिलो किस्ता लिइसकेका लाभग्राहीले आगामी पौष समान्तसम्म दोस्रो किस्ता लिइसक्नुपर्ने समय तालिका निर्धारण गरेको छ । अहिलेसम्म प्राधिकरणको सुचना प्रणालीमा दर्ता भएको तथ्याङ्क अनुसार सिन्धुपाल्चोकमा सवैभन्दा धेरै १८ हजार ८ सय ७२ घर निर्माणाधीन अवस्थामा छन् भने ६ हजार १ सय ७५ घर निर्माण सम्पन्न भइसकेका छन् ।

जिल्लामा निर्माणाधीन र निर्माण सम्पन्न कतिपय घरको प्राविधिक निरीक्षण गरेर तथ्याङ्क संकलन गर्ने कार्य भइरहेको र तिहारपछि उक्त तथ्याङ्क सुचना प्रणालीमा दर्ता भएपछि यो संख्यामा उल्लेखनीय बृद्धि हुने प्राधिकरणको भनाई छ । 

समन्वय अभावका कारण किस्ता बितरणमा ढिलाईको गुनासो
लाभग्राहीलाई घर निर्माणका लागि रकम अभाव नहोस भनि प्राधिकरणले अग्रीम रुपमा बजेट जिल्ला पठाए पनि कोष तथा लेखा नियन्त्रण कार्यालय र बैंकहरुको समन्वयको अभावमा अनुदान रकम बितरणमा तिव्रता आउन सकेको छैन । 

प्राधिकरणले ५३ अर्ब रुपैया बजेट अनुदान किस्ता बितरणका लागि भूकम्प प्रभावित जिल्लामा पठाइसकेको छ । तर, विभिन्न प्रक्रियागत झन्झट र जिल्लास्थित निकायबीचको आपसी समन्वयमा देखिएको कमजोरीका कारण रकम बितरणमा तिव्रता नआएको हो ।

प्राधिकरणले जति नतिजामुखी भएर लाभग्राहीलाई जतिसक्दो छिटो अनुदान किस्ता बिरण गर्न सम्बन्धित जिल्लाका अधिकारीलाई निर्देशन दिइसकेको छ ।  
हाल अति प्रभावित १४ जिल्लामा दोस्रो किस्ता पाउनका लागि लागि १ लाख ४ हजार ७ सय ४२ लाभग्राहीले निवेदन दिइसकेको छन् भने ९३ हजार ३ सय ५ लाभग्राहीको निवेदन प्रमाणीकरण भइसकेको छ ।  

प्रकासित मिति

Loading...

 

yummyfood