annapurna add

काठमाडौं : चिनियाँ राजदूतावासको विज्ञप्तिको भत्सर्ना गर्दै सञ्चारमाध्यमका सम्पादकहरुले कडा विरोध जनाएका छन् ।

Ambassador Hou Yanqi china rajdut kantipathnews Editorकान्तिपुर पब्लिकेसन्सको अंग्रेजी प्रकाशन काठमाडौं पोष्टमा प्रकाशित आलेख ‘चाइनाज सेक्रेसी ह्याज मेड कोरोनाभाइरस क्राइसिस मच वर्स’ मा संस्थापक नेता माओको तस्बिर मास्क लगाएर राखेको भन्दै चिनियाँ दूतावासले असहमति जनाएको थियो ।

त्यति मात्रै होइन सम्पादक अनुप काफ्लेलाई पूर्वाग्रही भएको र चीनविरोधी समूहको सुँगा भएको आरोप लगाउँदै भविष्यमा एक्सन लिने भनेर धम्की दिएको थियो । दूतावासको उक्त धम्कीको चौतर्फी आलोचना भइरहेका बेला विभिन्न सञ्चारमाध्यमका १७ जना सम्पादकले आज (बुधबार) विज्ञप्ति जारी गर्दै विरोध जनाएका हुन् ।

‘प्रेसमा आएका सामग्रीप्रति असहमति राख्ने, त्यसको खण्डन गर्ने व्यक्ति वा संस्थाको अधिकारको हामी सम्मान गर्छौं,’ विज्ञप्तिमा भनिएको छ, ‘तर कुनै विचार वा समाचार प्रकाशित गरेबापत सम्पादकको नामै उल्लेख गरेर लान्छित गर्ने र धम्की दिने कार्यप्रति हाम्रो असहमति छ । त्यस्तो कार्यको हामी भत्सर्ना गर्छौं । दूतावासको विज्ञप्तिले कूटनैतिक मर्यादा पनि नाघेको हामी स्मरण गराउन चाहन्छौं ।’

सम्पादकहरुले कुटनीतिक मर्यादा नाघेर धम्की नदिन राजदूतको ध्यानाकर्षण गराएका छन् । साथै नेपालको संविधानले पूर्ण प्रेस स्वतन्त्रताको ग्यारेन्टी गरेको र त्यसको अभ्यास र रक्षा गर्न आफूहरू प्रतिबद्ध रहेको पनि उल्लेख छ ।

विज्ञप्ति जारी गर्नेमा सम्पादकहरू अखिलेश उपाध्याय (पूर्व सम्पादक, काठमाडौं पोस्ट), अमित ढकाल (सेतोपाटी), अरूण बराल (अनलाइनखबर), किरण नेपाल (हिमाल खबर), कृष्णज्वाला देवकोटा (नयाँ पत्रिका), गुणराज लुँइटेल (नागरिक), नारायण वाग्ले (पूर्वसम्पादक कान्तिपुर), पूर्ण बस्नेत (नेपाल खबर), प्रकाश रिमाल (द हिमालयन टाइम्स), प्रतीक प्रधान (बाह्रखरी), प्रशान्त अर्याल (कान्तिपुर टिभी), बसन्त बस्नेत (नेपाल), राजेन्द्र दाहाल (शिक्षा मासिक, प्रेस काउन्सिल पूर्वअध्यक्ष), सुधीर शर्मा (कान्तिपुर), शिव गाउँले (खोज पत्रकारिता केन्द्र), सुवास घिमिरे ((रिपब्लिका) र हरिबहादुर थापा (अन्नपूर्ण पोस्ट) रहेका छन् ।

यसअघि मंगलबार साँझ विज्ञप्ति निकाल्दै चिनियाँ दूतावासले काठमाडौं पोस्टका सम्पादक अनुप काफ्लेले पहिला देखि नै चीनप्रति पूर्वाग्रह राख्दै आएको र अहिले चीन विरोधी समूहको सुँगा बनेर हद नाघेको आरोप लगाएको थियो ।

Editor

प्रकासित मिति

Loading...
Loading...

 

Loading...

 

ताजा खबर