1478958692 banner ad format

 
 

काठमाडौं । पहिलो चरणको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत ३२ जिल्लामा आइतबार निर्वाचन हुँदैछ । उक्त जिल्लाहरुमा बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुनेछ ।

election phase

पहिलो चरणमा प्रतिनिधिसभा र प्रदेशसभाका १११ जनप्रतिनिधिका लागि ७०२ उम्मेदवारबीच प्रतिस्पर्धा हुँदैछ । प्रतिनिधिसभाका ३७ स्थानका लागि २८२ र प्रदेशका ७४ स्थानमा लागि ४२० उम्मेदवार चुनावी मैदानमा छन् । ७०२ उम्मेदवारको भाग्य परीक्षकका रूपमा करिब ३२ लाख मतदाता पहिलो चरणको मतदानमा सहभागी हुँदैछन् । एक करोड ५४ लाख मतदातामध्ये पहिलो चरणमा ३१ लाख ९१ हजार ९४५ मतदाता सहभागी हुँदैछन् ।

सङ्घीयता कार्यान्वयनमा स्थानीय तह निर्वाचनले बसालेको जगलाई सङ्घ र प्रदेशको निर्वाचनले संस्थागत गर्दैछ । सङ्घीयता, धर्म्निरपेक्षता, समानुपातिक समावेशीजस्ता संविधानले अवलम्बन गरेका आधारभूत सिद्धान्त र संरचनालाई मतादेशमार्फत संस्थागत गर्ने दायित्व आइतबारदेखि मतपत्रमार्फत मुखरित हुँदैछ ।

पहिलो चरणमा निर्वाचन हुने ३२ जिल्लामा चार हजारभन्दा बढी मतदान केन्द्र तोकिएका छन् । ३२ जिल्लामा दुई हजार ९१९ मतदान स्थल र चार हजार ४६५ निर्वाचन केन्द्र तोकिएका छन् ।

निर्वाचन आयोगका अनुसार आसन्न निर्वाचनमा करिब ५० हजार कर्मचारी चुनावमा खटिएका छन् । एउटा मतदान केन्द्रमा छदेखि नौ जनासम्म कर्मचारी खटिएका छन् ।

मतदान अधिकृतदेखि अन्य कर्मचारीसम्म चुनावमा खटिनेछन् । निर्वाचन अधिकृतको कार्यालयमा भने कम्तीमा १० देखि १८ जनासम्म कर्मचारी खटिएका छन् । चुनावका लागि स्वयंसेवक पनि खटिएका छन् ।

निर्वाचन पर्यवेक्षणका लागि पहिलो चरणमा करिब १० हजार पर्यवेक्षक खटिनेछन् । यो सङ्ख्या स्वदेशी र विदेशी दुवै संस्थाको हो । युरोपेली सङ्घ, कार्टर सेन्टर लगायतका पर्यवेक्षक चुनावमा खटिनेछन् । निर्वाचन आयोगले आसन्न निर्वाचनका लागि चार विदेशीसहित ५६ संस्थालाई पर्यवेक्षणको अनुमति दिएको छ ।

प्रकासित मिति

Loading...

 

yummyfood