1478958692 banner ad format

 
 

काठमाडौँ । सरकारले पुनःनिर्माण र नवनिर्माणलाई तीव्रता दिई भूकम्पबाट प्रभावित परिवारलाई पुनःस्थापना गर्न राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको क्षमता वृद्धि गर्ने भएको छ । 
Enhance the capacity of National Reconstruction Authority min
राष्ट्रपति विद्यादेवी भण्डारीले आज व्यवस्थापिका–संसद्मा प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रममा भूकम्पबाट क्षति भएका संरचनाको पुनःनिर्माणका लागि गठन भएको प्राधिकरणको क्षमता विकास गरिने विषय समावेश गरिएको छ । पुनःनिर्माणमा स्थानीय तहलाई सहभागी गरिने भएको छ । 

भूकम्पले भत्किएका पूर्वाधारका संरचना, ऐतिहासिक, पुरातात्विक सम्पदा, विद्यालय, स्वास्थ्य संस्था र अन्य सरकारी संरचनाको पुनःनिर्माणलाई सरकारले नीति तथा कार्यक्रममा प्राथमिकता दिइने उल्लेख गरेको छ । 

रणनीतिक सडकलाई महत्व 

रणनीतिक महत्वका सडक सञ्जाल निर्माणलाई सरकारले महत्वका साथ अघि बढाउने भएको छ । 

राष्ट्रपति भण्डारीले आज व्यवस्थापिका–संसद्मा प्रस्तुत गर्नुभएको सरकारको नीति तथा कार्यक्रममा रणनीतिक महत्वका सडक, मेट्रो रेललगायत पूर्वाधार निर्माणलाई प्राथमिकता दिइने उल्लेख गरिएको छ । 

रज्जुमार्ग र जलमार्गको सम्भाव्यता अध्ययन गर्ने विषयलाई सरकारले आगामी आवमा अघि बढाउने सरकारको नीति तथा कार्यक्रममा व्यवस्था गरिएको छ । काठमाडौँ–निजगढ द्रुतमार्ग, हुलाकी मार्ग र मध्यपहाडी लोकमार्ग निर्माण कार्यलाई प्राथमिकताका साथ अघि बढाइने नीति तथा कार्यक्रममा उल्लेख छ । 

रणनीतिक महत्व र प्राथमिकता प्राप्त सडक आयोजनाको कार्यान्वयनमा तीव्रता ल्याइने र निरन्तर प्रगति अनुगमन गरिने भएको छ । राष्ट्रिय लोकमार्ग, प्रदेश लोकमार्ग र स्थानीय तहका सडकको मापदण्ड निर्धारण गरी प्रदेश र स्थानीय तहको केन्द्रमा न्यूनतम लेनको सडक पु¥याउने गरी सडक सञ्जालको विकास गरिनेछ । 

पूर्व–पश्चिम विद्युतीय रेलमार्ग, मेट्रो, फ्लाइओभर र सुरुङमार्गको विकासलाई पनि नीति तथा कार्यक्रममा प्राथमिकता दिइएको छ । 

गतिशील सहर 

प्रत्येक सहरको प्राकृतिक स्रोत, ऐतिहासिक, सामाजिक, सांस्कृतिक पहिचान र आर्थिक सामथ्र्यका आधारमा गतिशील सहर निर्माण कार्यलाई निरन्तरता दिइने प्रतिबद्धता नीति तथा कार्यक्रममार्फत सरकारले जनाएको छ । 

सहर र गाउँको सम्बन्ध मजबुत गर्दै व्यवस्थित एवम् समृद्ध गाउँ निर्माण गर्ने व्यवस्था मिलाइने भएको छ । प्रदेश राजधानीमा सहरी पूर्वाधारको विकास गरिने, एकीकृत, व्यवस्थित, वैज्ञानिक, सुरक्षित र हरित गाउँ सहर निर्माणमा स्थानीय तहको नेतृत्वलाई बढी जिम्मेवार बनाई अधिकार सम्पन्न तथा क्षमतायुक्त बनाइने विषय पनि नीति तथा कार्यक्रममा उल्लेख छ ।

प्रकासित मिति

Loading...

 

yummyfood