1478958692 banner ad format

 
 

EPS मार्फत काेरिया पुगेका केहि नेपाली युवाहरू कसरी समाचारका हेडलाइन बन्ने गरेका छन ।

"काेरियामा नेपालीद्वारा अात्महत्या"

बिगतमा प्रकाशन गरिएका यस्ता हेडिगहरू प्रतिनिधी समाचार मात्र हुन, एउटा प्रबृतीकाे । बिगत ३ महिनामा ५ वटा यस्ता हेडलाइन बनेका छन, जुन दुखद छ । समाचार नबनेकाे र बन्ने क्रममा रहेका अनेक यस्ता घटना लुकेर रहेका हुन सक्छन, सपनाकाे देश काेरियामा । तर किन ?

अाम नेपालीमा र प्रबास राेजगारीमा जाने अाफन्तकाे चाहाना छ -" काश, यस्ताे दुखद समाचार नअाइदियाेस " । हामि पनि चाहान्छाै यस्ताे घटना नदाेहाेरियाेस ।

kantipathnews eps1 min

अात्महत्याकाे चुराे के त?

समाचारमा अाएका अधिकांश अात्महत्याका घटनालाइ केलाउने हाे भने अात्महत्या गर्नुपूर्व उनिहरू उच्च मानशिक तनाबमा रहेकाे भेटिन्छ । सपनाकाे देश काेरिया, अाफुले रूचाएर अाएकाे ठाउ, अाकर्षक तलब, झट्ट हेर्दा यस्ता अत्याशलाग्दाे घटना नहुनु पर्ने हाे । तर प्रबासी मजदुरकाे दुर्भाग्य, याे नियती देख्नु परिरहेकाे छ ।

मुलत, राेजगारदाता कंपनीले गर्ने चरम शारिरिक शाेषण, मानव अधिकारकाे हनन्, फोहोरी, गार्हो, खतरापूर्ण (Three D, Danger, Dirty and demeaning) काम गर्नेु पर्ने अबस्था, EPS काे बाध्यकारी कडा नियम तथा पारिबारिक चिन्ता जस्ता कारणहरू अात्महत्यामा प्रेरित गर्ने कारणका रूपमा रहेका छन । कमजाेर मन भएकाहरू, शघर्षबाट अाजित भएकाहरू र घर परिवारकाे असीम प्रेम भएकाहरू  चाडै भावुक भै यस्ता गलत निर्णय गर्दछन ।

पारिबारीक कारणकाे लागि घरपरिबारकाे  उचित मार्गदर्शन र सहयाेग शंवादबाट यस्ता खाले समस्याकाे न्युनिकरण गर्न सकिन्छ । तर अन्य समस्याहरूकाे निकाशकाे लागी कानुनीरूपमै सम्बाेधन गर्न जरूरी रहेकाे छ । बिशेषगरि EPS का कडा तथा बाध्यकारी नियमहरू परिबर्तन गर्नु ।

EPS के हाे त?

रोजगार अनुमति प्रणाली (इपिएस EPS)) कोरियन मजदुर नपाएको अवस्थामा कम्पनीलाइ प्रवासी मजदुर ल्याई काम लगाउन पाउनकोलागि अनुमति दिने प्रणाली हो ।.यो प्रणाली अन्तर्गत लाने प्रवासी मजदुरको छनोट मध्यम कोरियन भाषा परिक्षा हो ।.जुन पारदर्शी र उत्तम छ । तोकिएको कोटा भित्र जसले बढी अंक प्राप्त गरेर उतिर्ण हुन्छ अनि कम्पनीले सम्झौता पत्र पठाउछ त्यो मजदरु कोरिया जना सक्छ ।.

धेरै जसो मानिसहरुले भाषा परिक्षा नै इपिएस (EPS) हो भनेर बुझेको छन् । यसरि नै धेरैले प्रचार पनि गर्ने गरेको पाइन्छ .तर यो गलत हो । माथि नै भनिएको छ कि इपिएस(EPS) प्रणाली कोरियन कम्पनीलाइ प्रवासी मजदुर राख्न पाउनको लागि अनुमति दिने कानुन हो । यहि इपिएस(EPS) अन्तर्गत कोरियामा प्रवासी मजदुरलाई नियन्त्रण गरिन्छ ।

सबै अधिकार कम्पनी मालिकमा निहित हुने छ । कोरियन भाषा परिक्षा प्रवासी मजदुर छनोट मध्यम मात्र हो .। यो इपिएस(EPS) खारेज भएर डब्लुपीएस(WPS) लागु भएमा छनोट मध्यम कोरियन भाषा परिक्षा नै हुने छ । प्रवासी मजदुर लानको लागि (EPS) छनोट मध्यम उत्तम भएपनि प्रवासी मजदुर प्रति समभाबी (Equal Right)छैन ।

रोजगारदाता कम्पनीको अनुमति बिना प्रवासी मजदुरले  हलचल गर्न नपाउने व्यवस्था इपिएस (EPS)ले गरेको छ । जुन ब्यबस्था प्रवासी मजदुरको मजदुर कानुन,कोरियन संबिधान, आईएलओ, संयुक्त राष्ट्रसंघ मानब अधिकार सम्बन्धि घोषणा पत्रमा सुनिस्चित गरेको हक अधिकार बिपरित छ ।

प्रबासी मजदुरहरूकाे अात्महत्याकाे मुल र प्रेरक कारण पनि EPS मा गरिएकाे यहि ब्यबस्था नै हाे । माथीका समाचार सारले पनि यहि देखाउछ । मजदुर दास बन्न् काेरिया गएका हैनन् । उनिहरू अाफ्नाे श्रम बेच्न गएका हुन । किन्नेले कुन श्रम किन्ने भनेर राेज्न पाए झै श्रम बेच्नेले पनि कुन बजार र कुन दरमा अाफ्नाे श्रम बेच्ने भन्ने स्वनिर्णय गर्ने अधिकार पाउनु पर्दछ ।

यो (EPS) प्रणाली अन्तर्गत जाने प्रवासी मजदुरलाई स्वेच्छाले कम्पनी परिबर्तन गर्ने अधिकार छैन । त्यसकारण प्रवासी मजदुरले बिभिन्न मानसिक ,शारीरिक समस्या भोग्नु परिरहेको छ साथै दुर्घटना हुने ,मृत्यु हुने ,आत्माहत्या गर्ने सम्मको घटना घटिरहेको छ ।

kantipathnews eps2 min

के गर्दैछन त मजदुरका प्रतिनिधीहरू , यस्का लागि?

मजदुरकाे यस्ता अधिकार स्थापित गर्नका लागी काेरियामा कृयाशिल "प्रबासी मजदुर संगठन- MTU" /र कोरियन प्रजातान्त्रिक मजदुर महासंघ (KCTU)ले अगस्त १४ तारिक २०१७ कोरियाली राष्ट्रपति कार्यालय भवन (छंगह्वादे) अगाडी पत्रकार सम्मेलन अायाेजना गरेको थियो  ।

उक्त पत्रकार सम्मेलनमा बोल्दै एमटियुका अध्यक्ष उदय राईले इपिएसमा प्रवासी मजदुरको नियुक्ति देखि अवकाससम्म सबै अधिकार कम्पनीलाइ दिर्इएकोले अातमहत्या जस्ता समस्या बुद्धी गर्ने कारक रहेकाे बताउनु भयाे । कम्पनी मालिकको आदेशको अबज्ञा गरेमा स्वदेश फिर्ता पठाइदिने धम्कि दिइन्छ ।,सबै मजदुरले उपयोग गर्न पाउने मजदुर अधिकार प्रवासी मजदुरलाई मात्र दिएको छैन। प्रवासी मजदुरलाई मानबीय व्यवहार गर्नु अाबशयक छ । ,प्रवासी मजदुरलाई आत्माहत्या गर्न बाध्य गराउने इपिएस खारेज गरि कार्य भिषा प्रणाली(work permit system) लागु गर्न राष्ट्रपति बुन जे इन संग अनुराेध गर्छौ भन्नु भयो।

यस्तै बंगलादेश कि प्रवासी मजदुर निशाले कम्पनी मालिकले आफुलाई सम्झौता गरेको भन्दा फरक काम लगाएको ,आफुले गर्न नचाहादा अर्काे कम्पनी परिबर्तन गर्ने अनुमति नदिएर कम्पनी मालिकले ”मैले आइज भन्दा आउनु पर्छ जा भन्दा जानु पर्छ मेरो आदेश नमाने कम्पनीमा छैन भनेर अाप्रवासन कार्यालयमा उजुर गरिदिन्छु भन्ने धम्की दिएकाे बताउनु भयाे । उहाले हामि दास होइनाै स्वेच्छाले अाफुले चाहेकाे कम्पनी परिबर्तन गर्न पाउनु पर्छ भन्नु भयो ।

साेहि पत्रकार सम्मेलनमा  छोगेसा (बुद्धगुम्बा) मजदुर समाज समितिका अध्यक्ष यांग हान उंगले सब भन्दा तल्लो स्तरमा काम गर्ने प्रवासी मजदुरको अधिकारलार्इ अब कोरियन सरकारले मान्यता दिनु पर्ने अाबश्यकता अाैल्याउनु भयाे । इपिएस लागु भएको १३ बर्ष बितिसेको छ तर प्रवासी मजदुरको ज्यान जाने र शोषण गर्ने कार्यको अन्त्य भएको छैन । प्रवासी मजदुरलाई भेदभाब गर्ने नभर्इ काेरियन समुदायको सदस्यको रुपमा स्वीकार्नु पर्दछ । उहाले, बुन जे इन सरकारले इपिएस खारेज गरि चाडो भन्दा चाडो डब्लुपीएस लागु गर्नु पर्छ, भन्नू भयो।

केसीटियुको  तर्फ बाट साे संस्थाका  उपाध्यक्ष किम ख्यंग जाले सबै मजदुर एकै भएकाे यथार्थमा जाेड दिदै  केसीटियुले सबै मजदुरलाई समान व्यवहार गर्नु पर्छ भनि आवाज उठाउदै आईरहेको बताउनु भएकाे छ ।  तर सरकारले प्रवासी मजदुरलाई गरेको व्यवहार र उनीहरुको मृत्युको घटनाको खबरले अाफुहरू ज्यादै दुखित र लज्जित हुनुपरेकाे अनुभव ब्यक्त गर्नुभएकाे थियाे ।

kantipathnews eps3 min

अाफ्नाे भनार्इ अगाडी बढाउदै उहाले भन्नु भयो, काेरियाली सरकारले कोरियन र प्रवासी दुवै मजदुरलाई कम्पनीको दास बनाउन खोजि रहेकोछ । त्यसैले मजदुर कानुन आफूखुसी संसोधन गरिरहेको छ । केसीटियु यसको सुधारको लागि सशक्त भएर संघर्ष गर्ने छ र सरकारले प्रवासी मजदुरको माग तुरुन्त पुरा गर्नु पर्नेछ  ।

दुखद घटनाहरु कोरियाम घटी रहेको छ तर कोरियन सरकार समस्या समाधान साथै नीति नियम सुधारको बिषयमा मौन छ । प्रवासी मजदुर पठाउने देशको सरकार र प्रतिनिधिको चाल पनि उस्तै छ । यहाँ रहेको धेरै जसो प्रवासी मजदुरहरुले पनि समस्या के कारणले उत्त्पन भयो र त्यसको समाधानको उपाए के हो भनेर खाेज्न जरूरी रहेकाे छ ।

कार्यक्रमकाे अन्तमा प्रबासी मजदुरको बिभिन्न समस्या र मृत्युको घटनाको बिषयलाइ लिएर प्रवासी मजदुरको मृत्यु रोकिनु पर्छ , इपीएस खारेज गरि उनीहरुको हक अधिकार सुनिस्चित हुने डब्लुपिएस लागु हुनु पर्छ भन्ने लगायतको माग पुरा गराउन आगामी दिनमा गरिने  दवाबका कार्यक्रमहरु सार्बजनिक गर्दै पत्रकर सम्मेलन समापान गरिएको थियो ।

(काेरियाबाट मधुसुदन अाेझाकाे सहयाेगमा, इच्छा खडका)

 

 EPS काेरिया सम्बन्धी शन्दर्भ श्राेतहरू-  ( अबश्य पढनुहाेला)

EPS र काेरियन मजदुर संगठन, र्इतिहास देखि बर्तमान सम्म

एमटियुको स्थापना र श्रम बिभागमा दर्तासम्म संघर्षको इतिहास

- प्रवासी मजदुर संगठन दक्षिण कोरिया र अतित

- कोरियामा कार्यरत प्रवासी मजदुरलाई एमटियुको अनुरोध 

E

प्रकासित मिति

Loading...

 

yummyfood