annapurna add

budacandaकाठमाडौँ । गोंगबु हत्याकाण्डका अभियुक्त महिलाले फेसबुकबाट नक्कली आइडी बनाई आफूलाई दुख दिन थालेपछि हत्या गरेको बयान प्रहरीलाई दिएकी छिन् ।

३ दिनअघि गोंगबुमा भएको कृष्णबहादुर बोहराको हत्यामा पक्राउ परेकी कल्पना शाही भनिने कल्पना मुडभरी (पौडेल)ले यस्तो बयान दिएकी हुन् ।

दाङ घर भई काठमाडौँमा बस्दै आएका कृष्णबहादुर बोहरालाई स्लिपिङ ट्याबलेट खुवाएर लठ्याएपछि हत्या गरेको काठमाडौँ प्रहरी प्रमुख एसएसपी श्याम ज्ञवालीले मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।

यी हुन् बोहराका हत्यारा, प्रहरीले गर्यो सार्वजनिक

ती महिलाले नक्कली फेसबुक आईडी बनाएर आफूलाई दुःख दिन थालेपछि हत्या गरेको बताएकी छन् ।निर्वस्त्र तस्वीरहरु नक्कली फेसबुक आईडी बनाएर सार्वजनिक गर्न थालेको र आफूअनुकूल चल्न दबाव दिन थालेपछि हत्या गरेको उनको बयान छ ।

बोहोरा लठ्ठिएपछि कल्पनाले अण्डकोषमा हानेको र त्यसपछि सलले घाँटी कसेर हत्या गरेकी थिइन् । बोहोरा मरेको एकिन गरेपछि उनले घाँटी र खुट्टा छिनालेर आफैंले शव व्यवस्थापन गरेको प्रहरीले जनाएको छ । 

हत्यापछि चितवन पुगेकी कल्पना कलाकार समेत रहेको खुलेको प्रहरीले जनाएको छ । 

प्रहरीले घटनामा संलग्न रहेको आशंकामा चितवनबाटै १० कक्षामा अध्ययनरत उनकी छोरीलाई पनि पक्राउ गरेको छ । हत्या पछि शव व्यवस्थापनमा छोरी पनि संलग्न रहेको आशंका प्रहरीको छ ।

प्रहरीका अनुसार मृतक बिगत ८ महिनादेखि होटलमा बस्दै आएका थिए भने कल्पनाबीच फेसबुकमार्फत चिनाजानी भएर निकटता बढेको थियो ।

हत्यापछि उनी एम्बुलेन्समार्फत् चितवन पुगेकी थिइन् । प्रहरीले चितवनबाटै उनलाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार कल्पनाले केही चलचित्रमा अभिनय गरेकी छिन् ।

काठमाडौँ गोंगबु घटना : ‘हत्यामा संलग्‍न’ साली लिन चितवनबाट एम्बुलेन्स लिएर आएका थिए ‘भिनाजु’

गोंगबुमा विभत्स हत्या काण्ड : वियर खुवाएपछि दहीमा विष घोलेर खुवाइयो, त्यसपछि दुई वटा खुकुरीले

यौन र पैसामा कुरा नमिल्दा टाउको काटेर झोलामा, शरीर सुटकेशमा !

फेसबुकमा चिनजान : स्लिपिङ ट्याब्लेट खुवाएर बेहोस : दाउले काटेर सुटकेसमा शव

पक्राउ परेकी महिलाले भनिन 'अण्डकोषमा हम्मरले हानेर हत्या गरेकी हुँ' !

गोंगबु सुटकेश शव प्रकरण : चितवनबाट एक महिला पक्राउ

गोंगबुमा सुटकेशमा भेटिएको शवको पहिचान खुल्यो

गोंगबुमा विभत्स हत्या भएको अवस्थामा फेला परेको शव पहिचान नभएपछि प्रहरीद्वारा तस्विर सार्वजनिक

काठमाडाैं गोंगबुमा विभत्स हत्या अपडेट : शव पोस्टमार्टमका लागि टिचिङ लगियो

काठमाडौं गोंगबुमा सुटकेशमा टुक्रा–टुक्रा पारेर बाकसमा राखेरकाे शव अपडेट : टाउको भेटियो

काठमाडौं टुक्रा–टुक्रा पारेर बाकसमा राखेर शव फालिएको अवस्थामा फेला

“ बिभत्स हत्या गरी सुटकेशमा शरीरको भाग र झोलामा टाउको राखी फरार अभियुक्त पक्राउ”

घटना बिबरण :-
मिति २०७७।०४।२५ गते बिहान अन्दाजी ०७:०० बजेको समयमा का.जि. टोखा नगरपालिका वडा नं. १० गोंगबु नवज्योति मार्गमा कालो रंगको सुटकेशबाट रगत जस्तो पदार्थ बगिरहेको भन्ने जानकारी प्राप्त भई खटिएको प्रहरी टोलीले उक्त सुटकेश खोली हेर्दा सुटकेशभित्र टाउको बिनाको मानिसको लाश रहेको देखि तत्काल महानगरीय अपराध महाशाखा र महानगरीय प्रहरी परिसर काठमाण्डौको संयुक्त प्रहरी टोली खटिएको ।

पक्राउ ब्यक्तिको बिबरणः-
(१)नामथर :- कल्पना मुडभरी (पौडेल)
वतन:- जि.चितवन कालिका न.पा. वडा नं. ७ घर भई हाल का.जि. टोखा नगरपालिका वडा नं. १० नवज्योति मार्ग बस्ने ।
उमेर :- ३७ बर्ष
पेशा :- गृहिणी/अभिनय (केही टेलिशृंखलामा)
पक्राउ मिति : २०७७।०४।२६ गते ।
पक्राउ स्थान : जि. चितवन कालिका न.पा. वडा नं. ९ शक्तिखोर स्थित माईती ।

अनुसन्धानबाट खुलेका तथ्यहरुः-
मिति २०७७।०४।२५ गते बिहान अन्दाजी ०७:०० बजेको समयमा टोखा न.पा. वडा नं. १० नवज्योति मार्गमा रातो प्लाष्टीकले बेरेको, बोराको नाम्लो सहित कालो रंगको सुटकेश भित्र टाउको र खुट्टा बिनाको पुरुषको शव फेला परेको ।
 तत्काल तालिम प्राप्त जो जो नामको Tracking Dog परिचालन गर्दा टाउको र खुट्टा पोको पारी फालेको अवस्थामा अन्दाजी ३०० मिटर पूर्व उत्तर रहेको स्वर्गद्वारी मार्गको खाली जमीनको कुनामा फेला परेको ।
मृतक पहिचानका लागि मिति २०७७।०४।२६ गते मृतकको फोटो सामाजिक संजाल तथा मिडिया मार्फत सार्वजनिक गरिएको ।
मिति २०७७।०४।२६ गते मृतकको मामा नाता पर्ने ब्यक्ति आई मृतकको सनाखत गरेको ।
मृतक जिल्ला रोल्पा रून्तीगढी गाउँपालिका वडा नं. ७ घर भई हाल गोंगबु स्थित एक होटलमा बस्दै आएका बर्ष ४५ का कृष्ण बहादुर बोहोरा भन्ने यकीन भएको ।
निज मृतक बिगत ८ महिना देखि उक्त होटलमा बस्दै आएको ।
मृतक र अभियुक्त बीच करिव ३।४ बर्ष देखि फेसबुक मार्फत चिनाजानी भई सम्पर्कमा रहेको ।
मृतक कृष्ण बहादुर बोहोरा अभियुक्तको कोठामा बेला बेलामा आई भेट्ने गरेको ।
मृतकले अभियुक्तको फोटो राखी फेक फेसबुक आई.डी. खोली चलाउने गरेको भन्ने बुझिएको र आफु अनुकुल चल्नको लागि दबाब दिने गरेको ।
मृतक घटनाको दिन आफु बसेको होटलबाट बा ७२ प ५६४४ नं. को स्कुटी प्रयोग गरी अभियुक्तको कोठामा आएको ।
 मृतकलाई अभियुक्तले दही, चिउरा, मासु र भोड्का खान दिएको ।
शवको बाँकी भाग कालो रंगको सुटकेशमा राखी पश्चिम बाटोको छेउमा फाली कोठामा फर्की आई बसेको ।
मिति २०७७।०४।२५ गते बेलुकी बिरामी लिएर काठमाण्डौ आई फर्कन लागेको चिनेजानेको एम्बुलेन्स ड्राईभरलाई फोन गरी भाडा तिरी सोही एम्बुलेन्सबाट चितवन तर्फ गएको ।
अनुसन्धानको क्रममा निज कल्पना मुडभरी (पौडेल) घटनामा संलग्न भएको र निजको छोरी शव ब्यबस्थापनमा संलग्न रहेको खुल्न आएकोले पक्राउको लागि प्रहरी परिचालन भएको ।
निजहरुलाई खोजतलाशको क्रममा जिल्ला प्रहरी चितवनको समन्वयमा पक्राउ गरिएको ।
हालसम्मको प्रारम्भिक अनुसन्धानमा Crime Scene, Victim & Suspect को बीचमा Technically & Physically सम्बन्ध स्थापना भएको तथा थप अनुसन्धान कार्य भईरहेको ।

घटनास्थलबाट बरामद भएका दशीका सामानहरु
 घटनामा प्रयोग भएको धारिलो हतियार
हिर्काउन प्रयोग भएको ह्याम्मर
रगत लतपतिएको पञ्जा, म्याट्रेसको टुक्रा
घाँटी कस्न प्रयोग गरेको कालो रंगको सल
सुटकेशको ह्याण्डल, नाम्लोमा प्रयोग भएको डोरीको टुक्रा
मृतकले लगाएका तथा झोलामा रहेका मृतकका कपडाहरु
स्लिपीङ ट्यावलेटको खोल
मोबाईल सेटहरु
साथै कर्तब्य गरी बिभत्स हत्या गरेको गहन प्रकृतिको अपराधमा शव पहिचानका लागि मिती २०७७/४/२६ गते यस कार्यालयबाट गरिएको अनुरोधमा शव पहिचान तथा अनुसन्धानमा सहयोग पुर्‍याउनु हुने सम्पुर्ण संचारकर्मी तथा आम सर्वसाधारणहरुलाई हार्दिक आभार ब्यक्त गर्दछौ ।
मिति २०७७/०४/२७ गते ।

प्रकासित मिति

Loading...