annapurna add

काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारले नियमित गस्तीका क्रममा तस्करको आक्रमणमा परी ज्यान गुमाएका प्रहरी सहायक निरीक्षक गोविन्द विक र प्रहरी जवान रामबहादुर साउदको परिवारलाई राहत उपलब्ध गराउने निर्णय गरेको छ ।

Police murder caseमन्त्रिपरिषद्को आज बसेको बैठकले मृतक प्रहरीका परिवारलाई जनही रु एक लाखका दरले राहत उपलब्ध गराउने र मृतकका बालबालिकाको नाममा खाता खोली थप रु एक÷एक लाख जम्मा गरिदिने निर्णय गरेको मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव शिवसिंह ओलीले जानकारी दिनुभयो ।

धनगढी उपमहानगरपालिका–१२ स्थित नेपाल–भारत सीमा क्षेत्रमा नियमित गस्तीमा रहेका प्रसनि विक र प्रज साउदको यही कात्तिक १ गते राति तस्करको समूहले हत्या गरेको थियो ।

कञ्चनपुरका प्रसनि विक र अछामका प्रज साउद धनगढी उपमहानगरपालिका–१२ जुगेडामा रहेको अस्थायी प्रहरी पोष्टमा कार्यरत हुनुहुन्थ्यो ।

मृतक प्रहरीको शव सीमा क्षेत्रको मोहना नदीमा फेला परेको थियो । प्रहरीले उक्त घटनामा संलग्न भएको अभियोगमा धनगढी उपमहानगरपालिका–१० का सात जनालाई पक्राउ गरेको छ ।

प्रहरी हत्या पकरण : घटनामा संलग्न ७ जनाकाे नाम सार्वजनिक

दुई दिनदेखि बेपत्ता प्रहरी जवान रामबहादुर साउदको शव फेला

अपडेट : असई गोविन्द बिकको हत्या गर्ने गिरोह पक्राउ, पक्राउ पर्नेको संख्या १६ पुग्यो

असई विक हत्या प्रकरण : हत्यारालाई कारवाहीको माग गर्दै धनगढीमा प्रदर्शन

अपडेट : धनगढीमा हत्या गरिएका असई विकका आफन्तले बुझे शव

धनगढी असई गोविन्द बिक हत्या प्रकरण : थप २ जना पक्राउ, पक्राउ पर्नेकाे संख्या १३ पुग्याे

यस कारण मारिएका रहेछन प्रहरीका असई गोविन्द विक, खुल्यो रहस्य !

असई हत्या प्रकरण अपडेट : हत्यारालाई कारबाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालय कैलाली घेराउ

कैलाली प्रहरी (असई) विक हत्या प्रकरण : ११ जना पक्राउ, वेपत्ता हवल्दारको खोजी जारी

असई गोविन्द विकको घाटी रेट्ने तस्कर कि प्रहरी जवान ?

अपडेट : प्रहरी असईको तस्करद्वारा घाँटी रेटेर हत्या

धनगढीमा ड्युटीमा खटेका असई मृत फेला, एक जवान बेपत्ता

प्रकासित मिति

Loading...
Loading...

 

Loading...