fairभारतीय राजधानी दिल्लीस्थित एउटा भवनमा आगो लाग्दा कम्तीमा ४१ जनाको मृत्यु भएको छ।  दिल्लीको पुरानो बजार क्षेत्रमा रहेको भवनमा बिहान सबेरै आगो लागेको हो। उक्त अस्पतालमा कैयौँ घाइतेको उपचार भइरहेको छ। आगो नियन्त्रणमा लिनका निम्ति २५ वटा दमकल घटनास्थलमा परिचालन गरिएका छन्। दिल्ली दमकल विभागका प्रमुख अतुल गर्गले ५० जना बढी मानिसलाई उद्धार गरेर उनीहरूको ज्यान जोगाइएको जानकारी दिए।

आगो नियन्त्रणमा

प्रमुख गर्गका अनुसार उद्धार कार्य जारी छ। उनले भने, साँघुरो गल्ली भएकाले दमकल र एम्बुलेन्स भित्र जान सकिरहेका छैनन्। त्यसैले उद्धारकर्ताहरूले घाइतेलाई बोकेर बाहिर ल्याइरहेका छन्। अबकाइकमा संसारकै सबैभन्दा ठूलो तेल प्रशोधनशाला रहेको छ । उनले आगो लागेको भवनमा कागजहरू रहेकाले धुँवाका कारण मानिसहरूलाई बचाउन समस्या भएको बताए।  घटनास्थलमा परिचालित एक अधिकारीले आगो नियन्त्रणमा लिइएको जानकारी दिएका छन्। आगो लागेको बहुतल्ले भवनभित्र दर्जनौँ सङ्ख्यामा कामदारहरू सुतिरहेका थिए। घटनाप्रति प्रधानमन्त्री नरेन्द्र मोदी र दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवालले दुख व्यक्त गरेका छन्। आगलागीको कारणबारे अनुसन्धान भइरहेको बताइएको छ।

याे पनि पढ्नुहाेस् - इटहरीको मुख्य चोकमा रहेको बिग बार होटलमा आगलागी भएको छ। गएराति सूर्य कम्प्लेक्सको चौथो तलामा रहेको होटलमा आगलागी भएको हो। गएराति लागेको आगो आइतबार बिहान नियन्त्रणमा लिइएको थियो । होटल पूर्ण रुपमा क्षति भएको छ। होटलबाट आगोको मुस्लो निस्केको देखिएपछि स्थानीय, नेपाल प्रहरी, नेपाली सेना र दमकल आगो निभाउन जुटेका थिए। विराटनगर, दमक, सप्तरी, धरान, दुहवी, महेन्द्रनगर, सुन्दरहरैचा र इटहरीको गरी ९ वटा दमकल प्रयोग गरी आगो नियन्त्रणमा लिइएको थियो। चौथो तलामाथि रहेको होटलमा लागेको आगो निभाउन दमकल र सुरक्षाकर्मीलाई मुस्किल भएको थियो। विद्युत सर्ट भएर आगलागी भएको हुनसक्ने प्रहरीको अनुमान छ। आगोले भवनमा रहेका अन्य कार्यालयमा पनि क्षति पुर्‍याएको अनुमान गरिएको छ। विस्तृत विवरण आउन बाँकी छ।

याे पनि पढ्नुहाेस् - १३औँ दक्षिण एसियाली खेलकुद (साग) खेल्न आएका १३ श्रीलंकन खेलाडीलाई डेंगु संक्रमण भएको छ । सात खेलाडीको त्रिपुरेश्वरस्थित ब्लुक्रस अस्पतालमा उपचार भइरहेको छ । महिला फुटबलर गायथ्री नानायक्कराको अवस्था गम्भीर भएकाले आइसियूमा उपचार भइरहेको छ । महिला फुटबलको प्रतिस्पर्धाका लागि गायथ्री पोखरामा थिइन् । स्वास्थ्यमा समस्या देखिएपछि बिहीबार बेलुका उनलाई काठमाडौं ल्याइएको थियो । डेंगु संक्रमण भएर अस्पताल भर्ना हुनेमा एथलेटिक्सबाट स्वर्ण विजेता अमासा डी सिल्भा पनि छिन् । उनले महिलातर्फ चार गुुणा सय मिटर दौडमा स्वर्ण र सय मिटर दौडमा रजत जितेकी थिइन् ।

अन्य ६ खेलाडी भने ब्लुक्रसमै उपचारपछि डिस्चार्ज भएर होटेल फर्किएका छन् । बिरामी हुनेमा धेरैजसो एथलेटिक्सका खेलाडी रहेको श्रीलंकाली टोलीका मेडिकल प्रमुख डा. लाल इकनायकेले बताए । ‘हाम्रा १३ खेलाडी बिरामी परेका छन् । त्यसमध्ये धेरै खेलाडी एथलेटिक्सका छन् । यो हाम्रा लागि दुर्भाग्यपूर्ण अवस्था हो,’ डा. इकनायकेले भने, ‘हामी उनीहरूको उपचारमा खटिइरहेका छौँ ।’ एथलेटिक्स प्रशिक्षण टोलीका तीनजनालाई पनि उच्च ज्वरो आएर होटेलमा आराम गरिरहेका छन् । उनीहरूलाई पनि डेंगुको आशंका गरिएको छ । श्रीलंकाली टोलीले आफ्ना खेलाडी नेपाल आउनुअघि नै संक्रमित भएको अनुमान लगाएको छ । सागको बन्द प्रशिक्षणका क्रममा श्रीलंकाको सुगथादसा स्पोर्टस् होटेलमा बसेकामध्ये पाँच खेलाडीलाई अहिले डेंगु देखिएकाले उतै संक्रमित भएको अनुमान लगाएको हो ।

श्रीलंकाली साग टोलीले नेपालसँग विशेष अनुरोध गरेर ब्लुक्रस अस्पतालमा आफ्ना बिरामीको आफैँ उपचार थालेको छ । भिडियो कलमार्फत उतैका विज्ञ डाक्टरसँग परामर्श लिएर उपचार गरिरहेको छ ।

याे पनि पढ्नुहाेस् - नेपालमा सडक दुर्घटनामा बर्सेनि सयौं मानिसले ज्यान गुमाएका छन्। जीवन गुमाउनेभन्दा दोब्बर संख्यामा गम्भीर घाइते छन्। यसबाट परिवार, समाज र राष्ट्रले ठूलो मूल्य चुकाइरहेको छ। दुर्घटनाबाट हुने मानवीय क्षतिको मूल्य छैन। पारिवारिक र सामाजिक पीडाको मापन हुँदैन।

दुर्घटनाबाट अर्थतन्त्रमा हुने क्षतिका सम्बन्धमा विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले केही समयअघि अध्ययन गरेको थियो। अध्ययनले सडक दुर्घटनाबाट नेपालको अर्थतन्त्र (कुल गार्हस्थ उत्पादन) मा ०.८ प्रतिशत क्षति भएको अनुमान छ। अध्ययन २०७२ सालमा भएको थियो। त्यसयता नेपालमा सवारीसाधन दुर्घटना र मृत्यु हुनेको संख्या बढिरहेकाले कम्तीमा पनि ०.९ प्रतिशत हाराहारीमा अर्थतन्त्रमा क्षति भइरहेको अनुमान छ।

दुर्घटना बढ्दा यस्तो क्षति बर्सेनि बढ्दो छ। सडक दुर्घटनाले नेपाली अर्थतन्त्रमा अघिल्लो आर्थिक वर्षमा ३० अर्बभन्दा बढीको क्षति पुगेको आँकलन छ। गत आर्थिक वर्षमा नेपाली अर्थतन्त्रको आकार ३४ खर्ब ६४ अर्ब रुपैयाँ छ।

ट्राफिक प्रहरी निर्देशनलायका अनुसार यो वर्ष साउनयता चार महिना (आर्थिक वर्ष २०७६/७७ साउन–कात्तिक) मा देशभर ५ हजार नौ सय ८१ सडक दुर्घटना भएका छन्। ती दुर्घटनामा पाँच सय ८२ जना मारिएका छन्। एक हजार ६ सय ९२ जना गम्भीर घाइते छन्।

निर्देशनालयका अनुसार प्रतिदिन औसत ३७ सवारीसाधन दुर्घटना हुन्छन्। हरेक दिन औसतमा ७ जना मारिन्छन् भने १२ जना गम्भीर घाइते हुने गरेका छन्।

नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले दुर्घटनाको ठूलो आर्थिक सामाजिक मूल्य रहेको बताए। ‘परिवारले भोग्ने पीडा छँदै छ, आयआर्जन गर्ने उमेरका परिवारका सदस्यको अंगभंग या मृत्यु हुँदा यसले भयावह समस्या सिर्जना गर्छ,’ उनले भने, ‘अंगभंग भएकाको उपचारमा ठूलो खर्च गर्नुपर्ने हुन्छ भने आर्थिक रुपले सक्रिय हुन नसक्ने जनसंख्या बढ्नु देशका लागि पनि दीर्घकालीन भार सिर्जना हुनु हो।’

गम्भीर घाइते आयआर्जनका क्रियाकलापमा सहभागी हुन सक्दैनन्। अरूको सहायतामा जीवनयापन गर्नुपर्ने भएकाले उनीहरूलाई परिवारका अन्य सदस्यमा आ िश्रत हुनुपर्छ।दुर्घटना न्यूनीकरण गरी मानिसको जीवन बचाए त्यसले आर्थिक विस्तारलाई टेवा दिनेछ।

डब्लूएचओका अनुसार नेपाल दक्षिण एसियाकै बढी सडक दुर्घटना हुने राष्ट्रमा पर्छ। हरेक वर्ष प्रतिएक लाख मानिसमा कम्तीमा १६ जनाले सडक दुर्घटनाकै कारण जीवन गुमाइरहेका छन्। विश्वभर हरेक वर्ष १३ लाख ५० हजार मानिसको सडक दुर्घटनामा ज्यान जान्छ। लाखौंको सख्यामा गम्भीर घाइते या अंगभंग हुने गरेका छन्।

प्रहरी नायब महानिरीक्षक पोखरेलले सडक दुर्घटना न्यूनीकरणमा पहिलो दायित्व चालककै हुने बताए। ‘जसले ड्राइभिङ गर्छ, सुरक्षित ढंगले सवारी चलाउनु उसको पहिलो कर्तव्य हुन्छ,’उनले भने। हामीकहाँ सडक दुर्घटनाका प्रमुख कारण चालकको लापरबाही नै हो। सडक अनुशासन कायम नगरी जथाभाबी ढंगले ड्राइभिङ गर्दा बढी दुर्घटना भइरहेका छन्।

तीव्र गति, ओभरटेक, ओभरलोड, पैदल यात्रुको लापरबाही, यान्त्रिक गडबडी, सडकमा खुला छाडिने चौपाया आदिका कारणले पनि सडक दुर्घटना हुने गरेका छन्। ‘तीव्र गति, ओभरटेक, सडक अनुशासन पालना नगर्ने, ओभरलोडका कारणले बढी दुर्घटना हुने गरेका छन्,’ उनले भने, ‘पछिल्लो समय स्थानीय तहले कुनै इन्जिनियरिङ बिना डोजर लगाएर कच्ची सडक निर्माण गर्ने र त्यहाँ ओभर लोड राखेर सवारी चलाउँदा दुर्घटना बढेको छ।’

दुर्घटना न्यूनीकरणका लागि यात्रु पनि उत्तिकै सचेत बन्नुपर्ने बताउँछन् यातायात विज्ञ आशीष गजुरेल। सडक सुरक्षाका लागि एउटा समर्पित निकाय आवश्यक रहेको उनको भनाइ छ। ‘भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, विभाग र ट्राफिक प्रहरीले एउटा एकाइ राखेर सडक सुरक्षामा काम गरेर पुग्दैन,’ उनले भने, ‘एउटा विशेष र समर्पित संयन्त्र बनाएर त्यसले सडक सुरक्षाका लागि कार्य योजना बनाउने, नीति बनाउने, अनुसन्धान गर्ने, सचेतना जगाउने जिम्मेवारी दिनुपर्छ।’

सरकारले सडक सुरक्षाको प्रबन्ध गर्न सडक सुरक्षा विधेयक मस्यौदा गरिसकेको छ भने राष्ट्रिय सडक सुरक्षा परिषद् गठन गर्ने तयारी भइरहेको छ। ‘कानुन र संस्थागत संयन्त्र भएपछि यसले सुरक्षित, पहुँचयोग्य र दिगो सडक यातायात प्रणाली विकास गर्ने अपेक्षा गर्न सकिन्छ,’ उनले भने। नेपालको भूबनोटका कारण पनि पहाडी भूभागमा सवारीसाधन चलाउँदा सचेतना अपनाउन आवश्यक छ। सुरक्षित सडक पूर्वाधार, सडक प्रयोगकर्ताको आचरण सुधार, सवारीसाधनको फिटनेस परीक्षण र दुर्घटना भइहालेमा छिट्टै राम्रो उपचार पुर्‍याउन सकेमा क्षति न्यूनीकरण गर्न सकिने बताइएको छ।

प्रकासित मिति

Loading...
Loading...

 

Loading...