1478958692 banner ad format

 
 

तुलसीपुर। दुर्गम क्षेत्रका बासिन्दालाई सहुलियत दरमा चामल उपलब्ध गराउँदै आएको खाद्य संस्थानको चामल गोदाममै कुहिन थालेको छ ।

दाङको तुलसीपुरमा अञ्चल कार्यालय स्थापना गरी संस्थानले पहाडी तथा हिमाली षेत्रमा चामल पठाउँदै आएको थियो । सेवाक्षेत्रका नागरिकले संस्थानको चामल किन्न छोडेपछि चामल गोदाममै कुहिन थालेको अञ्चल कार्यालयले जनाएको छ ।

एक वर्षयता संस्थानको चामल स्थानीयले किन्न छाडेका हुन् । संस्थानको चामल बिक्न छोडेपछि खाद्य संस्थान अञ्चल कार्यालय तुलसीपुरको गोदाममा चामल कुहिन थालेको हो ।

बजार मुल्यभन्दा सहुलियत दरमा चामल प्रदान गर्दै आएको संस्थानको राप्ती अञ्चल कार्यालय तुलसीपुरको चामल गत वर्षदेखि नै बिक्न छोडेको छ ।


यो समाचार आजको अन्नपूर्ण दैनिकमा छ ।

प्रकासित मिति

Loading...

 

yummyfood