annapurna add

पाकिस्तानका पूर्व राष्ट्रपति जनरल परवेज मुशर्रफमाथि लगाइएको देशद्रोहीको आरोपमा सुनाइएको मृत्युदण्डको सजाय खारेज भएको छ ।

Musaraf pakistan

पाकिस्तानको लाहौरमा रहेको उच्च अदालतले गत डिसेम्बर १७ गते मृत्युदण्डको फैसला सुनाएको थियो ।

पत्रकार अब्दुल हकका अनुसार विशेष अदालतले उक्त अदालतको फैसला अंवैधानिक भएको भन्दै उक्त अदालतले गरेको फैसलामा को तमाम कारबाही पनि रद्द गरिदिएको छ ।

गत डिसेम्बरमा मुशर्रफलाई देशद्रोहीको आरोपमा पाकिस्तानको संविधानको धारा ६ का अनुसार फाँसीको आदेश दिइएको थियो ।

विशेष अदालतले उनलाई फाँसीको सजाय सुनाउनुअघि कुनै पनि अदालती कानुनी आवश्यकता पूरा नगरेको र उक्त फैसलाको विरुद्ध उजुरी गर्ने कुनै बाटो खुला राखेको थिएन ।

अदालतले १८ औं संसोधनको अनुसार संविधानको धारा ६ मा परिवर्तन गरेर उक्त फैसला रद्द गर्न सकिन्छ ।

मुशर्रफले दिए मृत्युदण्डको फैसलाविरुद्ध पुनरावेदन

पाकिस्तानी पूर्वराष्ट्रपति परवेज मुशर्रफले विशेष अदालतको फैसलाविरुद्ध पुनरावेदन दिएका छन् ।

पाकिस्तानको विशेष अदालतले गत साता उनलाई देशद्रोहको मुद्दामा मृत्युदण्डको फैसला सुनाएको थियो । ७६ वर्षीय नेता मुशर्रफमाथि ६ वर्षदेखि देशद्रोहको मुद्दा चल्दैआएको थियो । मुशर्रफले शुक्रबार लाहोर अदालतमा विशेष अदालतको फैसलाविरुद्ध ८६ पेज लामो निवेदन दिएका हुन् ।

मुशर्रफको पुनरावेदनमाथि न्यायाधीश मजहिर अली अकबर नक्बीको पूर्ण इजलासले जनवरी ६ का दिन सुनुवाइ हुने बताइएको छ ।

मृत्युदण्डअघि नै मुसर्रफको निधन भएमा, तीन दिन शव झुण्ड्याउनू पर्ने : अदालत

Musaraf pakistanपाकिस्तानको विशेष अदालतले पूर्वसैनिक प्रमुख तथा पूर्वराष्ट्रपति परवेज मुसर्रफमाथि सुनाएको मृत्युदण्डको फैसलाको पूर्णपाठ सार्वजनिक गरेको छ । १६९ पृष्ठ लामो फैसलाको पूर्णपाठमा मुसर्रफलाई ५ पटकसम्म फाँसी दिन सकिने लगायतकाविषय छन्। मुसर्रफलाई तीनवटा देशद्रोहका मुद्दासहित ५ वटा मामिलामा दोषी ठहराइएको छ।

७६ वर्षीय पूर्वसैनिक शासक मुसर्रफ अहिले दुबईमा उपचारमा छन् । यदि मृत्युदण्ड पहिले नै मृत्यु भएमा उनको शवलाई डी–चोक (डेमोक्रेसी चोक) मा ल्याएर तीन दिनसम्म झुण्ड्याउन पनि अदालतले आदेश दिएको छ।

विशेष अदालतका तीन जना न्यायाधीशको बेन्चमा २–१ को बहुमतले मुसर्रफलाई देशद्रोह र संविधान उल्लंघनमा दोषी ठहर गर्दै मृत्युदण्डको सजाय सुनाएको हो।

न्यायाधीश वकार सेठ र शाहिद करिम प्राप्त प्रमाणका आधारमा मुसर्रफ दोषी ठहर भएकाले मृत्युदण्ड दिनुपर्ने निर्णयमा पुगेका हुन्। न्यायाधीश नजर अकबरले भने यो निर्णयमा नोट अफ् डिसेन्ट लेखाएका थिए।

प्रतिशोधका कारण गलत सजाय : मुसर्रफ
मुसर्रफले भने प्रतिशोधका कारण आफूलाई गलत सजाए सुनाइएको प्रतिक्रिया दिएका छन्। अस्पतालको ओछ्यानबाटै एउटा भिडियो सन्देश जारी गर्दै उनले भने, ‘मेरा विरुद्धमा नियोजित रूपमा यस्तो फैसला गर्न लगाइएको छ, यसमा प्रस्ट रूपमा व्यक्तिगत प्रतिशोध देखिन्छ।

मुसर्रफले विशेष अदालतको फैसलाविरुद्ध पुनरावेदनको प्रक्रिया थाल्ने बताएका छन्। त्यसका लागि आफ्नो कानुनी सल्लाहकारको टोलीले गृहकार्य गरिरहेको उनको भनाइ छ।

पूर्वराष्ट्रपतिलाई मृत्युदण्ड दिने फैसलाप्रति सेनाको गम्भीर आपत्ति

पाकिस्तानका पूर्वराष्ट्रपति परवेज मुसर्रफलाई मृत्युदण्ड अदालतको निर्णयप्रति पाकिस्तानी सेनाले गम्भीर आपत्ति जनाएको छ । पाकिस्तानी सेनाका पूर्वप्रमुख समेत रहेका मुसर्रफले ४० वर्ष देशको सेवा गरेको र उनीविरुद्धको फैसलाले संविधानको उपेक्षा गरेको सेनाको टिप्पणी छ ।

सैनिक प्रवक्ता मेजर जनरल आसिफ गफूरले भनेका छन्, ‘जुन व्यक्तिले देशको रक्षाको लडाइँ लड्यो त्यो कहिल्यै देशद्रोही हुन सक्दैन । अदालतमा आफ्नो बचाउन गर्ने अवसर पनि दिइएन जुनकि आधारभूत अधिकार हो । ठोस सुनुवाई नगरेरै हतारमा फैसला सुनाइयो ।’

इस्लामाबादस्थित उच्च अदालतले संविधानको अवहेलना तथा गम्भीर देशद्रोहको मुद्दामा दोषी ठहर गर्दै मंगलबार मुसर्रफलाई मृत्युदण्ड दिने फैसला सुनाएको थियो ।

सैनिक प्रवक्ता गफूरले विज्ञप्ति जारी गर्दै भनेका छन्, जनरल परवेज मुशर्रफविरुद्ध अदालतको फैसलाले सेनालाई धक्का लागेको छ ।

पाकिस्तानको इतिहासमा कुनै पनि पूर्वसेना प्रमुखलाई देशद्रोहमा दोषी ठह‍र्याइएको यो नै पहिलो घटना हो ।

मुसर्रफ अहिले यएईको दुबईमा छन् । त्यहाँ उनको उपचार भइरहेको छ । उनको समूह भने फैसलाविरुद्ध सर्वोच्च अदालत जाने तयारी गरिरहेको छ ।

मुसर्रफसँग विकल्प के छ ?

पाकिस्तानका महान्यायाधिवक्ता मन्सुर खानले फैसलाविरुद्ध मुसर्रफले अपिल गरेमा सरकारले अदालतमा उनकाे बचाउ गर्ने बताएका छन्।

कानुनी जानकारहरुका अनुसार अदालतले आफ्नाे अन्तिम फैसला सुनाए पनि संसदले 'एक्ट अफ् पार्लियामेन्ट' काे प्रावधानअनुसार सजायमा राेक लगाउन सक्नेछ। विशेष अदालतको फैसलाविरुद्ध सर्वाेच्च अदालतमा अपिल गर्नुभन्दा ३० दिन पहिले नै अभियुक्तले आत्मसमर्पण गर्नु पर्ने छ।

प्रकासित मिति

Loading...
Loading...

 

Loading...