gagan thapanews kantipathnewsनेपाली कांग्रेसका नेता गगन थापाले सभामुख कृष्णबहादुर महरामथि लागेको आरोपको छानविन सामान्य नागरिक सरह हुनुपर्ने बताएका छन् ।

मंगलबार बुटवलमा आयोजित साक्षात्कारमा बोल्दै नेता थापाले सभामुखसभामुख माथिको छानविन सामान्य नागरिक सरह हुनुपर्ने बताउँदै सभामुखमाथिको आरोप सुनेर पुरै संघिय संसद सदस्य स्तब्ध भएका छन् ।

‘यो आरोप साधारण मानिस माथि लागेको भए के हुन्थ्यो ?’ उनले प्रश्न गरे । ‘सभामुखमाथि पनि प्रचलित कानुन अनुसार छानविन हुनुपर्छ’ थापाले भने । नेपाल प्रहरीको बिगतमा रहेका बिफलता तर्फ ईंगित गर्दै थापाले भने, ‘नेपाल प्रहरीले आफ्नो गुमेको साख जोगाओस् । व्यक्तिको पदको प्रभाव नदेखियोस् अनुसन्धानमा ।

’ देशको ईज्जत र प्रतिष्ठा जोडिएको आरोप झुठो सावित होस् भनेर पनि थापाले कामना गरे ।

उनले गंभिर आरोप लागेको समयमा विज्ञप्ति मार्फत निकालेर घटनालाई दबाउन नमिल्ने बताउँदै यस्तो अवस्थामा सभामुखले सहयोग गर्नु पर्ने थापाले सुझाव दिएका छन् ।

‘यदी सभामुख महराको आरोप लगाएको जस्तो रत्तिभर पनि संलग्नता छ भने अनुसन्धान हुनुपर्छ र नागरिकले पाउने सजाय बराबर सजाय पाउनुपर्छ’ थापाले भने ।

‘अर्कोतर्फ आरोप लगाउने महिलाको चरित्रका विषयमा टीकाटिप्पणी सुरु भएको छ,’ उनले भने, ‘कसैको चरित्रको विषयमा निर्णय गर्ने अधिकार कसैलाई छैन, प्रहरीले छानबिन गरोस् । सम्मानित न्यायलय पनि रहेको छ ।’  kathmandupati

प्रकासित मिति

Loading...
Loading...

 

Loading...

ताजा खबर